तेवतिया र परागको उत्कृस्ट साझेदारी, रोमान्चक खेलमा राजस्थानद्वारा हैदरावाद पराजित



युएईमा जारि आईपीएल २०२० अन्तर्गत आइतबारको पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गर्दै तेश्रो जित दर्ता गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा सनराइजर्स हैदरावादले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले १९.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

राजस्थानको लागि अविजित इनिंग खेल्ने क्रममा राहुल तेवतियाले सर्वाधिक ४५ तथा रियान परागले ४२ रन बनाए। तेवतियाले २८ बलमा ४ चौका र २ छक्का तथा परागले २६ बलमा २ चौका र २ छक्का प्रहार गरे। यस अघि सन्जु स्यामसनले २६, रोबिन उथप्पाले १८ तथा जोस बटलरले १६ रन बनाएका थिए।

मुस्किल अवस्थाबाट तेवतिया र परागले जिताए खेल 

राजस्थानको सुरुवात कमजोर रहेको थियो। सिजनको पहिलो खेल खेल्ने क्रममा ओपनिंग गरेका बेन स्टोक्स ( ५ रन ) दोश्रो ओभरमा खलिल एहमदबाट बोल्ड भए। चौथो ओभरमा स्टिभ स्मिथ ( ५ रन ) रन आउट भए भने लगत्तै ओभरमा जोस बटलरलाई खलिल एहमदले बेयरस्टोबाट क्याच आउट गराए।

राशिद खानले २ विकेट लिए

२६/३ को अवस्थाबाट सन्जु स्यामसन र रोबिन उथप्पाले चौथो विकेटको लागि ३७ रनको साझेदारी गरे। तर १० औं ओभरमा उथप्पालाई राशिद खानले एलबिडब्लु धरापमा पार्दै हैदरावादलाई खेलमा फर्काए। १२ औं ओभरमा स्यामसनलाई राशिदले दोश्रो शिकार बनाए।

७८/५ को अवस्थाबाट रियान पराग र राहुल तेवतियाले साझेदारी गर्दै टिमलाई खेलमा फर्काए। सन्दिप शर्माले गरेको १७ औं ओभरमा १८ रन, राशिद खानको १८ औं ओभरमा १४ रन तथा १९ औं ओभरमा १४ रन बनाउदै दुइ ब्याट्सम्यानले टिमलाई जित नजिक पुर्याए।

अन्तिम ओभरमा जितको लागि ६ बलमा ८ रन आवस्यक रह्यो। खलिल एहमदले गरेको ओभरको पहिलो बलमा परागले २ रन तथा दोश्रो बलमा १ रन लिए। तेश्रो बलमा तेवतियाले २ रन लिए। चौथो बलमा तेवतियाले १ रन लिए। त्यसपछि पाँचौ बलमा परागले छक्का प्रहार गर्दै टिमलाई जिताए।

छैठौं विकेटको लागि तेवतिया र परागले ४८ बलमा अविजित ८५ रनको साझेदारी गरे। आईपीएल इतिहासमा टिम विजयी हुँदा अविजित रहने क्रममा छैठौं विकेटको लागि यो संयुक्तरुपमा दोश्रो ठूलो साझेदारी हो। यस अघि २०१४ मा स्टिभ स्मिथ र जेम्स फल्कनरले बैंगलोर बिरुद्ध ८५ रनकै साझेदारी गरेका थिए। सबैभन्दा धेरै अम्बाति रायडु र काइरन पोलार्डले २०१२ मा बैंगलोर बिरुद्ध १२२ रनको साझेदारी गरेका थिए।

पराग र तेवतियाले अविजित

हैदरावादको बलिंगमा राशिद खान ( ४-०-२५-२ ) र खलिल एहमद ( ३.५-०-३७-२ ) समान २ विकेट लिए। सन्दिप शर्मा ( ४-०-३२-० ) , टि नटराजन ( ४-१-३२-० ) र विजय शंकर ( ३०-२२-० ) विकेटविहिन रहे।

हैदरावादको ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग रोजेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५८ रन बनाएको थियो।

हैदरावादको लागि मनिष पाण्डेले सर्वाधिक ५४ रन बनाए। ४४ बलमा २ चौका र ३ छक्का प्रहार गरेका उनको जारि सिजन यो दोश्रो अर्धशतक हो। यस अघि उनले कोलकाता बिरुद्ध ५१ रन बनाएका थिए। लिगमा १३७ औं खेल खेल्ने क्रममा पाण्डेको यो १७ औं अर्धशतक हो। कप्तान डेभिड वार्नरले ३८ बलमा ४८ रन बनाए जुन क्रममा ३ चौका र २ छक्का हिर्काए। केन विलियमसनले १२ बलमा २ छक्का मद्दतले अविजित २२ रन तथा प्रियम गर्गले ८ बलमा १५ रन बनाए।

