IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्यापमा को-को छन् अघि



युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत २७ औं खेल आइतबार राति सम्पन्न भैसकेको छ जसमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै अकंतालिकाको शिर्ष स्थानमा उक्लिएको छ। आइतबारनै सम्पन्न २६ औं खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादमाथि ५ विकेटको अपत्यारिलो जित दर्ता गर्दै छैटौं स्थानमा उक्लिएको छ।

हालसम्म ७ खेलमा १० अंकसहित नेट रन रेटको आधारमा मुम्बई र दिल्ली क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। समान ६ खेल खेलेको कोलकाता र बैंगलोर ८ अंक बटुल्दै क्रमसः तेस्रो चौथौ स्थानमा छन्। हैदराबाद विरुद्ध जित निकाल्दै राजस्थान ७ खेलमा ६ अकं बनाएर छैटौं स्थानमा छ। ७ खेलमा समान ६ अंक बनाएको हैदराबाद नेट रन रेटको आधारमा पाचौं स्थानमा छ। ७ खेलमा ४ अंकसहित चेन्नाई सातौं तथा समान खेलमा मात्र २ अंकसहित पन्जाब पुछारमा छ।

लिग अन्तर्गत सोमबार कोलकाता र बैंगलोरबीच प्रतिस्पर्धा हुदैँछ। दुबै टोलिलाई जित हात पार्दै १० अंक बटुल्ने मौका छ। फराकिलो जित निकाल्दै नेट रन रेटमा मुम्बई र दिल्लीलाई पछार्न सकेको खण्डमा शिर्ष स्थानमा उक्लने अवसर समेत रहेको छ।

ओरेन्ज क्याप : वार्नरले घटाए शिर्ष-३ संगको दुरी

आइतबार सम्पन्न खेलमा राजस्थान विरुद्ध राजस्थान विरुद्ध ४८ रन बनाएका हैदराबाद डेभिड वार्नरले आफ्नो साथी खेलाडी जोनी बेयरस्टोलाई पछि पार्दै चौथौं स्थानमा उक्लिएका छन्। उनले ७ खेलमा २७५ रन बनाएका छन् भने पाचौं स्थानमा रहेका बेयरस्टोले समान खेलमा २५७ रन बनाएका छन्।

मुम्बई विरुद्ध ४२ रन बनाएका दिल्ली कप्तान श्रेयस अय्यर ७ खेलमा २४५ रन बनाउदै छैटौं स्थानमा उक्लिएका छन् भने सो खेलमा ५३ रनको अर्धशतकीय पारी खेलेका सूर्यकुमार यादव २३३ रनसहित सातौँ स्थानमा उक्लिएका छन्। यस्तै हैदरावाद बिरुद्ध उत्कृस्ट अविजित इनिंग खेल्दै ४५ रन बनाएका राहुल तेवतिया ७ खेलमा १८९ रन बनाउदै १९ औं स्थानमा रहेका छन्। क्विन्टन डीकक समान खेलमा १९१ रन बनाएर १ स्थान माथि छन्।

डेभिड वार्नरले आफ्नो साथी खेलाडी जोनी बेयरस्टोलाई पछि पार्दै चौथौं स्थानमा उक्लिएका छन्।

हालसम्म पन्जाबका कप्तान केएल राहुलसंग अरेन्ज क्याप रहेको छ जसले ७ खेलमा ३८७ रन बनाइसकेका छन्। कोलकाता बिरुद्ध ७४ रन बनाउदै राहुलले क्याप साथमै राखेका हुन्। कोलकाता विरुद्ध ५६ रन बनाएका पन्जाबकै मायाँक अग्रवाल दोस्रो स्थानमा छन् जसले ७ खेलमा ३३७ रन बनाइसकेका छन्। ७ खेलमा ३०७ रन बनाएका फाफ डु प्लेसिस तेस्रो स्थानमा छन्।

आज आठौं स्थानमा रहेका बिराट कोहली (२२३ रन), नवौं स्थानमा रहेका सुभमन गिल (२२० रन) र बाह्रौँ स्थानमा रहेका देभदत्त पडिक्क्ल (२११ रन) ले आज बिरुद्ध ठूलो स्कोर बनाए शिर्ष-५ मा प्रवेश गर्न सक्छन्।

