IPL : अरेन्ज क्याप रेसको टप-५ मा बेयरस्टो र वार्नरको आगमन, अंकतालिकाको अवस्था के छ



किंग्स-११ पन्जाबालाई ६९ रनको ठूलो अन्तरले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल २०२० अन्तर्गत तेश्रो जित दर्ता गर्यो। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिले ब्याटिंग गर्दै हैदरावादले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले १६.५ ओभरमा १३२ रन मात्र बनाउन सक्यो।

छैठौं खेलमा तेश्रो जित पछि हैदरावाद अंकतालिकामा छैठौं स्थानबाट फड्को मार्दै तेश्रो स्थानमा पुगेको छ। ६ अंक बटुलेको हैदरावादले नेट रन रेटमा कोलकाता र बैंगलोरलाई पछि पारेको हो। मुम्बई पहिलो र दिल्ली दोश्रो स्थानमा रहेको छ।

हार पछि पन्जाब भने ६ खेलमा १ जित र ५ हार पछि २ अंक सहित अंकतालिकाको पुछारमा रहेको छ। ४ अंक रहेको चेन्नाई र राजस्थान छैठौं र सातौँ स्थानमा रहेको छ।

लिग अन्तर्गत शुक्रबार शारजाह मैदानमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। खेलमा दिल्ली विजयी भएको १० अंक बटुल्दै खण्डमा मुम्बईलाई पछि पार्दै पुनः शिर्षस्थानमा उक्लनेछ। दिल्लीले खेलेको ५ खेल मध्ये ४ वटामा जित र १ खेल हारेकोछ। अर्कोतर्फ राजस्थान ५ खेलमा २ जित र ३ हार पछि सातौँ स्थानमा छ। आज जितेको खण्डमा राजस्थान कम्तिमा पाँचौ स्थानमा पुग्नेछ। हैदरावाद, कोलकाता र बैंगलोरको समान ६ अंक रहेकोले आज जितेर राजस्थानको ६ अंक भए नेट रन रेटले स्थान कति हुने फैसला हुनेछ।

पर्पल क्यापमा रबाडाको अग्रता कायमै, मोहम्मद शामी पाँचौ स्थानमा उक्लिए 

पन्जाब र हैदरावाद बीचको खेलमा १ विकेट लिएका पेसर मोहम्मद शामी ९ विकेट लिंदै पाँचौ स्थानमा उक्लेका छन्। मुम्बईका जेम्स प्याटिन्सनको पनि समान ९ विकेट रहेको छ जो औसह्तमा शामीसंग माथि छन्। यस्तै हैदरावादको ३ विकेट लिएका रभी बिस्नोइ ७ विकेट लिंदै ११ औं स्थानमा पुगेका छन्। हैदरावादका टि नटराजनले पनि पन्जाबको २ विकेट लिंदै समान ७ विकेट लिएका छन् जो औशतमा अघि रहदै बिस्नोइ भन्दा १ स्थानले अघि छन्।

५ खेलमा १२ विकेट लिएका दिल्ली क्यापिटल्सका कागीसो रबाडासंग पर्पल क्याप सुरक्षित रहेको छ। रबाडाले बैंगलोर बिरुद्ध ४ विकेट लिंदै क्याप हात पारेका थिए। ११ विकेट लिंदै मुम्बई पेसर जस्प्रित बुम्राह दोश्रो तथा ९ विकेट लिएका मुम्बईकै अर्का पेसर ट्रेन्ट बोल्ट तेश्रो स्थानमा छन्।

मोहम्मद शामी

शुक्रबार दिल्ली र र्जस्थान बीचको खेलमा रबाडाले पर्पल क्यापमा अग्रता बढाउने मौका पाउनेछन्। यस्तै ७ विकेट लिंदै आठौँ स्थानमा रहेका अर्का दिल्ली फास्ट बलर एनरिक नोर्कियालाई पनि आज उत्कृस्ट ५ भित्र उक्लने मौका छ। राजस्थानको लागि सर्वाधिक ५ विकेट लिएका जोफ्रा आर्चरले पनि आज स्थान सुधार गर्न सक्नेछन्।

अरेन्ज क्याप रेस : उत्कृस्ट ५ मा बेयरस्टो र वार्नरको आगमन 

पन्जाब बिरुद्ध १६० रनको ओपनिंग साझेदारी गरेका हैदरावादका डेभिड वार्नर र जोनीबेयरस्टो धेरै रन बनाउने सूचीमा शिर्ष-५ मा प्रवेश गरेका छन्। बेयरस्टोले ९७ तथा वार्नरले ५२ रन बनाएका थिए। ६ खेलमा ३ अर्धशतक प्रहार गर्दै २४१ रन बनाएका बेयरस्टो चौथो तथा समान खेलमा २ अर्धशतक प्रहार गर्दै २२७ बनाएका वार्नर पाँचौ स्थानमा रहेका छन्।

यस्तै खेलमा सिजनकै सबैभन्दा छिटो अर्धशतक बनाउदै ७७ रन बनाएका पन्जाबका निकोलस पुरन सातौँ स्थानमा उक्लेक छन्। पुरनले लिगमा पहिलो अर्धशतक बनाएका हुन् जसले ६ खेलमा कुल १९६ रन बनाएका छन्।

बेयरस्टोले पन्जाब बिरुद्ध ९७ रन बनाएका थिए

पन्जाब कप्तान राहुलले हैदरावाद बिरुद्ध ११ रन मात्रै बनाए पनि अरेन्ज क्याप साथमै राखेका छन्। राहुलले ६ खेलमा ३१३ रन बनाएका छन् जुन क्रममा १ शतक र २ अर्धशतक प्रहार गरेका छन्। चेन्नाई ओपनर फाफ डु प्लेसी ६ खेलमा २९९ रन बनाउदै दोश्रो स्थानमा छन्। यस्तै खेलमा मात्र ९ रन बनाएका मायाँक अग्रवाल ६ खेमा २८१ रन बनाउदै तेश्रो स्थानमा रहेका छन्।

दिल्ली र राजस्थान बीचको आजको खेलमा १८१ रन बनाउदै नवौं स्थानमा रहेका श्रेयस ऐयर, १७९ रन सहित ११ औं स्थानमा रहेका पृथ्वी शा तथा यस्तै १७१ रन बनाउदै १३ औं स्थानमा रहेकाका रिशभ पन्तले फड्को मार्न सक्नेछन्। सुरुवात राम्रो गरेता पनि पछिल्लो खेलहरुमा लय गुमाएका सन्जु स्यामसनले पनि आज रन बनाए माथि उक्लनेछन्। स्यामसनले १४ औं स्थानमा छन् जसले ५ खेलमा १७१ रन बनाएका छन्।

आगामी खेल

अक्टोबर ९, शुक्रबार : राजस्थान रोयल्स Vs दिल्ली क्यापिटल्स ( ७:४५ बजे राति, शारजाह स्टेडियम )

अक्टोबर १०, शनिवार : किंग्स ११ पन्जाब Vs कोलकाता नाइट राइडर्स ( ३:४५ बजे, शेख जायद स्टेडियम )

अक्टोबर १०, शनिवार : चेन्नाई सुपर किंग्स Vs रोयल च्यालेन्जर्स बैंगलोर ( ७:४५ बजे, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

पन्जाब-हैदरावाद खेलमा बने ८ रेकर्ड

विस्फोटक ब्याटिंग गर्दै पुरनले बनाए सिजनकै सबैभन्दा छिटो अर्धशतक

पन्जाबलाई ठूलो अन्तरले पराजित गर्दै अंकतालिकामा हैदरावादको फड्को

सन्दिप र सुनम लंका प्रिमियर लिगको ड्राफ्टमा



थप समाचार

प्रतिस्पर्धात्मक तेश्रो वानडेमा भारतद्वारा अस्ट्रेलिया पराजित

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत तेश्रो एकदिवसीयमा भारतले १३ रनको जित दर्ता गरेको छ। यस अघि २ खेलमा पराजित हुँदै सिरिज […]

मलानले रचे इतिहास, टि-२० वरियतामा इतिहासकै उच्च अंक हाँसिल

दक्षिण अफ्रीका बिरुद्ध ३-० ले सिरिज जित दर्ता गर्ने क्रममा कुल १७३ रन बनाएका इंग्ल्यान्ड ब्याट्सम्यान दविड मलानले अन्तर्राष्ट्रिय क्रिकेट […]

पान्ड्या र जडेजाले कीर्तिमानी साझेदारी गर्दा भारतद्वारा अस्ट्रेलियालाई ३०३ रनको लक्ष्य

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत एकदिवसीय सिरिजको तेश्रो तथा अन्तिम एकदिवसीय मेनुका ओभल, क्यानबेर्रामा जारि रहेको छ। सिरिज यस अघिनै अस्ट्रेलियाले […]

क्यानद्वारा पूर्वकप्तान कर्माचार्य छनोट समितिको संयोजक नियुक्त

नेपाल क्रिकेट संघ ( क्यान ) को कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय क्रिकेट टिमका पहिलो कप्तान उत्तम कर्माचार्यलाई संयोजक चयन गर्दै […]

कोहलीले तोडे तेन्दुलकरको कीर्तिमान

अष्ट्रेलिया र भारतबीच ३ खेलको एकदिवसीय अन्तराष्ट्रिय शृंखला अन्तर्गत क्यानवेरा स्थित मानुका ओवल क्रिकेट स्टेडियममा तेस्रो तथा अन्तिम खेल जारि […]

एलपीएल : परेराको अर्को आक्रामक इनिंग, जाफ्नाको विजय यात्रा कायमै

लंका प्रिमियर लिग अन्तर्गत मंगलबार सम्पन्न २ वटा खेलमा दाम्बुला भाइकिंग र जाफ्ना स्टालियन्स विजयी भएका छन्। महिन्दा राजापाक्षे स्टेडियममा […]