IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( चेन्नाई-हैदरावाद खेल पछि )



१३ औ आईपीएल अन्तर्गत १४ औं खेलमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्सलाई ७ रनले पराजित गर्दै लगातार दोश्रो जित दर्ता गर्यो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा हैदरावादले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले २० ओभर ब्याटिंग गरेता पनि ५ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो।

पहिलो २ खेलमा हार पछि लगातार दोश्रो जित सहित हैदरावाद अंकतालिकामा सातौँ बाट ४ अंक सहित चौथो स्थानमा उक्लेको छ। समान अंक रहेता पनि मुम्बई, दिल्ली, कोलकाता नेट रन रेटको आधारमा क्रमशः पहिलो देखि तेश्रो स्थानमा रहेको छ। चेन्नाई भने पहिलो खेलमा मुम्बईलाई पराजित गरेपछि लगातार तेश्रो हार बेहोरेपछि २ अंक बटुल्दै पुछारमा रहेको छ। समान जित र हार सहित पन्जाब नेट रन रेटममा अघि रहँदै सातौँ स्थानमा छ।

अरेन्ज क्याप लिडरबोर्ड 

१. मायाँक अग्रवाल ( पन्जाब ) : केएल राहुललाई पछि पार्दै मुम्बई बिरुद्ध चौथो खेलमा २५ रन बनाएका मायाँकसंग अरेन्ज क्याप रहेको छ। उनले ४ खेलमा ६१.५० को औशत र १६६.२१ को स्ट्राइक रेटले २४६ रन बनाएका छन्। अग्रवालले राजस्थान बिरुद्ध लिगमा पहिलो शतक बनाउने क्रममा १०१ रन बनाएका थिए भने दिल्ली बिरुद्ध ८९ र बैंगलोर बिरुद्ध २६ रन बनाएका थिए।

२. केएल राहुल ( पन्जाब ) : पन्जाबका कप्तान केएल राहुल पर्पल क्यापको दौडमा पहिलो बाट दोश्रो स्थानमा पुगेका छन्। मुम्बई बिरुद्ध राहुलले १७ रन मात्र बनाउन सके। राहुलले ४ खेलमा सबैभन्दा बढी २३९ रन बनाएका छन् जुन क्रममा १ शतक र १ अर्धशतक प्रहार गरेका छन्। राहुलले बैंगलोर बिरुद्ध अविजित १३२ रन तथा राजस्थान बिरुद्ध ६९ रन र दिल्ली बिरुद्ध २१ रन बनाएका थिए।

३. फाफ डु प्लेसी ( चेन्नाई ) : तेश्रो स्थानमा कायमै रहेका डु प्लेसीले हैदरावाद बिरुद्ध रन आउट हुने क्रममा २२ रन बनाए। ४ खेलमा १९५ रन बनाएका दक्षिण अफ्रिकी ब्याट्सम्यानले यस अघि मुम्बई बिरुद्ध अविजित ५८, राजस्थान बिरुद्ध ७२ तथा दिल्ली बिरुद्ध ४३ रन बनाएका थिए।

४. रोहित शर्मा ( मुम्बई ) : अरेन्ज क्याप रेसमा चौथो स्थानमा उक्लेका रोहितले पन्जाब बिरुद्धको जितमा ७० रन बनाए। मुम्बई कप्तानले ४ खेलमा ४२.५० को औशतले १७० रन बनाएका छन् जुन क्रममा २ अर्धशतक बनाएका छन्। उनले कोलकाता बिरुद्ध ८० रन बनाएका थिए।

५. सन्जु स्यामसन ( राजस्थान ) :  तेश्रो खेलमा कोलकाता बिरुद्ध ८ रन मात्र बनाएका स्यामसनले त्यस अघि पन्जाब बिरुद्ध जितमा ८५ रन तथा चेन्नाई बिरुद्ध ७४ रन बनाएका थिए। ३ खेलमा उनले १६७ रन बनाएका छन्।

पर्पल क्याप लिडरबोर्ड 

१. मोहम्मद शामी ( पन्जाब ) : मुम्बई बिरुद्ध १ विकेट लिए पछि पन्जाब पेसर सामी पुनः पर्पल क्याप नाम गरेका छन्। ४ खेलमा उनले ८ विकेट लिने क्रम्ममा १४.७५ को औशतले बलिंग गरेका छन्। यस अघिशामीले दिल्ली बिरुद्ध १५ रन खर्चेर ३ विकेट , राजस्थान बिरुद्ध ५३ रन खर्चेर ३ विकेट लिएका तथा बैंगलोर बिरुद्ध १४ रन खर्चेर १ विकेट लिएका थिए।

२. कागीसो रबाडा ( दिल्ली ) : दक्षिण अफ्रिकी फास्ट बलरले दिल्लीको २ जितमा अहम योगदान दिएका छन्। हैदरावादसंग पराजित भएता पनि उनले मात्र २१ रन खर्चेर २ विकेट लिंदै विकेट संख्या ७ पुर्याए। त्यस अघि उनले चेन्नाई बिरुद्ध जितमा उत्कृस्ट बलिंग गर्दै २६ रन खर्चेर ३ विकेट तथा पन्जाब बिरुद्ध २८ रन खर्चेर २ विकेट लिएका थिए। रबाडाले १०.७१ को औसह्त र १०.२८ को स्ट्राइक रेटले बलिंग गर्दा मात्र ६.२५ प्रतिओभर रन खर्चेका छन्।

