IPL : अंकतालिका, ताजा अरेन्ज र पर्पल क्याप लिस्ट ( मुम्बई र बैंगलोरको खेल पछि )



रोयल च्यालेन्जर्स बैंगलोर सुपर ओभरमा मुम्बईलाई पराजित गर्दै आईपीएल अंकतालिकाको तेश्रो स्थानमा पुगेको छ। ३ खेलमा २ जित पछि बैंगलोरको ४ अंक रहेको छ तर -१.४५० नेट रन रेट भएका कारण दिल्ली समान अंक रहेता पनि तथा राजस्थान दोश्रो स्थानमा रहेको छ। सुपर ओभरमा मुम्बई पराजित, सनसनीपूर्ण खेलमा बैंगलोरको जित

मुम्बई ३ खेलमा दोश्रो हार पछि पाँचौ स्थानमा रहेको छ जसको नेट रन रेट ०.६५४ रहेको छ। पन्जाब १ स्थान माथि रहेको छ जसको पनि समान २ अंकनै रहेको छ। कोलकाता र चेन्नाई छैठौं र सातौँ स्थानमा रहेको छ भने दुवै खेलमा पराजित हैदरावाद पुछारमा रहेको छ।

अंकतालिका ( दशौँ खेल – बैंगलोर र मुम्बईको खेल पछि ) 

 

अरेन्ज क्याप लिडरबोर्ड 

१. केएल राहुल ( पन्जाब ) : पन्जाबका कप्तान केएल राहुल पर्पल क्यापको दौडमा सबैभन्दा अघि रहेका छन्। राहुलले ३ खेलमा सबैभन्दा बढी २२२ रन बनाएका छन् जुन क्रममा १ शतक र १ अर्धशतक प्रहार गरेका छन्। राहुलले बैंगलोर बिरुद्ध अविजित १३२ रन तथा राजस्थान बिरुद्ध ६९ रन बनाएका थिए।

२. मायाँक अग्रवाल ( पन्जाब ) : पन्जाबकै अर्का भारतीय ब्याट्सम्यान मायाँक अग्रवाल दोश्रो स्थानमा छन्। उनले ३ खेलमा राहुलले भन्दा १ रन कम २२१ रन बनाएका छन्। अग्रवालले राजस्थान बिरुद्ध लिगमा पहिलो शतक बनाउने क्रममा १०१ रन बनाएका थिए भने दिल्ली बिरुद्ध ८९ रन बनाएका थिए।

३. फाफ डु प्लेसी ( चेन्नाई ) : तेश्रो स्थानमा रहेका दक्षिण अफ्रिकी ब्याट्सम्यान डु प्लेसी शानदार लयमा छन्। ३ खेलमा १७३ रन बनाएका उनले मुम्बई बिरुद्ध अविजित ५८, राजस्थान बिरुद्ध ७२ तथा दिल्ली बिरुद्ध ४३ रन बनाएका थिए।

पन्जाबका मोहम्मद शामी र केएल राहुल

४. सन्जु स्यामसन ( राजस्थान ) : २ खेलमा स्यामसनले १२९ रन बनाएका छन् जुन क्रममा २०४.७६ को स्ट्राइक रेटले रन बनाईरहेका छन्। उनले पन्जाब बिरुद्ध जितमा ८५ रन तथा चेन्नाई बिरुद्ध ७४ रन बनाएका थिए।

५ . ए बि डी भिल्लीयर्स ( बैंगलोर ) : मुम्बई बिरुद्ध अविजित ५५ रन बनाएका डी भिल्लीयर्सले ३ खेलमा ६७ को औशतले कुल १३४ रन बनाएका छन्। उनले यस अघि पन्जाब बिरुद्ध २८ तथा हैदरावादमा बिरुद्ध ५१ रन बनाएका थिए।

पर्पल क्याप लिडरबोर्ड 

१. मोहम्मद शामी ( पन्जाब ) : भारतीय पेस बलर शामीले ३ खेलमा ७ विकेट लिंदै आफुलाई अब्बल सावित गरेका छन्। पर्पल क्याप दौडमा नेतृत्व गर्ने क्रममा शामीले १२.१४ को औशत र ९.७१ को स्ट्राइकरेटमा विकेट लिईरहेका छन्। शामीले दिल्ली बिरुद्ध १५ रन खर्चेर ३ विकेट तथा राजस्थान बिरुद्ध ५३ रन खर्चेर ३ विकेट लिएका तथा बैंगलोर बिरुद्ध १४ रन खर्चेर १ विकेट लिएका थिए।

२. कागीसो रबाडा ( दिल्ली ) : दक्षिण अफ्रिकी फास्ट बलरले दिल्लीको २ जितमा अहम योगदान दिएका छन्। ५ विकेट लिएका उनले चेन्नाई बिरुद्ध जितमा उत्कृस्ट बलिंग गर्दै २६ रन खर्चेर ३ विकेट तथा पन्जाब बिरुद्ध २८ रन खर्चेर २ विकेट लिएका थिए।

३. स्याम करन ( चेन्नाई ) : टिम असफल रहे पनि करनले राम्रो बलिंग गरिरहेका छन्। ५ विकेटनै लिएका उनले राजस्थान बिरुद्ध ३३ रन खर्चेर ३ विकेट लिएका थिए। यस्तै मुम्बई र दिल्ली बिरुद्ध १/१ विकेट लिएका उनले ब्याटिंगमा पनि राजस्थान बिरुद्ध १७ तथा मुम्बई बिरुद्ध १८ रन बनाएका थिए।

४. युजभेन्द्र चहल ( बैंगलोर ) : ३ खेलमा ५ विकेट लिएका चाहलले हैदरावाद बिरुद्ध बैंगलोरको पहिलो जितमा १८ रन खर्चेर ३ विकेट, पन्जाब बिरुद्ध २५ रन खर्चेर १ विकेट तथा मुम्बई बिरुद्ध ४८ रन खर्चेर १ विकेट लिएका थिए।

५. ट्रेन्ट बोल्ट ( मुम्बई ) : बैंगलोर बिरुद्ध ३४ रन खर्चेर २ विकेट लिए पछि किवी फास्ट बलर बोल्ट पनि पर्पल क्याप दौडमा आएका छन्। उनले यस अघि कोलकाता बिरुद्ध ३० रन खर्चेर २ विकेट तथा चेन्नाई बिरुद्ध २३ रन खर्चेर १ विकेट लिएका थिए।

आईपीएल २०२० आगामी खेलहरु 

सेप्टेम्बर २९, मंगलबार : दिल्ली क्यापिटल्स Vs सनराइजर्स हैदरावाद ( ७:४५ बजे राति, शेख जायद स्टेडीयम )

सेप्टेम्बर ३०, बुधबार : राजस्थान रोयल्स Vs कोलकाता नाइट राइडरस ( ७:४५ बजे राति, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

अक्टोबर १, बिहिबार : किंग्स ११ पन्जाब Vs मुम्बई इन्डीएन्स  ( ७:४५ बजे राति, शेख जायद स्टेडीयम )

अक्टोबर २, शुक्रबार : चेन्नाई सुपर किंग्स Vs सनराइजर्स हैदरावाद ( ७:४५ बजे राति, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

अक्टोबर ३, शनिबार : रोयल च्यालेन्जर्स बैंगलोर Vs राजस्थान रोयल्स ( ३:४५ बजे दिउसो, शेख जायद स्टेडीयम )

अक्टोबर ३, दोश्रो खेल : दिल्ली क्यापिटल Vs कोलकाता नाइट राइडरस ( ७:४५ बजे राति, शारजाह क्रिकेट स्टेडियम )

सुपर ओभरमा मुम्बई पराजित, सनसनीपूर्ण खेलमा बैंगलोरको जित

बैंगलोर र मुम्बई बीचको खेलमा बनेका ९ रोचक रेकर्डहरु

– IPL इतिहासमा पर्पल क्याप जित्ने १० बलर

– IPL : आईपिएलमा ‘अरेन्ज क्याप’ जित्ने ९ खेलाडी