IPL : फाइनल पुग्न दिल्लीद्वारा कोलकातालाई १३६ रनको लक्ष्य



युएईमा जारि इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत दोश्रो क्वालीफायरमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्। खेल जित्ने टिमले चेन्नाई सुपर किंग्ससंग अक्टोबर १५ तारिखमा हुने फाइनलमा स्थान बनाउनेछ।

शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १३५ रन बनाउदै कोलकातालाई १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।  दिल्लीको लागि शिखर धवनली सर्वाधिक ३६ रन बनाए। श्रेयस ऐयरले अविजित ३० रन बनाए भने पृथ्वी श र मार्कस स्टोइनिसले समान १८ रन, शिमरन हेटमायरले १७ रन बनाए।

दिल्ली ओपनर पृथ्वी श र शिखर धवनले ३२ रनको साझेदारी गरे। पाँचौ ओभरमा पृथ्वीलाई वरुण चक्रवर्तीले एलविडब्लु पारे। धवनले दोश्रो विकेटको लागि मार्कस स्टोइनिससंग ३९ रन जोडे। १२ औं ओभरमा स्टोइनिसलाई शिभम माभीले बोल्ड गरे। १५ औं ओभरमा चक्रवर्तीले धवनलाई क्याच आउट गरे भने लगत्तै ओभरमा कप्तान रिशभ पन्तलाई लकी फर्गुसनले क्याच आउट गरे। त्यसपछि श्रेयस ऐयरले शिमरन हेटमायरसंग २७ रन जोडे। हेटमायर १९ औं ओभरमा रन आउट भए। त्यसपछि ऐयरले अन्तिमसम्म ब्याटिंग गरे। इनिंग्सको अन्तिम ५ ओभरमा दिल्लीले २ विकेट गुमाएर ४५ रन बनाउन सक्यो।

कोलकाताको बलिंगमा वरुण चक्रवर्तीले २ विकेट ( ४-०-२६-२ ) तथा लकी फर्गुसन ( ४-०-२६-१ ) र शिभम माभीले ( ४-०-२७-१ ) समान १ विकेट लिए।

लिग अन्तर्गत पहिलो क्वालीफायरमा दिल्लीलाई पराजित गर्दै चेन्नाई फाइनल प्रवेश गरेको थियो। कोलकाताले इलिमीनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको थियो।





थप समाचार

विश्वकप एसिया छनोट : नेपाललाई ‘गर या मर’को अवस्था

युएईमा जारि आईसीसी महिला टि-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट प्रतीयोगीता अन्तर्गत आज आफ्नो-आफ्नो अन्तिम खेलमा नेपाल र आयोजक युएई प्रतिस्पर्धा […]

एपीएफलाई ३ विकेटले हराउदै आर्मीलाई उपाधि

शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई ३ विकेटले पराजित गर्दै नेपाल आर्मी क्लबले बारा जिल्लामा आयोजित हरपुर क्रिकेट च्याम्पियन […]

ICC WCL 2 : रोमान्चक खेलमा ओमानद्वारा नामिबिया ९ रनले पराजित

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा सुरु भएको आयोजक नामिबिया, ओमान र युएई बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ओमानले […]

बागमतीलाई हराउँदै लुम्बिनीको तेस्रो जित

काठमाडौँमा जारि एकदिवसीय अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत मुलपानीमा भएको खेलमा बागमतीलाई ३ विकेटले हराउँदै लुम्बिनीले तेस्रो जित दर्ता गरेको छ […]

U19 National : कर्णाली बिरुद्ध गण्डकीको संघर्षपूर्ण जित

कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले अन्डर-१९ राष्ट्रिय प्रतियोगितामा तेश्रो खेल खेल्दा पहिलो जित दर्ता गरेको छ। गण्डकी […]

६४ वर्ष पछि फास्ट बलर बने अस्ट्रेलियाको कप्तान

टिम पेनले कप्तानी पद छाडेको एक हफ्ता पछि अस्ट्रेलियाले प्याट कमिन्सलाई टिमको नयाँ कप्तान घोषणा गरेको छ। आफ्नो महिला सहकर्मीलाई […]