IPL : पर्पल क्यापमा रबाडाले बढाए अग्रता, अंकतालिकामा उतारचढाव जारि



युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत २३ औं खेल शुक्रबार राति सम्पन्न भैसकेको छ जसमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ४६ रनको फराकिलो अन्तरले पराजित गर्दै अकंतालिकाको शिर्ष स्थानमा उक्लिएको छ।

हालसम्म दिल्ली ६ खेलमा ५ जितपछि (१० अंक) अंकतालिकाको शिर्ष स्थानमा छ। समान खेल खेलेको मुम्बई ४ जितसहित (८ अकं) दोस्रो स्थानमा छ। कोलकाता, बैंगलोर र हैदराबाद समान ६ अकंसहित नेट रन रेटको आधारमा तेस्रो, चौथौं र छैटौं स्थानमा छ। यद्दपी हैदराबादले कोलकाता र बैगलोरले भन्दा १ खेल बढि खेलेको छ। समान ६ खेल खेलेको चेन्नाई र राजस्थान ४ अंकसहित क्रमशः छैटौं र सातौँ स्थानमा छन्। ६ खेलमा मात्र २ अंक बटुलेको पन्जाब तालिकाको पुछारमा छ।

लिग अन्तर्गत शनिबार २ खेल हुदैँछन् जसले अंकतालिकामा व्यापक परिवर्तन गराउने निश्चित छ। आज चेन्नाई र बैंगलोर तथा कोलकाता र पन्जाबले प्रतिस्पर्धा गर्दै गर्दैछन्। पुछारमा रहेको पन्जाब आज विजयी भए २ स्थान माथि उक्लदै छैठौं स्थानमा आउन सक्छ। यस्तै छैठौं स्थानमा रहेको चेन्नाई विजयी भए चौथो या पाँचौ स्थानमा उक्लन सक्छ। पाँचौ स्थानमा रहेको बैंगलोर आज जित्दै उत्कृस्ट ४ मा प्रवेश गर्न सक्नेछ।

अरेन्ज क्याप : शिर्ष पाचँमा हैदराबाद र पन्जाबको दबदबा

हालसम्म पन्जाबका कप्तान केएल राहुलसंग अरेन्ज क्याप रहेको छ जसले ६ खेलमा ३१३ रन बनाइसकेका छन्। राहुलभन्दा १४ रन कम बनाएका फाफ डुप्लेसिस ६ खेलमा २९९ रनसहित दोस्रो स्थानमा छन्। पन्जाबको अर्का ओपनर मायाँक अग्रवाल ६ खेलमा २८१ रनसहित तेस्रो स्थानमा छन्। पन्जाबा विरुद्ध ९७ रनको पारी खेलेका जोनी बेयरस्टो २४१ रन बनाउदै चौथौ स्थानमा छन्। हैदराबादकै अर्का ओपनर तथा कप्तान डेभिड वार्नर २२७ रनसहित पाचौं स्थानमा छन्।

दिल्ली र राजस्थान बीचको खेलपछि दिल्ली कप्तान श्रेयस ऐयर ७ खेलमा २०३ रन बनाउदै सातौँ तथा ६ खेलमा १९८ रन बनाउदै पृथ्वी श आठौँ स्थानमा छन्। ६ खेलमा १६२ रन बनाएका मार्कस स्टोइनिस १७ औं स्थानमा छन्।

शनिवारको खेलमा केएल राहुललाई मायाँक अग्रवाल र फफ डु प्लेसीले उछिन्ने तथा केएल राहुलले रन बनाए अरेन्ज क्याप साथमै राख्न सक्नेछन्। राहुल डु प्लेसी बहाना मात्र १४ रनले अघि छन्।

कागीसो रबाडा

पर्पल क्याप : मुम्बईका ३ खेलाडी शिर्ष पाचँमा

६ खेलमा १५ विकेट लिएका दिल्लीका तिव्र गतिका बलर कागिसि रबाडासंग पर्पल क्याप कायमै रहेको छ। उनले गए राति सम्पन्न खेलमा राजस्थान विरुद्ध ३ विकेट हात पार्दै दोस्रो स्थानमा रहेका जस्प्रित बुम्राहसंग अन्तर बढाएका हुन् जसले ११ विकेट लिएका छन्। यस्तै, मुम्बईका फास्ट बलर ट्रेन्ट बोल्ट ११ विकेटसहित तेस्रो स्थानमा र जेम्स प्याटिन्सन ९ विकेटसहित चौथौं स्थानमा छन्। समान ९ विकेट लिएका मोहम्मद शामी पाचौं स्थानमा छन्। राशिद खान, जोफ्रा आर्चर, एन्रिक नोर्किया र युजवेंद्र चहालले समान ८-८ विकेट लिएका छन्।

