आईपीएल २०२० अन्तर्गत शनिवार २ वटा खेल सम्पन्न भए। पहिलो खेलमा बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्यो। दोश्रो खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्यो।
जितपछि अंकतालिकामा दिल्लीले शिर्ष स्थानमा बैंगलोरको अग्रता कायम हुन दिएन र पहिलो स्थानमा उक्लियो। ४ खेल खेल्दै दुवै टिमको ३ जित र १ हार रहेको छ। समान ६ अंक रहेता पनि नेट रन रेटमा दिल्ली अघि रहेको हो।
मुम्बई, हैदरावाद, कोलकाता र राजस्थानले समान ४ खेलमा २ जित र २ हार बेहोर्दै ४ अंक बटुलेता पनि क्रमशः दोश्रो देखि छैठौं स्थानमा रहेको छ। ४ खेलमा १ जित र ३ हार पछि पन्जाब सातौँ र चेन्नाई आठौँ स्थानमा छ।
अरेन्ज क्याप लिडरबोर्ड
१. मायाँक अग्रवाल ( पन्जाब ) : केएल राहुललाई पछि पार्दै मुम्बई बिरुद्ध चौथो खेलमा २५ रन बनाएका मायाँकसंग अरेन्ज क्याप रहेको छ। उनले ४ खेलमा ६१.५० को औशत र १६६.२१ को स्ट्राइक रेटले २४६ रन बनाएका छन्। अग्रवालले राजस्थान बिरुद्ध लिगमा पहिलो शतक बनाउने क्रममा १०१ रन बनाएका थिए भने दिल्ली बिरुद्ध ८९ र बैंगलोर बिरुद्ध २६ रन बनाएका थिए।

२. केएल राहुल ( पन्जाब ) : पन्जाबका कप्तान केएल राहुल पर्पल क्यापको दौडमा पहिलो बाट दोश्रो स्थानमा पुगेका छन्। मुम्बई बिरुद्ध राहुलले १७ रन मात्र बनाउन सके। राहुलले ४ खेलमा सबैभन्दा बढी २३९ रन बनाएका छन् जुन क्रममा १ शतक र १ अर्धशतक प्रहार गरेका छन्। राहुलले बैंगलोर बिरुद्ध अविजित १३२ रन तथा राजस्थान बिरुद्ध ६९ रन र दिल्ली बिरुद्ध २१ रन बनाएका थिए।
३. फाफ डु प्लेसी ( चेन्नाई ) : तेश्रो स्थानमा कायमै रहेका डु प्लेसीले हैदरावाद बिरुद्ध रन आउट हुने क्रममा २२ रन बनाए। ४ खेलमा १९५ रन बनाएका दक्षिण अफ्रिकी ब्याट्सम्यानले यस अघि मुम्बई बिरुद्ध अविजित ५८, राजस्थान बिरुद्ध ७२ तथा दिल्ली बिरुद्ध ४३ रन बनाएका थिए।
४. देभदत्त पडीक्कल : ४ खेलमा ३ अर्धशतक प्रहर गर्दै ४३.५० को औशतले १७४ रन बनाएका २० वर्षीय बैंगलोर ओपनर अरेन्ज क्याप रेसमा चौथो स्थानमा पुगेका छन् छन्। लिगमा डेब्यु सिजन खेल्ने क्रममा शानदार ब्याटिंग गरिरहेका देब्रे हाते ब्याट्सम्यानले राजस्थान बिरुद्ध जितमा ६३ रन बनाएका थिए। यस्तै मुम्बई बिरुद्ध अघिल्लो खेलमा ५४ तथा डेब्युमा हैदरावाद बिरुद्ध ५६ रन बनाएका थिए।

