IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिस्ट ( दिल्ली र हैदरावादको खेलपछि )



दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै सनराइजर्स हैदरावादले लिगमा पहिलो जित दर्ता गरेको छ। हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले पुरै ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो। आईपीएलमा यस अघि लगातार ५ खेलमा हार बेहोरेको हैदरावादले हारको खडेरी समाप्त गरेको छ। राशिद चम्किदा हैदरावादको पहिलो जित, दिल्लीको पहिलो हार

जित पछि हैदरावाद अंकतालिकामा पुछारबाट २ स्थान माथि उक्लने क्रममा छैठौं स्थानमा उक्लेको छ। यस क्रममा समान २ अंक रहेता पनि चेन्नाई आठौँ र कोलकाता सातौँ स्थानमा रहेको छ। हारपछि दिल्ली १ स्थान तल झर्दै दोश्रो स्थानमा पुगेको छ। समान ४ अंक रहेता पनि राजस्थान २ खेलमा २ जितका साथ नेट रन रेटमा अघि रहँदै पहिलो स्थानमा छ। ४ अंकनै रहेको बैंगलोर तेश्रो स्थानमा रहेको छ।

लिगमा अब राजस्थान मात्र अपराजित टिम रहेको छ भने सबै टिमले कम्तिमा १ खेलमा जित दर्ता गरेका छन्।

अंकतालिका ( दिल्ली र हैदरावाद बीचको ११ औं खेल पछि ) 

अरेन्ज क्याप लिडरबोर्ड 

१. केएल राहुल ( पन्जाब ) : पन्जाबका कप्तान केएल राहुल पर्पल क्यापको दौडमा सबैभन्दा अघि रहेका छन्। राहुलले ३ खेलमा सबैभन्दा बढी २२२ रन बनाएका छन् जुन क्रममा १ शतक र १ अर्धशतक प्रहार गरेका छन्। राहुलले बैंगलोर बिरुद्ध अविजित १३२ रन तथा राजस्थान बिरुद्ध ६९ रन बनाएका थिए।

२. मायाँक अग्रवाल ( पन्जाब ) : पन्जाबकै अर्का भारतीय ब्याट्सम्यान मायाँक अग्रवाल दोश्रो स्थानमा छन्। उनले ३ खेलमा राहुलले भन्दा १ रन कम २२१ रन बनाएका छन्। अग्रवालले राजस्थान बिरुद्ध लिगमा पहिलो शतक बनाउने क्रममा १०१ रन बनाएका थिए भने दिल्ली बिरुद्ध ८९ रन बनाएका थिए।

३. फाफ डु प्लेसी ( चेन्नाई ) : तेश्रो स्थानमा रहेका दक्षिण अफ्रिकी ब्याट्सम्यान डु प्लेसी शानदार लयमा छन्। ३ खेलमा १७३ रन बनाएका उनले मुम्बई बिरुद्ध अविजित ५८, राजस्थान बिरुद्ध ७२ तथा दिल्ली बिरुद्ध ४३ रन बनाएका थिए।

केएल राहुल

४. सन्जु स्यामसन ( राजस्थान ) : २ खेलमा स्यामसनले १२९ रन बनाएका छन् जुन क्रममा २०४.७६ को स्ट्राइक रेटले रन बनाईरहेका छन्। उनले पन्जाब बिरुद्ध जितमा ८५ रन तथा चेन्नाई बिरुद्ध ७४ रन बनाएका थिए।

५ . ए बि डी भिल्लीयर्स ( बैंगलोर ) : मुम्बई बिरुद्ध अविजित ५५ रन बनाएका डी भिल्लीयर्सले ३ खेलमा ६७ को औशतले कुल १३४ रन बनाएका छन्। उनले यस अघि पन्जाब बिरुद्ध २८ तथा हैदरावादमा बिरुद्ध ५१ रन बनाएका थिए।

