IPL : अरेन्ज क्याप रेसमा राहुलले बढाए अग्रता, अंकतालिकाको अवस्था के छ



युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत २५ औं खेल शनिबार राति सम्पन्न भैसकेको छ जसमा रोयल च्यालेजन्जर्स बैंगलोरले चेन्नाई सुपर किङ्ग्सलाई ३७ रनले पराजित गर्दै अकंतालिकाको चौथौं स्थानमा उक्लिएको छ। शनिबारनै सम्पन्न २४ औं खेलमा कोलकाता नाइट राइडर्सले किङ्ग्स-११ पन्जाबमाथि २ रनको रोमान्चक जित दर्ता गर्दै तेस्रो स्थानमा उक्लिएको छ।

हालसम्म दिल्ली ६ खेलमा ५ जितपछि (१० अंक) अंकतालिकाको शिर्ष स्थानमा छ। समान खेल खेलेको मुम्बई ४ जितसहित (८ अकं) दोस्रो स्थानमा छ। ६ खेलमा समान ३ जितसहित ८ अंक बटुलेका कोलकाता र बैंगलोर नेट रन रेटको आधारमा क्रमशः तेस्रो र चौथौं स्थानमा छन्। ६ खेलमा ३ जितसहित हैदराबाद पाचौं स्थानमा छ। समान खेल खेलेको राजस्थान २ जित र चार हारपछि सातौँ स्थानमा छ। ७ खेल खेलेको चेन्नाई ४ अंक बटुल्दै छैटौं स्थानमा छ भने समान खेल खेलेको पन्जाब मात्र २ अंकसहित तालिकाको पुछारमा छ।

लिग अन्तर्गत आइतबार दुई खेलहरु हुदैँछन्। पहिलो खेलमा राजस्थान र हैदराबादबीच (दिउँसोको ३:४५ बजे) तथा दोस्रो खेलमा मुम्बई र दिल्लीबीच (रातिको ७:४५ बजे) भिडन्त हुदैँछ जसको नतिजाले अंकतालिकामा उतारचढाव गराउने छ । हैदराबादलाई जित दर्ता गर्दै तालिकाको दोस्रो स्थानमा उक्लने मौका छ। राजस्थान विजयी भए छैटौं स्थानमा उक्लन सक्छ। दिल्लीलाई पराजित गरे मुम्बई शिर्ष स्थानमा उक्लन सक्छ।

अरेन्ज क्याप : राहुलले बढाए अग्रवाल र डु प्लेसीसंगको दूरी 

हालसम्म पन्जाबका कप्तान केएल राहुलसंग अरेन्ज क्याप रहेको छ जसले ७ खेलमा ३८७ रन बनाइसकेका छन्। कोलकाता बिरुद्ध ७४ रन बनाउदै राहुलले क्याप साथमै राखेका हुन्।

कोलकाता विरुद्ध ५६ रन बनाएका मायाँक अग्रवाल दोस्रो स्थानमा उक्लिएका छन् जसले ७ खेलमा ३३७ रन बनाइसकेका छन्। ७ खेलमा ३०७ रन बनाएका फाफ डु प्लेसिस तेस्रो स्थानमा छन्। पन्जाब विरुद्ध ९७ रनको पारी खेलेका जोनी बेयरस्टो २४१ रन बनाउदै चौथौ स्थानमा छन्। हैदराबादकै अर्का ओपनर तथा कप्तान डेभिड वार्नर २२७ रनसहित पाचौं स्थानमा छन्। चेन्नाई विरुद्ध ९० रन बनाएका बिराट कोहली २२३ रनसहित छैटौं स्थानमा प्रवेश गरेका छन्। लयमा फर्केका कोहलीले यस अघि दिल्ली बिरुद्ध ४३ तथा राजस्थान बिरुद्ध ७२ रन बनाएका थिए।

आज नवौं स्थानमा रहेका मुम्बई कप्तान रोहित शर्मा (२११ रन) र ११ औं स्थानमा रहेका दिल्ली कप्तान श्रेयस अय्यरले (२०३) ठूलो रन बनाएको खण्डमा शिर्ष-५ भित्र प्रवेश गर्न सक्नेछन्। यस्तै १३ औं स्थानमा रहेका पृथ्वी श ( १९८ ) , १४ औं स्थानमा रहेका सुर्य कुमार यादब ( १८० ) लाई पनि आज रन बनाउदै शिर्ष १० भित्र प्रवेश गर्ने मौका रहेको छ।