दिल्ली बिरुद्ध ३ विकेट लिदै जोफ्रा आर्चर सातौँ स्थानमा उक्लिएका छन्। खेलमा १ विकेट लिएका दिल्ली पेसर एनरिक् नोर्किया आठौँ स्थानमा छन्। शनिवार हुने खेल पछि ९ विकेट लिंदै पाँचौ स्थानमा रहेका मोहम्मद शामीले स्थान सुधार गर्न सक्नेछन्।

आगामी खेल

अक्टोबर १०, शनिवार : किंग्स ११ पन्जाब Vs कोलकाता नाइट राइडर्स ( ३:४५ बजे, शेख जायद स्टेडियम )

अक्टोबर १०, शनिवार : चेन्नाई सुपर किंग्स Vs रोयल च्यालेन्जर्स बैंगलोर ( ७:४५ बजे, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

अक्टोबर ११, आइतबार : सनराइजर्स हैदरावाद Vs राजस्थान रोयल्स ( ३:४५ बजे, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

अक्टोबर ११, आइतबार : मुम्बई इन्डीएन्स Vs दिल्ली क्यापिटल्स ( ७:४५ बजे, शेख जायद स्टेडियम )

करन केसीको ७ उत्कृस्ट बलिंग प्रदर्शन

IPL मा आज २ खेल : कोलकाता र बैंगलोरसंग चेन्नाई र पन्जाबलाई जित्ने दबाब

“म कप्तानीको मजा लिईरहेको छु” – ऐयर

लगातार तेश्रो जितपछि मुम्बईलाई पछि पार्दै दिल्ली शिर्षमा

नेपाली क्रिकेट टिमलाई कस्तो प्रशिक्षक आवस्यक छ ?

सन्दिप र सुनम सहभागी ‘लंका प्रिमियर लिग’ ड्राफ्ट नयाँ मितिमा हुने

 

 



थप समाचार

एलपीएल : परेराको अर्को आक्रामक इनिंग, जाफ्नाको विजय यात्रा कायमै

लंका प्रिमियर लिग अन्तर्गत मंगलबार सम्पन्न २ वटा खेलमा दाम्बुला भाइकिंग र जाफ्ना स्टालियन्स विजयी भएका छन्। महिन्दा राजापाक्षे स्टेडियममा […]

मलान चम्किदा इंग्ल्यान्डको सिरिज क्लिन स्विप, बन्यो साझेदारीको नयाँ विश्वकीर्तिमान

दविड मलानले शानदार ब्याटिंग गर्दा तेश्रो टि-२० मा दक्षिण अफ्रीकालाई ९ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज क्लिन स्विप गरेको छ।केपटाउनमा […]

एलपीएल : अफ्रिदी कप्तानीको ग्ल्याडीएटर्सको लगातार तेश्रो हार

लंका प्रिमियर लिग अन्तर्गत सोमबार राति सम्पन्न दिनको दोश्रो खेलमा कुशल परेरा कप्तानीको क्यान्डी टस्कर्सले शाहिद अफ्रिदी कप्तानीको गाल ग्ल्याडीएटर्सलाई […]

एलपीएल : जाफ्नाको जितमा कप्तान परेराको विस्फोटक इनिंग

कप्तान थिसारा परेराले शानदार अलराउण्ड प्रदर्शन गर्दा दाम्बुला भाइकिंगलाई ६६ रनले पराजित गर्दै जाफ्ना स्टालिएन्स लंका प्रिमियर लिग अंकतालिकामा शिर्ष […]

टि-ट्वान्टी सिरिजका लागि चोटिल वार्नरको प्रतिस्थापनमा शर्ट, कमिंसलाई विश्राम

अष्ट्रेलियाका बायाँ हाते ओपनर ब्याट्सम्यान डेविड वार्नर चोटका कारण भारत विरुद्धको अन्तिम एक दिवसीय तथा टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजबाट बाहिरिएका छन्। […]

प्रधानमन्त्री कप पुरुष र महिला राष्ट्रिय प्रतियोगिता पुष दोश्रो साता आयोजना हुने

नेपाल क्रिकेट संघले पुरुष र महिला प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ। दुवै प्रतियोगिताको लागि खेलाडी छनौट […]