पर्पल क्याप लिडरबोर्ड 

१. कागीसो रबाडा ( दिल्ली ) : दक्षिण अफ्रिकी फास्ट बलरले दिल्लीको २ जितमा अहम योगदान दिएका छन्। हैदरावादसंग पराजित भएता पनि उनले मात्र २१ रन खर्चेर २ विकेट लिंदै विकेट संख्या ७ पुर्याए। त्यस अघि उनले चेन्नाई बिरुद्ध जितमा उत्कृस्ट बलिंग गर्दै २६ रन खर्चेर ३ विकेट तथा पन्जाब बिरुद्ध २८ रन खर्चेर २ विकेट लिएका थिए। रबाडाले १०.७१ को औसह्त र १०.२८ को स्ट्राइक रेटले बलिंग गर्दा मात्र ६.२५ प्रतिओभर रन खर्चेका छन्।

कागीसो रबाडा

२. मोहम्मद शामी ( पन्जाब ) : भारतीय पेस बलर शामीले ३ खेलमा ७ विकेटनै लिएका छन्। शामीले १२.१४ को औशत र ९.७१ को स्ट्राइकरेटमा विकेट लिईरहेका छन्। शामीले दिल्ली बिरुद्ध १५ रन खर्चेर ३ विकेट तथा राजस्थान बिरुद्ध ५३ रन खर्चेर ३ विकेट लिएका तथा बैंगलोर बिरुद्ध १४ रन खर्चेर १ विकेट लिएका थिए।

३. स्याम करन ( चेन्नाई ) : टिम असफल रहे पनि करनले राम्रो बलिंग गरिरहेका छन्। ५ विकेटनै लिएका उनले राजस्थान बिरुद्ध ३३ रन खर्चेर ३ विकेट लिएका थिए। यस्तै मुम्बई र दिल्ली बिरुद्ध १/१ विकेट लिएका उनले ब्याटिंगमा पनि राजस्थान बिरुद्ध १७ तथा मुम्बई बिरुद्ध १८ रन बनाएका थिए।

 

४. युजभेन्द्र चहल ( बैंगलोर ) : ३ खेलमा ५ विकेट लिएका चाहलले हैदरावाद बिरुद्ध बैंगलोरको पहिलो जितमा १८ रन खर्चेर ३ विकेट, पन्जाब बिरुद्ध २५ रन खर्चेर १ विकेट तथा मुम्बई बिरुद्ध ४८ रन खर्चेर १ विकेट लिएका थिए।

५. ट्रेन्ट बोल्ट ( मुम्बई ) : बैंगलोर बिरुद्ध ३४ रन खर्चेर २ विकेट लिए पछि किवी फास्ट बलर बोल्ट पनि पर्पल क्याप दौडमा आएका छन्। उनले यस अघि कोलकाता बिरुद्ध ३० रन खर्चेर २ विकेट तथा चेन्नाई बिरुद्ध २३ रन खर्चेर १ विकेट लिएका थिए।

आईपीएल २०२० आगामी खेलहरु 

सेप्टेम्बर ३०, बुधबार : राजस्थान रोयल्स Vs कोलकाता नाइट राइडरस ( ७:४५ बजे राति, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

अक्टोबर १, बिहिबार : किंग्स ११ पन्जाब Vs मुम्बई इन्डीएन्स  ( ७:४५ बजे राति, शेख जायद स्टेडीयम )

अक्टोबर २, शुक्रबार : चेन्नाई सुपर किंग्स Vs सनराइजर्स हैदरावाद ( ७:४५ बजे राति, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

अक्टोबर ३, शनिबार : रोयल च्यालेन्जर्स बैंगलोर Vs राजस्थान रोयल्स ( ३:४५ बजे दिउसो, शेख जायद स्टेडीयम )

अक्टोबर ३, दोश्रो खेल : दिल्ली क्यापिटल Vs कोलकाता नाइट राइडरस ( ७:४५ बजे राति, शारजाह क्रिकेट स्टेडियम )

राशिद चम्किदा हैदरावादको पहिलो जित, दिल्लीको पहिलो हार

दिल्लीले सन्दिपलाई मौका नदिदा नेपाली फ्यानहरुले बनाए यस्ता ट्रोल

भरतपुर महानगरपालिकाद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख प्रदान

– IPL इतिहासमा पर्पल क्याप जित्ने १० बलर

– IPL : आईपिएलमा ‘अरेन्ज क्याप’ जित्ने ९ खेलाडी