युएईमा जारि आईपीएल २०२० अन्तर्गत २१ औं खेलमा चेन्नाई सुपर किंग्सलाई कोलकाता नाइट राइडर्सले १० रनले पराजित गर्यो। कोलकाताले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा पुरै २० ओभर ब्याटिंग गरे पनि चेन्नाईले ५ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो।
जितपछि कोलकाता अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ। ५ खेल खेलेको कोलकाताले ३ जित र २ हार बेहोर्दै ६ अंक बटुलेको छ। समान ६ अंक रहेको बैंगलोर नेट रन रेटमा पछि पर्दै चौथो स्थानमा छ। ८ अंक सहित मुम्बई पहिलो र दिल्ली दोश्रो स्थानमा छ।
हारपछि चेन्नाई पाँचौ स्थानमा यथावत रहेको छ। ६ खेलमा चेन्नाईले २ जित र ४ हार बेहोरेको छ। समान ४ अंक रहेता पनि हैदरावाद र राजस्थान नेट रन रेटमा पछि पर्दै छैठौं र सातौँ स्थानमा रहेको छ। ५ खेलमा १ जित मात्र हात पार्न सकेको पन्जाब पुछारमा रहेको छ।
लिग अन्तर्गत बिहिबार हैदरावाद र पन्जाबले प्रतिस्पर्धा गर्नेछन्। पुछारमा रहेको पन्जाब आजको खेल जितेको खण्डमा चौथो स्थानमा उक्लनेछ। पन्जाबको नेट रन रेट राम्रो हुँदा जितले फड्को मार्न सक्छ। हैदरावाद आज विजयी भएको खण्डमा कोलकाता र बैंगलोरलाई पछि पार्दै तेश्रो स्थानमा उक्लन सक्छ।
पर्पल क्याप रेसमा रबाडाको अग्रता कायमै
५ खेलमा १२ विकेट लिएका दिल्ली क्यापिटल्सका कागीसो रबाडासंग पर्पल क्याप सुरक्षित रहेको छ। रबाडाले बैंगलोर बिरुद्ध ४ विकेट लिंदै क्याप हात पारेका थिए।

चेन्नाई र कोलकाताका बलरहरु मध्ये ७ विकेट लिएका स्याम करन मात्र रेसमा शिर्ष १० स्थानमा रहेका छन्। करन नवौं स्थानमा रहेका छन् भने ६ विकेट लिएका पियुष चावला ११ औं स्थानमा छन्। समान ५ विकेट लिएका कोलकाताका वरुण चक्रवर्ती र आन्द्रे रसेल १४ औं र १५ औं स्थानमा छन्। ५ विकेटनै लिएका चेन्नाई बलर शार्दुल ठाकुर र दिपक चाहर १६ औं र १८ औं स्थानमा छन्। समान विकेट लिए पनि औशतको आधारमा खेलाडीहरुको स्थान घटबढ भएको हो।
पहिलो स्थानमा रहेका रबाडालाई ११ विकेट लिएका मुम्बई फास्ट बलर जस्प्रित बुम्राहले पछ्याईरहेका छन्। मुम्बई फास्ट बलर ट्रेन्ट बोल्ट ( १० ) र जेम्स प्याटीन्सन ( ९ ) तेश्रो र चौथो स्थानमा छन्। युजभेन्द्र चहल ८ विकेट लिंदै पाँचौ र समान विकेट सहित मोहम्मद शामी छैठौं स्थानमा छन्।
अरेन्ज क्यापमा पाउन थोरैले चुके डु प्लेसी
उत्कृस्ट लयमा रहेका चेन्नाई ब्याट्सम्यान फाफ डु प्लेसी केएल राहुललाई पछि पार्दै अरेन्ज क्याप हात पार्न थोरैले चुक्न पुगे। डु प्लेसीले कोलकाता बिरुद्ध १७ रन बनाए। ४ रन बढी बनाएको भए डु प्लेसीले अरेन्ज क्याप हात पार्थे। केएल राहुलको ५ खेलमा ३०२ रन रहेको छ भने डु प्लेसीको ६ खेलमा २९९ रन रहेको छ।राहुलले ७५.५० को औशत र १४१.७८ को स्ट्राइक रेटले १ शतक र २ अर्धशतक बनाएका छन्। डु प्लेसीले ७४.७५ को औशत र १५१.०१ को स्ट्राइक रेटले ३ अर्धशतक मद्दतले उक्त रन बनाएका हुन्।

लगातार दोश्रो अर्धशतक बनाएका वाटसन पनि अरेन्ज क्याप रेसमा अघि आएका छन्। कोलकाता बिरुद्ध ५० रन बनाएका वाटसन पाँचौ स्थानमा उक्लने क्रममा ६ खेलमा १८५ रन बनएका छन्। पन्जाबका मायाँक अग्रवाल ५ खेलमा २७२ रन बनाउदै तेश्रो र ६ खेलमा २११ रन बनाएका मुम्बई कप्तान रोहित शर्मा चौथो स्थानमा छन्।
बिहिबार खेलिने पन्जाब र हैदरावाद बीचको खेलपछि राहुल र अग्रवालसंग अग्रता बढाउने मौका रहेको छ।
आगामी खेल
अक्टोबर ८, बिहिबार : सनराइजर्स हैदरावाद Vs किंग्स-११ पन्जाब ( ७:४५ बजे राति, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )
अक्टोबर ९, शुक्रबार : राजस्थान रोयल्स Vs दिल्ली क्यापिटल्स ( ७:४५ बजे राति, शारजाह स्टेडियम )
धोनीले बताए कोलकातासंग हारको कारण
IPL : अन्तिम-११ मा मौका कुरीरहेका ६ ठूला खेलाडीहरु
‘युनिभर्स बोस’ गेलले कहिले पाउनेछन् मौका ? ब्याटिंग प्रशिक्षक जाफरले दिए अपडेट
सहज थिएन स्टोक्सको युएई यात्रा
कोहली र ऐयर पछि स्मिथलाई पनि जरिवाना