पर्पल क्याप : राशिद खानको छलाङ्ग

७ खेलमा १७ विकेट लिएका दिल्लीका तिव्र गतिका बलर कागिसि रबाडासंग पर्पल क्याप कायमै रहेको छ। उनले मुम्बई विरुद्ध ३ विकेट हात पार्दै दोस्रो स्थानमा रहेका जस्प्रित बुम्राहसंग अन्तर बढाएका हुन् जसले ११ विकेट लिएका छन्। यस्तै, मुम्बईका फास्ट बलर ट्रेन्ट बोल्ट समान ११ विकेटसहित तेस्रो स्थानमा छन्। राजस्थान विरुद्ध २ विकेट लिएका राशिद खान चौथौं स्थानमा उक्लिएका छन्। पन्जाबका फास्ट बलर मोहम्मद शामी १० विकेट हात पार्दै पाँचौ स्थानमा पुगेका छन् जो एभरेजमा खान भन्दा पछि छन्।

राशिद खान १० विकेट लिंदै चौथो स्थानमा उक्लेका छन्

राजस्थानका घातक बलर जोफ्रा आर्चर ७ खेलमा ९ विकेटसहित छैटौं स्थानमा उक्लिएका छन्। उनले समान ९ विकेट लिएका युजभेन्द्र चहल र जेम्स प्याटिन्सनलाई एभरेजमा पछि परेका छन्। चेन्नाई विरुद्ध १ विकेट लिएका चहल ९ विकेटसहित सातौं स्थानमा छन्। समान विकेट लिएका जेम्स प्याटिन्सन एभरेजमा पछि रहँदै आठौँ स्थानमा छन्।

एनरिक् नोर्किया, रवि बिश्नोई र साम करन समान ८ विकेटसहित क्रमसः नवौं, दशौँ र एघारौं स्थानमा छन्। आज कोलकाता र बैंगलोर विरुद्धको खेलमा चहललाई शिर्ष-५ मा प्रवेश गर्ने मौका छ।

आगामी खेल

अक्टोबर १२, सोमबार : राजस्थान रोयल्स VS कोलकाता नाइट राइडर्स (७:४५ बजे, शारजाह क्रिकेट स्टेडियम)

अक्टोबर १३, सनराइजर्स हैदराबाद VS चेन्नाई किङ्ग्स (७:४५ बजे, दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियम)

अक्टोबर १४, दिल्ली क्यापिटल्स VS राजस्थान रोयल्स (७:४५ बजे, दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियम)

IPL : लयमा रहेको दुई टिम बैंगलोर र कोलकाता खेल्दै, हेड टु हेडमा को अघि

IPL : हैदरावादसंग खेलपछि तेवतियाले कसलाई ठड्याए औंला, जान्नुस विवादको कारण

रोमान्चक खेलमा दिल्लीलाई पराजित गर्दै मुम्बई शिर्षस्थानमा

छक्का हान्दै राजस्थानलाई जिताएपछि परागको रोचक नृत्य, खेलपछि बताए रहस्य

तेवतिया र परागको उत्कृस्ट साझेदारी, रोमान्चक खेलमा राजस्थानद्वारा हैदरावाद पराजित

टियु मैदानका ग्राउण्ड स्टाफलाई सन्दिपद्वारा घोषित सहयोग रकम हस्तान्तरण





थप समाचार

ओमान भ्रमण सकेर नेपाली टिमको स्वदेश आगमन, प्रशिक्षक व्हाटमोर फर्केनन्

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा सहभागिता पछि ओमान पुगेको नेपाली क्रिकेट टिम मंगलबार बिहान स्वदेश आगमन गरेको […]

ओमानद्वारा अमेरिका ७२ रनले पराजित, सिरिज समाप्तिमा अंकतालिकाको अवस्था

अमेरिकालाई ७२ रनले पराजित गर्दै ओमानले आईसीसी विश्वकप लिग-२ अन्तर्गत एघारौं जित दर्ता गर्न सफल भएको छ। अल अमिरात मैदानमा […]

IPL : बैंगलोरलाई सहजै पराजित गर्दै कोलकाता पाँचौ स्थानमा उक्लियो

रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले पराजित गर्दै कोलकाता नाइट राईडर्सले युएईमा सुरु भएको आईपीएलको दोश्रो फेजको शानदार सुरुवात गरेको छ। […]

चक्रवर्तीले घातक बलिंग गर्दा बैंगलोर ९२ रनमै सिमित

युएईमा जारि आईपीएलको दोश्रो फेज अन्तर्गत लिगको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्। […]

ICCWCL2 : मक्सुदको अर्धशतक, ओमानद्वारा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा ओमान र अमेरिका […]

IPL : कोलकाता बिरुद्ध बैंगलोरले पहिले ब्याटिंग गर्ने, दुई खेलाडीले डेब्यु गर्दै

युएईमा जारी इन्डियन प्रिमियर लिगको ( आईपीएल ) दोश्रो फेज अन्तर्गत लिगको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता […]