IPL M26 : बेन स्टोक्स खेल्ने पक्का, हैदरावादले पहिले ब्याटिंग गर्ने ( दुवै टिमको अन्तिम-११ )



आईपीएल टि-२० अन्तर्गत आइतबारको पहिलो खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल ३:४५ बजे सुरु हुनेछ।

खेलमा टस जितेर हैदरावाद कप्तान डेभिड वार्नरले ब्याटिंग गर्ने निर्णय गरेका छन्। पछिल्लो खेलमा हैदरावादले पन्जाबलाई पहिले ब्याटिंग गर्दै पराजित गरेको थियो।

हैदरावादले टिममा एउटा परिवर्तन गरेको छ। अब्दुल समदको स्थानमा भारतीय राष्ट्रिय क्रिकेटर विजय शंकरले सिजनमा दोश्रो पटक मौका पाएका छन्। दायाँ हाते बलिंग अलराउण्डर शंकरले यस अघि बैंगलोर बिरुद्ध खेलमा मौका पाएका थिए जुन खेलमा १४ रन खर्चेर १ विकेट लिएका थिए।

हैदरावादको अन्तिम ११ : डेभिड वार्नर ( कप्तान ), जोनी बेयरस्टो ( विकेटकिपर ), मनिष पाण्डे, केन विलियमसन, प्रियम गर्ग, अभिषेक शर्मा, विजय शंकर , राशिद खान, सन्दिप शर्मा, खलिल एहमद, टि नटराजन

राजस्थान रोयल्सले टिममा २ वटा परिवर्तन गरेको छ। अन्तिम खेलमा सुस्त ब्याटिंग गरेपछि आलोचित यसस्वी जैसवाललाई बाहिर राखिएको छ। यस्तै रियान पराग र एन्ड्रु टाईलाई बाहिर राखिएको छ। टिममा स्टार इंगलिस अलराउण्डर बेन स्टोक्सले तथा रोबिन उथप्पा र रियान परागले पनि मौका पाएका छन्।

बेन स्टोक्सले सिजनको पहिलो खेल खेल्ने भएका छन्

स्टोक्स न्युजिल्यान्डबाट आएपछि क्वारेन्टाइन अवधि शनिवार पुरा गरेका थिए। १ दिन अभ्यास पछि उनि खेल्न तयार भएका हुन्। स्टोक्सले ३ वर्ष देखि आईपीएलमा नियमित प्रदर्शन गरिरहेका छन् र ३३ इनिंगमा ६३५ रन बनाएका छन्। यस्तै उनले लिगमा ८.२६ को इकोनोमिले २६ विकेट पनि लिएका छन्। स्टोक्स आक्रामक ब्याटिंग गर्दै टिमलाई असम्भव परिस्थितिबाट जित दिलाउन सक्षम छन् भने योर्कर र कटर बल गर्दै विकेट लिन पनि उत्तिकै सक्षम छन्। सहज थिएन स्टोक्सको युएई यात्रा

राजस्थानको अन्तिम ११ : रोबिन उथप्पा , जोस बटलर ( विकेटकिपर ), सन्जु स्यामसन, स्टिभ स्मिथ ( कप्तान ), बेन स्टोक्स, रियान पराग, राहुल तेवतिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, वरुण एरोन , कार्तिक त्यागि

दुबै टोलिले हालसम्म समान ६ खेल खेलिसकेका छन् जसमध्ये ३ खेलमा जित हात पार्दै हैदराबाद तालिकाको चौथो स्थानमा छ भने ४ अंकसहित राजस्थान सातौं स्थानमा छ। हैदराबादलाई आज २ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लने मौका छ भने राजस्थानलाई आफ्नो पछिल्लो ४ खेलमा भोगेको हारको पीडा भुलाउदै तालिकामा अघि बढ्ने मौका छ।

दिनको दोश्रो खेल दिल्ली क्यापिटल्स र मुम्बई इन्डीएन्स बीच खेलिनेछ जुन शेख जायद स्टेडियम, अबु धाबीमा ७:४५ बजे सुरु हुनेछ।

IPL : अरेन्ज क्याप रेसमा राहुलले बढाए अग्रता, अंकतालिकाको अवस्था के छ

IPL मा आज २ खेल : दिल्ली र मुम्बई तथा हैदरावाद र राजस्थान बीच प्रतिस्पर्धा

“जहाजमा धेरै प्वाल छन् , एउटा थुन्दा अर्को ठाउँबाट पानि चुहिरहेको छ।” – धोनी

७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य