पर्पल क्याप : मुम्बईका ३ खेलाडी शिर्ष पाचँमा, रबाडाको अग्रता कायमै

६ खेलमा १५ विकेट लिएका दिल्लीका तिव्र गतिका बलर कागिसि रबाडासंग पर्पल क्याप कायमै रहेको छ। उनले राजस्थान विरुद्ध ३ विकेट हात पार्दै दोस्रो स्थानमा रहेका जस्प्रित बुम्राहसंग अन्तर बढाएका हुन् जसले ११ विकेट लिएका छन्। यस्तै, मुम्बईका फास्ट बलर ट्रेन्ट बोल्ट १० विकेटसहित तेस्रो स्थानमा छन्। पन्जाबका फास्ट बलर मोहम्मद शामी १० विकेट हात पार्दै चौथौं स्थानमा उक्लिएका छन् जो एभरेजमा बोल्ट भन्दा पछि छन्। चेन्नाई विरुद्ध १ विकेट लिएका युजभेन्द्र चहल ९ विकेटसहित छैटौं स्थानमा प्रवेश गरेका छन्। समान विकेट लिएका जेम्स प्याटिन्सन एभरेजमा अघि रहँदै पाचौं स्थानमा छन्।

राशिद खान, जोफ्रा आर्चर, एनरिक नोर्किया र युजवेंद्र चहालले समान ८-८ विकेट लिएका छन्। शनिबारको खेलमा आर्चर, नोर्किया, राहुल चाहर जस्ता बलरहरुले राम्रो प्रदर्शन गरे शिर्ष-५ मा प्रवेश गर्न सक्छन्।

आगामी खेल

अक्टोबर ११, आइतबार : सनराइजर्स हैदरावाद Vs राजस्थान रोयल्स ( ३:४५ बजे, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

अक्टोबर ११, आइतबार : मुम्बई इन्डीएन्स Vs दिल्ली क्यापिटल्स ( ७:४५ बजे, शेख जायद स्टेडियम )

अक्टोबर १२, सोमबार : राजस्थान रोयल्स VS कोलकाता नाइट राइडर्स (७:४५ बजे, शारजाह क्रिकेट स्टेडियम)

IPL मा आज २ खेल : दिल्ली र मुम्बई तथा हैदरावाद र राजस्थान बीच प्रतिस्पर्धा

“जहाजमा धेरै प्वाल छन् , एउटा थुन्दा अर्को ठाउँबाट पानि चुहिरहेको छ।” – धोनी

फेरी चलेन चेन्नाईको ब्याटिंग, बैंगलोरको सहज जित ( अंकतालिका सहित )

७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य



थप समाचार

एलपीएल : अफ्रिदी कप्तानीको ग्ल्याडीएटर्सको लगातार तेश्रो हार

लंका प्रिमियर लिग अन्तर्गत सोमबार राति सम्पन्न दिनको दोश्रो खेलमा कुशल परेरा कप्तानीको क्यान्डी टस्कर्सले शाहिद अफ्रिदी कप्तानीको गाल ग्ल्याडीएटर्सलाई […]

एलपीएल : जाफ्नाको जितमा कप्तान परेराको विस्फोटक इनिंग

कप्तान थिसारा परेराले शानदार अलराउण्ड प्रदर्शन गर्दा दाम्बुला भाइकिंगलाई ६६ रनले पराजित गर्दै जाफ्ना स्टालिएन्स लंका प्रिमियर लिग अंकतालिकामा शिर्ष […]

टि-ट्वान्टी सिरिजका लागि चोटिल वार्नरको प्रतिस्थापनमा शर्ट, कमिंसलाई विश्राम

अष्ट्रेलियाका बायाँ हाते ओपनर ब्याट्सम्यान डेविड वार्नर चोटका कारण भारत विरुद्धको अन्तिम एक दिवसीय तथा टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजबाट बाहिरिएका छन्। […]

प्रधानमन्त्री कप पुरुष र महिला राष्ट्रिय प्रतियोगिता पुष दोश्रो साता आयोजना हुने

नेपाल क्रिकेट संघले पुरुष र महिला प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ। दुवै प्रतियोगिताको लागि खेलाडी छनौट […]

वर्षाका कारण न्युजिल्यान्ड र वेस्टइन्डिज बीचको तेश्रो टि२० नतिजाविहिन

वेस्टइन्डिजको न्युजिल्यान्ड भ्रमण अन्तर्गत तेश्रो तथा अन्तिम टि-२० वर्षाका कारण नतिजाविहिन टुंगिएको छ। बे ओभल मैदानमा टस हारेर ब्याटिंग गरेको […]

सन्दिप अस्पताल भर्ना, अवस्था सामान्य

कोरोना संक्रमण भएका क्रिकेटर सन्दिप लामिछाने अस्पताल भर्ना भएका छन्। घरमै सेल्फ आइसोलेसनमा बसीरहेका उनि थोरै कमजोरी महसुस भए पछि […]