भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) को अहमदाबादको सम्पन्न ८९ औं बार्षिक बैठक ठूलो निर्णय लिएको छ। सन् २०२२ को इन्डीएन प्रिमियर लिग ( आईपीएल ) मा ८ बाट बढेर १० वटा टिम सहभागी हुने सहमति भएको हो। बैठक सुरु हुनु अघि देखि यो निर्णयमा सबैको नजर रहेको थियो। अन्ततः विश्व क्रिकेटको सबैभन्दा लोकप्रिय टि-२० प्रतियोगितामा १० टिम सहभागी हुने कुरामा सहमति मिलेको छ।
उक्त बैठकमा बिसीसीआईका अध्यक्ष सौरभ गांगुली समेत सबै अधिकारीहरु सहभागी रहेका थिए। बैठकमा धेरै अहम विषयहरुमा चर्चा चलीरहेको छ जसमध्ये आईपीएलमा टिम संख्या बढाउनु पनि रहेको थियो।
बैठक भन्दा अघि आईपीएलमा १० टिमको आईपीएलको अनुमति एउटा संस्करणको लागि मात्रै दिईनेछ। त्यस बारे भने अहिले कुराहरु अघि आएको छैन। यस्तै उक्त बैठकमा सन् २०२८ को ओलम्पिकमा क्रिकेटलाई समाबेश गर्नको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) लाई बिसीसीआईले समर्थन गर्ने पनि सहमति बनेको छ।
यस अघि २०२१ आईपीएलमा टिम थप गर्ने बताईएको भएता पनि नयाँ टिम घोषणा गर्न समय निकै छोटो रहेको जसमा खेलाडी अक्सन, टेन्डर प्रक्रिया जस्ता काम सक्न चुनौतीपूर्ण हुँदा यो सिजन त्यो सम्भव नभएको हो।
अमेरिकामा २०२८ मा आयोजना हुने ओलम्पिकमा बिसीसीआईले टि-२० फर्म्याटको क्रिकेट सामेल गर्ने कुरामा समर्थन गर्ने भएको छ। आईसीसीको साथ बिसीसीआई पनि अब ओलम्पिकमा क्रिकेट खेल समाबेश गर्नुपर्छ भन्ने पक्षमा अघि आएको छ। यस अघि भारत यो निर्णयको बिरोध गर्दै आएको थियो।