आईपीएल २०२० आइतबारको पहिलो खेलमा मुम्बई इन्डीएन्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय ३:४५ बजे शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ। दुवै टिमले ४ खेल खेल्दा समान २ जित र २ हार बेहोर्दै ४ अंक बटुलेका छन्। अंकतालिकामा नेट रन रेटमा अघि रहँदै मुम्बई तेश्रो र हैदरावाद चौथो स्थानमा रहेको छ।
खेलमा टस जितेर मुम्बई इन्डीएन्सले ब्याटिंग रोजेको छ। शारजाह मैदान सानो तथा ब्याटिंग गर्न सहज हुनाले अर्को विशाल योगफलको खेलको अपेक्षा गरिएको छ।
मुम्बईले टिममा कुनै पनि परिवर्तन गरेको छैन।
मुम्बईको अन्तिम ११ : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक ( विकेटकिपर )✈️ , सुर्यकुमार यादव, इशान किशन, काइरन पोलार्ड✈️, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, जेम्स प्याटिन्सन✈️ , राहुल चाहर, ट्रेन्ट बोल्ट✈️, जस्प्रित बुम्राह
हैदरावादले टिममा दुइ वटा परिवर्तन गरेको छ। भुवनेश्वर कुमार चेन्नाई बिरुद्ध अघिल्लो खेलमा अन्तिम ओभर बलिंग गर्ने क्रममा घाइते भएका कारण उनको स्थान सन्दिप शर्माले लिनेछन्। यस्तै खलिल एहमदलाई बाहिर राखिएको छ भने सिद्धार्थ कौललाई समाबेश गरिएको छ।
हैदरावादको अन्तिम ११ : डेभिड वार्नर ( कप्तान )✈️, जोनी बेयरस्टो ( विकेटकिपर )✈️, मनिष पाण्डे, केन विलियमसन✈️, प्रियम गर्ग, अभिषेक शर्मा, अब्दुल शमद, राशिद खान✈️, सन्दिप शर्मा,सिद्धार्थ कौल,टि नटराजन
पहिलो २ खेलमा पराजित भएको हैदरावाद टिममा लगातार २ जितका साथ आत्मविश्वास पलाएको छ। चेन्नाईलाई अन्तिम खेलमा उसले ७ रनले पराजित गरेको थियो। त्यसक्रममा उसले १६४ रनको योगफल रक्षा गरेको थियो। खेलमा वार्नर, बेयरस्टो, विलियमसन जस्ता ब्याट्सम्यानहरु असफल भएता पनि प्रियम गर्ग, अभिषेक शर्मा जस्ता युवा खेलाडीहरुले राम्रो प्रदर्शन गरेका थिए। लेग स्पिनर राशिद खान उत्कृस्ट लयमा रहँदै बलिंगको नेतृत्व गरिरहेका छन्। भुवनेश्वर कुमार, टि नटराजन जस्ता बलरहरुको प्रदर्शन चेन्नाई बिरुद्ध राम्रो थियो। चेन्नाई बिरुद्ध खेलमा घाइते भएका भुवनेश्वर कुमार आज खेल्ने नखेल्ने निश्चित भएको छैन।
अर्कोतर्फ मुम्बईले पन्जाब बिरुद्ध अन्तिम खेल ४८ रनले सहजै जितेको थियो। १९१ रनको योगफल तयार गर्दै पन्जाबलाई १४३ रनमा सिमित गर्दै रोहित कप्तानीको टिमले जित दर्ता गरेको थियो। आक्रामक ब्याट्सम्यान काइरन पोलार्ड, हार्दिक पान्ड्या, इशान किशन र रोहित शर्मा राम्रो लयमा छन्। बलिंगमा जस्प्रित बुम्राह, ट्रेन्ट बोल्ट, राहुल चाहर, जेम्स प्याटिन्सन र क्रुनाल पान्ड्याको उपस्थितिले टिम निकै सन्तुलित देखिएको छ। आज जित्दै मुम्बई अंकतालिकाको शिर्ष स्थानमा पुग्ने मौका रहेको छ।
आजको दोश्रो खेलमा चेन्नाई र पन्जाब प्रतिस्पर्धा गर्नेछन्। खेल ७:४५ बजे सुरु हुनेछ।
‘कार्तिकको सट्टा कोलकाताको कप्तानी मोर्गनले गर्नुपर्छ’ – श्रीसंत
आईपीएलमा सट्टेबाजको सक्रियता, एक खेलाडीलाई गरियो सम्पर्क
दोश्रो हार पछि स्मिथले औल्याए टिमको कमजोर पक्ष
लयमा फर्केका कोहलीले बनाए नयाँ इतिहास
IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड