आईपीएल इतिहासमै पहिलो पटक एकै दिन ३ वटा सुपर ओभर



आईपीएल २०२० अन्तर्गत आइतबार दिन दिन ‘सुपर आइतबार’ बन्यो। लिग इतिहासमै पहिलो पटक एकै दिनमा ३ वटा सुपर ओभर भयो।आइतबार कोलकाता र हैदरावाद तथा मुम्बई र पन्जाब बीचको २ वटै खेलको निर्णय सुपर ओभरबाट भयो। यस अघि लिगमा एकै दिन एउटा भन्दा बढी सुपर ओभर भएको थिएन। आईपीएलको जारि सिजनमा चौथो खेल सुपर ओभरमा गएको हो। यस अघि पन्जाब र दिल्ली तथा मुम्बई र बैंगलोर बीचको खेल सुपर ओभरमा पुगेको थियो जसमा दिल्ली र बैंगलोर विजयी भएको थियो। यस अघि एकै सिजन २ वटा भन्दा बढी खेल सुपर ओभरमा गएको थिएन।

 कोलकाता Vs हैदरावादमा ( आईपीएल २०२० , म्याच ३५ ) 

१६४ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरमा हैदरावादलाई जित्न १८ रन आवस्यक थियो। अन्तिम ओभरमा बलिंग गर्न आन्द्रे रसेल आए। रसेल घाइते हुँदा छोटो रन-अपमा बलिंग गरिरहेका थिए जसको हैदरावाद कप्तान डेभिड वार्नरले भरपुर फाइदा उठाए। पहिलो बलमा रसेलले नो बल गरेपछि दोश्रो बलमा राशिद खानले वार्नरलाई १ रन लिंदै स्ट्राइक दिए। वार्नरले वार्नरले दोश्रो, तेश्रो र चौथो बलमा लगातार चौका हिर्काए। पाँचौ बलमा २ रन लिएपछि अन्तिम बलमा लेग बाइको रुपमा १ रन मात्र बन्द खेल बराबरी भयो।

पहिलो सुपर ओभर : सुपर ओभरमा बलिंग गर्न कोलकाताले खेलमा १५ रन खर्चेर ३ विकेट लिएका लकी फर्गुसनलाई पठाए। फर्गुसनले उत्कृस्ट बलिंग गरे जुन क्रममा मात्र २ रन खर्चेर वार्नर र अब्दुल समदलाई पहिलो र तेश्रो बलमा बोल्ड गरे। मात्र ३ रनको लक्ष्य कोलकाताका कप्तान ओएन मोर्गन र दिनेश कार्तिकले ४ बलमा पछ्याउदै खेल जिताए।

लकी फर्गुसन खेलको नायक बने

मुम्बई इन्डीएन्स Vs किंग्स-११ पन्जाब ( आईपीएल २०२० , म्याच ३६ ) 

१७७ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाब कप्तान केएल राहुलले ५१ बलमा ७७ रन बनाए। १८ औं ओभरमा राहुललाई बुम्राहले बोल्ड गरेपछि अन्तिम ओभरमा जित्न ९ रन आवस्यक रह्यो। अन्तिम ओभरमा बलिंग गर्न ट्रेन्ट बोल्ट आए। अन्तिम बलमा जित्न २ रन आवस्यक हुँदा १ रन लिएपछि जोर्डनलाई पोलार्डले रन आउट गर्दै खेल बराबरी गरे।

दोश्रो सुपर ओभर : मुम्बई बलर जस्प्रित बुम्राहले निकोलस पुरन र केएल राहुलको विकेट लिंदा पन्जाबले मात्र ५ रन बनाउन सक्यो र मुम्बईलाई ६ रनको लक्ष्य दियो।

पन्जाब बलर मोहम्मद शामीले शानदार बलिंग गरे जुन क्रममा रोहित शर्मा र क्विन्टन डीककले ५ रन मात्र बनाउन सके। अन्तिम बलमा २ रन आवस्यक हुँदा १ रन लिएपछि डीकक रन आउट हुन् पुगे। सुपर ओभर पनि बराबरी भएपछि खेल अर्को सुपर ओभरमा पुग्यो।

अन्तिम बलमा २ रन आवस्यक हुँदा डीकक रन आउट हुन पुगे

तेश्रो सुपर ओभर : पहिलो पटकको सुपर ओभरमा हिस्सा भएका खेलाडीहरुले दोश्रो पटक सुपर ओभरमा ब्याटिंग र बलिंग गर्न पाएनन्।

पन्जाब बलर क्रिस जोर्डनको ओभरमा काइरन पोलार्ड र हार्दिक पान्ड्याले ११ रन बनाए। पोलार्डले १ चौका प्रहार गर्दै ७ रन तथा २ वटा वाइडको मद्दतले मुम्बईले ११ रन बनायो। चौथो बलमा हार्दिक पान्ड्या रन आउट भएका थिए। अन्तिम बलमा पोलार्डले हिर्काएको बललाई बाउन्ड्रीमा उफ्रदै मायाँक अग्रवालले छक्का हुने बललाई २ रनमा परिणत गरे।

१२ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाब ब्याट्सम्यान क्रिस गेलले ट्रेन्ट बोल्टको पहिलो बलमै छक्का हिर्काए भने दोश्रो बलमा १ रन लिंदै मायाँक अग्रवाललाई स्ट्राइक दिए। अग्रवालले तेश्रो र चौथो बलमा लगातार चौका हिर्काउदै टिमलाई अन्ततः जित चुमाए।

अंकतालिकामा उक्लिएको पन्जाबको सम्भावना कायमै

जितपछि पन्जाब ९ खेलमा तेश्रो जितसंगै अंकतालिकाको पुछारबाट राजस्थान र चेन्नाईलाई पछि पार्दै छैठौं स्थानमा उक्लेको छ। ५ खेल खेल्न बाँकी रहँदा अधिकांश खेल जितेको खण्डमा पन्जाब टप-४ मा पुग्न सक्छ। समान ६ अंक रहेता पनि नेट रन रेटमा चेन्नाई र राजस्थान नेट रनमा पछि रहेको छ। हैदरावादको पनि ६ अंक रहेको छ जो पाँचौ स्थानमा छ।

हारपछि मुम्बई ९ खेलमा ६ जित र ३ हार पछि १२ अंक सहित दोश्रो स्थानमा यथावत रहेको छ। समान १२ अंक रहेको बैंगलोर नेट रन रेटमा पछि रहँदै तेश्रो स्थानमा छ। १४ अंक बटुलेको दिल्ली पहिलो स्थानमा छ भने १० अंक सहित कोलकाता चौथो स्थानमा छ।

पन्जाबले आगामी खेल शनिवार हैदरावाद बिरुद्ध तथा मुम्बईले शुक्रबार चेन्नाई बिरुद्ध खेल्ने तालिका रहेको छ। सोमबारको खेलमा राजस्थान रोयल्स र चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन्।

सुपर ओभरनै बराबरी हुँदा दोश्रो सुपर ओभरमा पन्जाबद्वारा मुम्बई पराजित

फर्गुसनले घातक बलिंग गर्दा सुपर ओभरमा कोलकाताद्वारा हैदरावाद पराजित

कोलकातालाई राहत : सुनिल नारायणले पाए सफाइ

लाइभ अन्तर्वार्तामा पोन्टिङसंग रिशभ पन्तको प्र्यान्क