३. राहुल चाहर ( मुम्बई )  :  पर्पल क्याम रेसमा प्रवेश गरेका लेग स्पिनर चाहरले पन्जाब बिरुद्ध जितमा २६ रन खर्चेर २ विकेट लिए। ४ खेलमा ६ विकेट लिएका उनले यस अघि कोलकाता बिरुद्ध २ विकेट तथा बैंगलोर र चेन्नाई बिरुद्ध १/१ विकेट लिएका थिए।

४. शेल्डन कटरेल ( पन्जाब )  : ६ विकेटनै लिएका कटरेल एभरेजमा पछि पर्दै चौथो स्थानमा छन्। मुम्बई बिरुद्ध २० रन खर्चेर १ विकेट लिएका उनले यस अघि बैंगलोर र दिल्ली बिरुद्ध २/२ विकेट लिएका थिए भने राजस्थान बिरुद्ध १ विकेट लिएका थिए।

५. ट्रेन्ट बोल्ट ( मुम्बई ) : ६ विकेटनै लिएका बोल्टले पन्जाब बिरुद्ध १ विकेट लिए। उनले यस अघि बैंगलोर बिरुद्ध ३४ रन खर्चेर २ विकेट, कोलकाता बिरुद्ध ३० रन खर्चेर २ विकेट तथा चेन्नाई बिरुद्ध २३ रन खर्चेर १ विकेट लिएका थिए।

आईपीएल २०२० आगामी खेलहरु 

अक्टोबर ३, शनिबार : रोयल च्यालेन्जर्स बैंगलोर Vs राजस्थान रोयल्स ( ३:४५ बजे दिउसो, शेख जायद स्टेडीयम )

अक्टोबर ३, दोश्रो खेल : दिल्ली क्यापिटल Vs कोलकाता नाइट राइडरस ( ७:४५ बजे राति, शारजाह क्रिकेट स्टेडियम )

अक्टोबर ४, आइतबार : मुम्बई इन्डीएन्स Vs सनराइजर्स हैदरावाद ( ३:४५ बजे दिउसो, शारजाह क्रिकेट स्टेडियम )

अक्टोबर ४, दोश्रो खेल : किंग्स-११ पन्जाब Vs चेन्नाई सुपर किंग्स ( ७:४५ बजे राति, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

चेन्नाईको लगातार तेश्रो हारपछि धोनीले के भने

आफ्नो रेकर्ड टुटेपछि रैनाले दिए धोनीलाई बधाई

रैना र हरभजनसंग सम्बन्ध समाप्त गर्दै चेन्नाई





थप समाचार

टि-२० विश्वकप छनोट : नेपालको पहिलो खेल ओमानसंग ( खेल तालिका सहित )

यसै वर्ष अक्टोबर १६ तारिख देखि अस्ट्रेलियामा टि-ट्वान्टी विश्वकप प्रतियोगिता आयोजना हुँदैछ। उक्त प्रतियोगितामा आयोजक अस्ट्रेलिया सहित २०२१ टि-२० विश्वकपको […]

टि-२० विश्वकप : भारत र पाकिस्तानको खेल एमसीजीमा, आयो खेलतालिका

अस्ट्रेलियामा यो वर्ष आयोजना हुने टि-२० विश्वकप प्रतियोगिताको अन्तर्राष्ट्रिय क्रिकेट परिषदले खेल तालिका र समुह बिभाजन शुक्रबार घोषणा गरेको छ। […]

‘आईसीसी टिम अफ द एअर’ : भारतीय खेलाडी छैनन् वानडे र टि-२० टिममा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले यो वर्षको तिन वटै फर्म्याटको क्रिकेटको ‘टिम अफ द एअर’ घोषणा गरेको छ। […]

BBL : प्लेअफ नखेली स्वदेश फर्कदै सन्दिप, यस्तो रह्यो प्रदर्शन

अस्ट्रेलियामा जारि बिग ब्यास लिगको चौधौं खेल खेलेसंगै नेपाली रास्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने बिहिबार नेपाल फर्कदैछन्। नेपाली राष्ट्रिय क्रिकेट […]

नजिकबाट चिन्नुस को हुन् राष्ट्रिय टिमका नयाँ सदस्य लोकेश बम

युवा ब्याट्सम्यान बिबेक यादव र लोकेश बमले पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउन सफल भएका छन्। फेब्रुअरी १७ तारिख […]

टि-२० विश्वकप छनोटको लागि टिमको घोषणा : सोमपाल र बिनोद बाहिर, लोकेश र बिबेक टिममा

ओमानमा फेब्रुअरी १७ तारिख देखि आयोजना हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले १६ सदस्यीय टिमको घोषणा […]