५. सन्जु स्यामसन ( राजस्थान ) : पहिलो २ खेलमा चेन्नाई बिरुद्ध ७४ तथा पन्जाब बिरुद्ध ८५ रन बनाएका स्यामसनले ४ खेलमा कुल १७१ रन बनाएका छन्। पछिल्लो २ खेलमा भने ८ र ४ रनमा आउट भएका स्यामसनले १७० रन बनाउदै छैठौं स्थानमा संयुक्त रुपमा रहेका रोहित शर्मा र श्रेयस ऐयरलाई मात्र १ रनले पछि पारेका छन्। आगामी खेलमा रन नबनाए स्यामसन रेसमा पछि पर्न सक्छन्।
पर्पल क्याप लिडरबोर्ड
१. युजभेन्द्र चहल : राजस्थान बिरुद्ध ३ विकेट लिंदै प्लेयर अफ द म्याच चुनिएका चहलले विकेट संख्या ८ पुर्याउदै पर्पल क्याप नाम गरेका छन्। समान ८ विकेट लिएता पनि मोहम्मद शामी र कागीसो रबाडालाई उनले एभरेजमा पछि पारेका हुन्। चहलले लिगको पहिलो खेलमा हैदरावाद बिरुद्ध ३ विकेट लिएका थिए भने पन्जाब र मुम्बई बिरुद्ध समान १ विकेट लिएका थिए।
२. मोहम्मद शामी ( पन्जाब ) : मुम्बई बिरुद्ध १ विकेट लिए पछि ४ खेलमा उनले ८ विकेट लिने क्रममा शामीले १४.७५ को औशतले बलिंग गरेका छन्। यस अघि शामीले दिल्ली बिरुद्ध १५ रन खर्चेर ३ विकेट , राजस्थान बिरुद्ध ५३ रन खर्चेर ३ विकेट लिएका तथा बैंगलोर बिरुद्ध १४ रन खर्चेर १ विकेट लिएका थिए।

३. कागीसो रबाडा ( दिल्ली ) : कोलकाता बिरुद्ध १ विकेट लिएपछि रबाडाको पनि विकेट संख्या ८ पुगेको छ। शानदार लयमा रहेका दक्षिण अफ्रिकी पेसरले अघिल्लो खेलमा हैदरावादसंग पराजित भएता पनि मात्र २१ रन खर्चेर २ विकेट लिएका थिए। त्यस अघि उनले चेन्नाई बिरुद्ध जितमा उत्कृस्ट बलिंग गर्दै २६ रन खर्चेर ३ विकेट तथा पन्जाब बिरुद्ध २८ रन खर्चेर २ विकेट लिएका थिए।
४. राहुल चाहर ( मुम्बई ) : पर्पल क्याम रेसमा प्रवेश गरेका लेग स्पिनर चाहरले पन्जाब बिरुद्ध जितमा २६ रन खर्चेर २ विकेट लिए। ४ खेलमा ६ विकेट लिएका उनले यस अघि कोलकाता बिरुद्ध २ विकेट तथा बैंगलोर र चेन्नाई बिरुद्ध १/१ विकेट लिएका थिए।
४. शेल्डन कटरेल ( पन्जाब ) : ६ विकेटनै लिएका कटरेल एभरेजमा पछि पर्दै पाँचौ स्थानमा छन्। मुम्बई बिरुद्ध २० रन खर्चेर १ विकेट लिएका उनले यस अघि बैंगलोर र दिल्ली बिरुद्ध २/२ विकेट लिएका थिए भने राजस्थान बिरुद्ध १ विकेट लिएका थिए।
आईपीएल २०२० आगामी खेलहरु
अक्टोबर ४, आइतबार : मुम्बई इन्डीएन्स Vs सनराइजर्स हैदरावाद ( ३:४५ बजे दिउसो, शारजाह क्रिकेट स्टेडियम )
अक्टोबर ४, आइतबार : किंग्स-११ पन्जाब Vs चेन्नाई सुपर किंग्स ( ७:४५ बजे राति, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )
अक्टोबर ५, सोमबार : रोयल च्यालेन्जर्स बैंगलोर Vs दिल्ली क्यापिटल्स ( ७:४५ बजे राति, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )
तेश्रो अर्धशतक बनाउदै पडीक्कलको नयाँ कीर्तिमान, कोहलीले गरे तारिफ
नोर्किया चम्किदा दिल्लीको तेश्रो जित, अंकतालिकाको शिर्षमा
दुर्घटनामा अफगानिस्तान ओपनर नजीबुल्लाह गम्भीर घाइते
लयमा फर्केका कोहलीले बनाए नयाँ इतिहास