आईपीएल २०२१ : राहुल र हुड्डाले शतकीय साझेदारी गर्दा पन्जाबद्वारा राजस्थानलाई विशाल लक्ष्य



१४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत सोमबार जारि चौथौं खेलमा संजु स्याम्सन कप्तानीको राजस्थान रोयल्स र केएल राहुल कप्तानीको पन्जाब किंग्स प्रतिस्पर्धा गरिरेहका छन्।

मुम्बई स्थित वान्खेडे स्टेडियममा जारि खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको पन्जाब किंग्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाउँदै  राजस्थान रोयल्सलाई २२२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। पन्जाब किंग्सलाई  विशाल लक्ष्यतर्फ उन्मुख पार्न कप्तान राहुल र हुड्डाले विस्फोटक ब्याटिंग गरे।

राजस्थानको सुरुवात खराब रह्यो। १४ रन बनाएका ओपनर मायाँक अग्रवाललाई चेतन सकारियाले आईपीएलमा (डेब्युटन्ट) आफ्नो पहिलो विकेट लिने क्रममा विकेटकिपर सन्जु स्याम्सनबाट क्याच आउट गराए। त्यसपछि अर्का ओपनर केएल राहुलले क्रिस गेलसँग दोस्रो विकेटका लागि ६७ रनको अर्धशतकीय साझेदारी गर्दै पन्जाब किंग्सको इनिन्ग्स सम्हाले। १० औं ओभरमा रियान परागले २८ बलमा ४ चौका र २ छक्काको मद्धतमा ४० रन बनाएका गेललाई स्टोक्सबाट लंग अनमा क्याच आउट गराउँदै साझेदारी तोडे।

त्यसपछि राहुलले दिपक हुड्डासँग तेस्रो विकेटका लागि १०५ रनको विस्फोटक शतकीय साझेदारी गरे। हुड्डालाई १८ औं ओभरमा क्रिस मोरिसले रियान परागबाट क्याच आउट गराए। त्यसअघि उनले २८ बलमा ४ चौका र ६ छक्काको मद्धतमा ६४ रन बनाए। हुड्डाले शिवम दुबेले गरेको १३ औं ओभरमा २ छक्का तथा श्रेयस गोपालको १४ औं ओभरमा ३ छक्का प्रहार गरेका थिए। सोहि ओभरमा मोरिसले निकोलास पुरनलाई खाता नखोली सकारियाबाट क्याच आउट गराए।

शतकबाट ९ रन टाँढा रहेका कप्तान राहुललाई सकारियाले अन्तिम ओभरमा राहुल तेवाटियाबाट क्याच आउट गराए। राहुलले ५० बलमा ७ चौका र ५ छक्काको मद्धतमा सर्वाधिक ९१ रन बनाए। यससंगै राहुलले पन्जाबको प्रतिनिधित्व गर्दै २००० रन पनि पुरा गरेका छन्। इनिन्ग्सको अन्तिम बलमा सकारियाले झे रिचर्डसनलाई आउट पार्दै तेस्रो विकेट लिए।

राजस्थान रोयल्सको बलिंगमा चेतन सकारियाले (४-०-३१-३) सर्वाधिक ३ तथा क्रिस मोरिसले (४-०-४१-२) २ विकेट लिए। यस्तै रियान परागले एक विकेट हात पारे।

खेलमा पन्जाब किंग्सबाट तीव्र गतिका अष्ट्रेलियन बलर राइली मेरिडिथ, झेय रिचर्डसन र भारतीय युवा ब्याट्सम्यान शाहरुख खानले डेब्यू गरेका छन्। यस्तै राजस्थान रोयल्सले बंगलादेशी देब्रे हाते फास्ट बलर मुस्ताफिजुर रहमान, भारतीय अलराउन्डर शिवम दुबे, मध्य गतिका देब्रे हाते बलर चेतन सकारिया र ब्याट्सम्यान मनन बोहरालाई डेब्यू गराएको छ।





थप समाचार

कुशल भुर्तेल आईसीसीको प्लेयर अफ द मन्थ मनोनयनमा, कसरि गर्ने भोट

नेदरल्याण्ड र मलेसिया बिरुद्ध त्रिकोणात्मक सिरिजमा शानदार ब्याटिंग गर्दै विश्वकीर्तिमान बनाएका नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद […]

आईपीएल अनिश्चितकालको लागि स्थगित

बढ्दो कोभीड-१९ केसहरुका कारण भारतमा जारि इन्डीएन प्रिमीयर लिग ( आईपीएल ) को १४ औं संस्करण अनिश्चित समयको लागि स्थगित […]

आईपीएलमा कोरोना प्रभाव, कोलकाता र बैंगलोरको खेल आज नहुने

भारतमा जारी १४ औं सिजनको इन्डीयन प्रिमियर लिगको सोमबार हुने रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स बीचको खेल सर्ने […]

“बन्द कोठा भित्र पक्कै केहि हुँदैछ” वार्नरलाई हटाइएको विषयमा स्टेनको कडा टिप्पणी

सनराइजर्स हैदरावादको अन्तिम-११ बाट डेभिड वार्नरलाई हटाउने निर्णय धेरै फ्यान र एक्स्पर्टहरुलाई समेत चित्त बुझेको छैन। वार्नरबारे धेरैले विभन्न थरि […]

विलियमसनले बताए ११ ओभरमै राशिदको स्पेल सक्नुको कारण

आइतबार कप्तानी परिवर्तन गर्ने सनराइजर्स हैदरावादको निर्णयले टिमको भाग्य परिवर्तन गर्न सकेन। वार्नरको स्थानमा केन विलियमसन कप्तानीको हैदरावाद राजस्थान रोयल्ससंग […]

IPL : पन्जाबलाई हराउदै दिल्ली शिर्षमा, धवनको उत्कृस्ट ब्याटिंग

पन्जाब किंग्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स आईपीएल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। नरेन्द्र मोदी स्टेडियम अहमदावादमा सम्पन्न लिगको […]