मनिष पाण्डेले सिजनको दोश्रो अर्धशतक बनाए

ओपनर जोनी बेयरस्टो १९ बलमा १६ रन बनाएर पाँचौ ओभरमा कार्तिक त्यागिबाट क्याच आउट भएपछि दोश्रो विकेटको लागि वार्नर र पाण्डेले ७३ रनको साझेदारी गरेका थिए। पावरप्लेको ६ ओभरमा हैदरावादले मात्र २६ रन बनाएर १ विकेट गुमाएको थियो जसपछि पनि हैदरावादले रन गति पर्याप्त बढाउन सकेन। १५ औं ओभरमा जोफ्रा आर्चरले वार्नरलाई बोल्ड गर्दै साझेदारी तोडेका थिए।

वार्नरको विकेटपछि आएका केन विलियमसनसंग पाण्डेले तेश्रो विकेटको लागि २६ रन जोडे। १८ औं ओभरमा जयदेव उनदकतले पाण्डेलाई क्याच आउट गराए।

विलियमसन र प्रियम गर्गले चौथो विकेटको लागि १५ बलमा ३५ रनको साझेदारी गरे। गर्ग इनिंगको अन्तिम बलमा रन आउट भए।

राजस्थानको बलिंगमा कार्तिक त्यागि ( ३-०-२९-१ ), जयदेव उनदकत ( ४-०-३१-१ ) र जोफ्रा आर्चर ( ४-०-२५-१ ) ले समान १ विकेट लिए। श्रेयस गोपाल ( ४-०-३१-० ) र राहुल तेवतिया ( ४-०-३५-० ) विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल 

सातौँ खेलमा तेश्रो जितपछि ६ अंक बटुल्दै राजस्थान छैठौं स्थानमा रहेको छ। हारपछि हैदरावाद समान ६ अंक रहेता पनि नेट रन रेटमा राजस्थान भन्दा १ स्थान अघि रहेको छ। दुवै टिमले ७ खेलमा ३ जित र ४ हार बेहोरेका छन्।

राजस्थानले आगामी खेल बुधबार दिल्ली बिरुद्ध तथा हैदरावादले मंगलबार चेन्नाई बिरुद्ध खेल्ने तालिका रहेको छ। आइतबारको दोश्रो खेलमा दिल्ली र मुम्बई प्रतिस्पर्धा गर्दैछन्।

शोयब मलिक टि-२० क्रिकेटमा १० हजार रन पुरा गर्ने पहिलो एशियाली ब्याट्सम्यान

टियु मैदानका ग्राउण्ड स्टाफलाई सन्दिपद्वारा घोषित सहयोग रकम हस्तान्तरण

“जहाजमा धेरै प्वाल छन् , एउटा थुन्दा अर्को ठाउँबाट पानि चुहिरहेको छ।” – धोनी

७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य





थप समाचार

एलपीएलको अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प धनगढी

धनगढीमा आयोजना हुन गइरहेको विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६)को अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प प्रा.लि.धनगढी रहने […]

शाहिन अफ्रिदी आईसीसी वर्ष पुरुष क्रिकेटर २०२१ घोषित, कसले जिते के अवार्ड

पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदी सर गारफिल्ड सोबर्स आईसीसीको वर्ष पुरुष क्रिकेटर घोषित भएका छन्। अफ्रिदीले वर्ष २०२१ मा […]

वेस्टइन्डिजका होसेनले तोडे सोमपालको विश्वरेकर्ड

नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामिले सन् २०१४ मा बनाएको विश्वकीर्तिमान वेस्टइन्डिजका अकेल होसेनले तोडेका छन्। सोमपालले सन् २०१४ नोभेम्बर २४ […]

‘गुट-उपगुट पनि पुनरागमन गर्न नसक्नुको कारण’ – अनिल मण्डल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले राष्ट्रिय क्रिकेट टिम भित्रको तत्कालिन ‘गुट-उपगुट’ पनि पुनरागमन गर्न नसक्नुको कारण […]

२६ फोटोमा हेर्नुस राष्ट्रिय टिम कसरि गर्दैछ विश्वकप छनोटको तयारी

प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिता समाप्त भएपछि नेपाली रास्ट्रिय क्रिकेट टिमले टि-२० विश्वकप छनोटको लागि दोश्रो चरणको प्रशिक्षण थालेको छ। […]

यी हुन् आईपीएल अक्सनमा दर्ता हुने १५ नेपाली खेलाडी, सबैको बोलि नलाग्ने

नेपाल क्रिकेट संघ ( क्यान ) ले इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा को अक्सनमा सहभागी हुने १५ जना […]