आईपीएल अक्सन : मुम्बईले किन्यो सचिनका छोरा अर्जुनलाई



महान भारतीय क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरलाई आईपीएल मिनी अक्सनमा मुम्बई इन्डीएन्सले किनेको छ।

आईपीएल अक्सनमा बिक्रि हुने अर्जुन अन्तिम खेलाडी बने जसलाई सचिन तेन्दुलकरकै पुर्व आईपीएल टिम मुम्बईले २० लाख भारु खर्चेर टिममा भित्र्यायो।

भारतको मुम्बईको लागि प्रथम श्रेणी क्रिकेट खेल्ने २१ वर्षीय तेन्दुलकर देब्रे हाते बलिंग अलराउण्डर हुन्। उनि तिब्र बती बलिंग गर्ने गर्छन्।

आईपीएल अक्सनमा मुम्बईले रिक्त रहेको ७ वटा स्थानमा तेन्दुलकर सहित नाथन कोल्टर नाइल, एडम मिल्ने, पियुष चावला, जेम्स निशम, युध्भिर चरक र मार्को जान्सेनलाई भित्र्यायो। अस्ट्रेलियन फास्ट बलर नाइलको लागि मुम्बईले सर्वाधिक ५ करोड भारु खर्चियो।

यस्तो बन्यो मुम्बई टिम : 

रिटेन भएका खेलाडीहरु : रोहित शर्मा, आदित्य तारे, अनमोलप्रित सिंह, धवल कुल्कर्नी, हार्दिक पान्ड्या, राहुल चाहर, अनुकुल रोय, इशान किशन, जस्प्रित बुम्राह, काइरन पोलार्ड ( ), जयन्त यादव, क्रुनाल पान्ड्या, क्विन्टन डीकक ( ), सुर्यकुमार यादव, ट्रेन्ट बोल्ट ( ), क्रिस लिन ( ), सौरभ तिवारी, मोहसिन खान

अक्सनबाट यो सिजन भित्रिएका खेलाडीहरु : एडम मिल्ने( ), नाथन कोल्टर नाइल( ), पियुष चावला, जेम्स निशम( ), युध्भिर चरक, मारको जान्सेन( ), अर्जुन तेन्दुलकर





थप समाचार

एलपीएलको अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प धनगढी

धनगढीमा आयोजना हुन गइरहेको विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६)को अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प प्रा.लि.धनगढी रहने […]

शाहिन अफ्रिदी आईसीसी वर्ष पुरुष क्रिकेटर २०२१ घोषित, कसले जिते के अवार्ड

पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदी सर गारफिल्ड सोबर्स आईसीसीको वर्ष पुरुष क्रिकेटर घोषित भएका छन्। अफ्रिदीले वर्ष २०२१ मा […]

वेस्टइन्डिजका होसेनले तोडे सोमपालको विश्वरेकर्ड

नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामिले सन् २०१४ मा बनाएको विश्वकीर्तिमान वेस्टइन्डिजका अकेल होसेनले तोडेका छन्। सोमपालले सन् २०१४ नोभेम्बर २४ […]

‘गुट-उपगुट पनि पुनरागमन गर्न नसक्नुको कारण’ – अनिल मण्डल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले राष्ट्रिय क्रिकेट टिम भित्रको तत्कालिन ‘गुट-उपगुट’ पनि पुनरागमन गर्न नसक्नुको कारण […]

२६ फोटोमा हेर्नुस राष्ट्रिय टिम कसरि गर्दैछ विश्वकप छनोटको तयारी

प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिता समाप्त भएपछि नेपाली रास्ट्रिय क्रिकेट टिमले टि-२० विश्वकप छनोटको लागि दोश्रो चरणको प्रशिक्षण थालेको छ। […]

यी हुन् आईपीएल अक्सनमा दर्ता हुने १५ नेपाली खेलाडी, सबैको बोलि नलाग्ने

नेपाल क्रिकेट संघ ( क्यान ) ले इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा को अक्सनमा सहभागी हुने १५ जना […]