IPL Match 3 : बैंगलोर र हैदरावाद खेल्दै, यस्ता छन् दुवै टिमको बलियो र कमजोर पक्ष



४ वर्ष अघि २०१६ आईपीएल फाइनल खेलेका दुइ टिम सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरको यात्रा त्यसपछि समान हुन सकेन। एकातर्फ हैदरावाद त्यसपछि सबै ३ सिजन प्ले-अफ पुग्न सफल रह्यो भने अर्कोतर्फ उक्त सिजन उप-विजेता बैंगलोर भने २०१७ र १९ मा लिगको पुछारमा तथा २०१८ मा छैठौं स्थानमा रह्यो।

यो वर्ष बैंगलोरले अभ्यास सुरु गर्नु अघिनै सामाजिक संजालमा बैंगलोरको मजाक उडाउएर ‘मिमि’ र ‘ट्रोल’ बनाउन सुरु भएको थियो। तर नयाँ सिरिज सुरुवातमा कोहलीको टिम ‘मिमि’ र ‘ट्रोल’ हरुलाई बन्द गर्ने प्रयासमा हुनेछन्। आरोन फिन्च र क्रिस मोरिस सहित केहि नयाँ अनुहारहरुलाई गत डिसेम्बर अक्सनमार्फत लिएको टिमका युवा सदस्यहरु प्रमाणित गर्ने सोचमा छन्।

लगातार राम्रो प्रदर्शन गर्दै आएको सनराइजर्सका कप्तान डेभिड वार्नर पछिल्लो ३ सिजन अन्तिम चरणमा पुगेर गरेको चुकबाट पाठ सिक्दै टिमलाई दोश्रो उपाधि दिलाउने लक्ष्यमा छन्। ३ सिजन मध्ये २ सिजनमा सर्वाधिक रन बनाउदै अरेन्ज क्याप जितेका वार्नर पुनः सोहि लय दोहोर्याउने आत्मविश्वासका साथ मैदान उत्रनेछन्। वार्नरको अनुपस्थितिमा लिगमा कप्तानी गरेका केन विलियमसनले २०१९ मा अरेन्ज क्याप जितेका थिए। दुइ प्रेरणादायी खेलाडीको साथ पाएको सनराइजर्स कागजमा भन्दा खेलमा प्रदर्शन गर्नमा विश्वास गर्छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समय ८:४५ बजे सुरु हुनेछ।

सनराइजर्स हैदरावाद  (Sunrisers Hyderabad)

टिम :- डेभिड वार्नर(✈️) ( कप्तान ), जोनी बेयरस्टो(✈️), केन विलियमसन(✈️), मनीष पांडे, श्रीवत्स गोस्वामी, रिद्धिमन साहा, अभिषेक शर्मा, मोहम्मद नावी(✈️), विजय शंकर, बसिल थम्पी(✈️), भुवनेश्वर कुमार, बिली स्ट्यानलेक(✈️), खलील अहमद, राशिद खान, संदीप शर्मा, शाहबाज नदीम, सिद्धार्थ कौल, टी नटराजन, विराट सिंह, प्रियाम गर्ग, मिचेल मार्श(✈️), बी संदीप, फाबियन एलेन(✈️), संजय यादव र अब्दुल समद।

सनराइजर्स हैदरावादको बलियो पक्ष 

ओपनिंग ब्याटिंग :  डेभिड वार्नर र जोनी बेयरस्टोको ओपनिंग साझेदारी गत सिजन उत्कृस्ट रहेको थियो। वार्नरले १२ खेलमा ६९२ रन बनाउने क्रममा ८ अर्धशतक र १ शतक बनाएका थिए भने बेयरस्टोले १० खेलमा ५ अर्धशतक र १ शतक मद्दतले ४४५ रन। दुवैको प्रदर्शन गत सिजन टिमको सफलताको कारण बनेको थियो। दुवैले पहिलो विकेटको लागि रेकर्ड १८५ रनको साझेदारी पनि गरेका थिए।

स्पिन आक्रमण : अफगानी स्पिनरद्वय राशिद खान र मोहम्मद नाबी तथा अनुभवी भारतीय देब्रे हाते स्पिनर शाहबाज नदीमको उपस्थितिले स्पिन आक्रमण बलियो छ। राशिदले लिगमा बिगतमा पनि आफ्नो उपस्थिति प्रमाणित गरीसकेका छन् भने नाबी सिपिएल टि-२० मा सेन्ट लुसिया जुक्सबाट उत्कृस्ट लयमा थिए। नाबी आक्रामक ब्याटिंग पनि गर्न सक्छन्। अर्कोतर्फ गत वर्ष भारतको लागि टेस्ट डेब्यु गरेका नदीम घरेलु क्रिकेटमा गत वर्ष उत्कृस्ट लयमा थिए जसलाई यो वर्ष पनि निरन्तरता दिन सक्छन्।

सनराइजर्स हैदरावादको कमजोर पक्ष 

ब्याटिंग गहिराइ : वार्नर, बेयरस्टो र मनिष पाण्डे र विलियमसन जस्ता ब्याट्सम्यानहरु माथिल्लो क्रममा रहेता पनि उनीहरु केहि गरि फेल भएको खण्डमा तल्लो क्रममा विश्वासिलो नामको कमि रहेको छ। अभिषेक शर्मा, बिराट सिंह तथा यु-१९ भारतीय टिमका कप्तान प्रियम गर्गसंग अनुभव छैन। विजय शंकरको ठूलो सट खेल्ने क्षमतामा प्रश्न उठाउने ठाउँ रहन्छ।

फास्ट बलिंग : लिगको सुरुवाती खेलहरुमा फास्ट बलरहरुले राम्रो प्रदर्शन गरिरहेका छन्। हैदरावादसंग भुवनेश्वर कुमार र सिद्धार्थ कौल जस्ता फास्ट बलरहरु रहेका छन् जो डेथ ओभरमा पनि राम्रो बलिंग गर्न सक्छन्। तर भुवनेश्वर कुमार लामो समय घाइते भए पछि टिममा पुनरागमन गर्दैछन् भने कौल पछिल्लो सिजनहरुमा उत्कृस्ट लयमा देखिएका छैनन्। त्यसैले स्पिन पक्ष भन्दा टिमको फास्स्त बलिंग पक्षमा चिन्ता गर्ने ठाउँ रहेको छ।

सम्भावित ११ :- जोनी बेयरस्टो ( विकेटकिपर ) ✈️, डेभिड वार्नर ( कप्तान ) ✈️, मनिष पाण्डे, विजय शंकर, बिराट सिंह, प्रियं गर्ग/अभिषेक शर्मा/अब्दुल समद, मोहम्मद नाबी✈️, राशिद खान✈️, भुवनेश्वर कुमार, खलिल एहमद, सिद्धार्थ कौल/सन्दिप शर्मा

रोयल च्यालेन्जर्स बैंगलोर (Royal Challengers Banglore )

टिम :- बिराट कोहली ( कप्तान ) , एबी डिभीलियर्स(✈️), देवदत्त पडिकल, पार्थिव पटेल, गुरकीरत सिंह, मोइन अली(✈️), पवन नेगी, वासिंगटन सुन्दर, सिभम दुबे, मोहम्मद सिराज, नवदीप सैनी, उमेश यादव, युज्भेंद्र चाहल, क्रिस मोरिस(✈️), पवन देशपांडे, आरोन फिंच(✈️), जोशुवा फिलीपे(✈️), शाहबाज अहमद, एडम जम्पा(✈️), डेल स्टेन(✈️) र इसुरु उदाना(✈️)

रोयल च्यालेन्जर्स बैंगलोरको बलियो पक्ष 

माथिल्लो क्रमको ब्याटिंग : आरोन फिंच र पार्थिव पटेल ओपनिंगमा तथा त्यसपछि बिराट कोहली र एबि डी भिल्लीयर्स जस्ता ब्याट्सम्यानहरु माथिल्लो क्रममा रहनुले बिपक्षी टिमको सातो लिन सक्छ। बैंगलोरको ब्याटिंग सधै राम्रो हुने गर्छ र यो सिजन पनि लाइन अपमा त्यस्ता नामहरु रहेका छन्।

अनुभवी अलराउण्डर : मोइन अलि र क्रिस मोरिस तथा भारतीय शिभम दुबे र वासिंगटन सुन्दर जस्ता अलराउण्डरले टिम सुसज्जित छ। दुबे र सुन्दर दुवैले भारतको लागि खेलीसकेका छन्।

रोयल च्यालेन्जर्स बैंगलोरको कमजोर पक्ष 

तल्लो क्रमको ब्याटिंग : कोहली, फिंच र एबिडी जस्ता ब्याट्सम्यान फेल भए मोइन, मोरिस, सुन्दर जस्ता अलराउण्डरहरु रहे पनि एकदमै भरपर्न सकिने अनुहार पनि हैनन्। बैंगलोरले उपाधि जित्न माथिल्लो क्रम पछिका ब्याट्सम्यानहरु चल्नु पर्छ जसमा टिम थोरै कमजोर देखिन्छ।

डेथ ओभर बलिंग : स्टेन र ओरिस जस्ता बलरहरु रहेता पनि डेथ ओभर बलिंग भने उत्कृस्ट देखिन्न। स्टेन लगातार घाइते हुँदै आएका छन् जसमा पहिले जस्तो धार छैन। मोरिसले लिगको पछिल्लो २ सिजनमा ९.२७ को इकोनोमीले विकेट लिएका छन्। मोहम्मद सिराज, उमेश यादब पनि डेथ ओभरको लागि उत्कृस्ट बिकल्प हैनन्। गत सिजन ८.२७ को इकोनोमीमा ११ विकेट लिएका नवदिप सैनी बाहेक राम्रो बिकल्प टिमसंग छैन।

सम्भावित ११ : आरोन फिंच ✈️ , पार्थिव पटेल, बिराट कोहली ( कप्तान ) , एबि डी भिल्लीयर्स ✈️, मोइन अलि✈️, शिभम दुबे, वासिंगटन सुन्दर, क्रिस मोरिस✈️, युझभेन्द्र चाहल, नवदीप सैनी, उमेश यादव

यो पनि पढ्नुस :-

“अम्पायरलाई ‘म्यान अफ द म्याच दिनुपर्थ्यो” अम्पायरको ठूलो गल्तिलाई सेहवागको व्यंग्य

“ठूलो गल्ति ?” सुपर ओभरमा मायाँकलाई नपठाएपछि पन्जाब टिमको आलोचना

IPL : सनसनीपूर्ण खेल सुपर ओभरमा जित्दै दिल्लीको विजयी सुरुवात

IPL : आईपिएलको १२ सिजनमा ‘अरेन्ज क्याप’ जित्ने ९ खेलाडी