बैंगलोरको पहिलो जितमा चाहलको उत्कृस्ट बलिंग



युएईमा जारि आईपीएल २०२० अन्तर्गत तेश्रो खेलमा बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गर्ने क्रममा सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिंग गर्दै बैंगलोरले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो।

एक समय १२१/२ को अवस्थामा रहेको हैदरावादले त्यसपछि लगातार विकेट गुमाउन पुग्यो र थप ३२ रन बनाउदा सबै विकेट गुमाउन पुग्यो।

हैदरावादको लागि ओपनर जोनी बेयरस्टोले सर्वाधिक ६१ रन बनाए। ४३ बलमा उनले ६ चौका र २ छक्का प्रहार गरे। यस्तै मनिष पाण्डेले ३४ तथा प्रियम गर्गले १२ रन बनाए। ओपनर डेभिड वार्नरले ६ रन बनाए भने विजय शंकरले खाता खोल्न सकेनन्। अभिषेक शर्माले ७ रन बनाए।

यस अघि ओपनर डेभिड वार्नर दुर्भाग्यपूर्ण रुपमा दोश्रो ओभरमा रन आउट भए। त्यसपछि दोश्रो विकेटको लागि ओपनर बेयरस्टोले मनिष पाण्डेसंग ७१ रनको साझेदारी गरे। पाण्डेलाई १२ औं ओभरमा युझभेन्द्र चाहलले क्याच आउट गराएर साझेदारी तोडे। बेयरस्टोले त्यसपछि प्रियम गर्गसंग ३२ रनको साझेदारी गरे।

बेयरस्टोको विकेट पछि हैदरावादले लगातार विकेट गुमाउन पुग्यो

१२१/२ को अवस्थामा १६ औं ओभरमा युझभेन्द्र चाहलले क्रिजमा डटिरहेका बेयरस्टो र विजय शंकरलाई दोश्रो र तेश्रो बलमा आउट गर्दै बैंगलोरलाई खेलमा फर्काए। दुवैलाई चाहलले बोल्ड गरे। लगत्तै ओभरमा गर्गलाई शिभम दुबेले बोल्ड गरे। त्यसपछि हैदरावादले लगातार विकेट गुमायो। अभिशेक शर्मा रन आउट भए भने नवदीप सैनीले १८ औं ओभरमा भुवनेश्वर कुमार र राशिद खानलाई आउट गरे।

बैंगलोरको बलिंगमा लेग स्पिनर युझभेन्द्र चाहलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १८ रन मात्र खर्चे। फास्ट बलर शिभम दुबे ( ३-०-१५-२ ) र नवदीप सैनी ( ४-०-२५-२ ) ले समान २ विकेट लिए।डेल स्टेनले १ विकेट ( ३.४-०-३३-१ ) लिए। उमेश यादव विकेटविहिन रहंदा ४ ओभरमा ४८ रन खर्चिए।

पडीक्कल र डी भिल्लीयर्सको अर्धशतक 

पहिलो इनिंगमा बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो।

बैंगलोरको ब्याटिंगमा ओपनर देभदत्त पडीक्कल र ए बि डी भिल्लीयर्सले अर्धशतक बनाए। लिगमा डेब्यु गरिरहेका बायाँ हाते पडीक्कलले अर्धशतक बनाउने क्रममा ४२ बलमा ८ चौका मद्दतले ५६ रन बनाए। डी भिल्लीयर्सले लिगमा ३४ औं शतक बनाउने क्रममा ३० बलमा ४ चौका र २ छक्का मद्दतले ५१ रन बनाए। आरोन फिन्चले २९, कप्तान बिराट कोहलीले १४ तथा शिभम दुबेले ७ रन बनाए।

डी भिल्लीयर्सले ३० बलमा ५१ रन बनाए

उत्कृस्ट सुरुवात गरेको बैंगलोरको लागि ओपनर देभदत्त पडीक्कल र आरोन फिन्चले ९० रनको साझेदारी गरेका थिए। पडीक्कललाई ११ औं ओभरमा विजय शंकरले बोल्ड गर्दै साझेदारी तोडेका थिए। लगत्तै ओभरमा आरोन फिन्चलाई अभिसहेक शर्माले एलबिडब्लु आउट गरे। तेश्रो विकेटको लागि कप्तान कोहली र डी भिल्लीयर्सले ३३ रनको साझेदारी गरे। कोहलीलाई देब्रे हाते ब्याट्सम्यान टि. नटराजनले १६ औं ओभरमा क्याच आउट गरे। ठुलो सट खेल्ने चक्करमा कोहली लंग अनमा समातिन पुगे। त्यसपछि चौथो विकेटको लागि डी भिल्लीयर्सले शिभम दुबेसंग ३९ रनको साझेदारी गरे। डी भिल्लीयर्स अन्तिम ओभरमा रन आउट हुन पुगे।

लिग डेब्युमा देभदत्त पडीक्कलले अर्धशतक बनाए

हैदरावादको बलिंगमा टि नटराजन ( ४-०-३४-१ ) , विजय शंकर ( १.२-०-१४-१ ) र अभिसहेक शर्मा ( २-०-१६-१ ) ले समान १/१ विकेट लिए। भुवनेश्वर कुमारले ४ ओभरमा २५ रन खर्चे पनि विकेट लिन सकेनन्। फास्ट बलर मिचेल मार्शले ४ बल मात्र गरेपछि घाइते हुँदा मैदान बाहिरिएका थिए।

आगामी खेल लिग अन्तर्गत मंगलबारको खेलमा चेन्नाई सुपर किंग्सले आफ्नो दोश्रो खेलमा स्टिभ स्मिथ कप्तानीको राजस्थान रोयल्ससंग खेल्नेछ। चेन्नाईले पहिलो खेलमा मुम्बईलाई ५ विकेटले पराजित गरेको थियो।

 

वार्नर दुर्भाग्यपूर्ण तरिकाले आउट

आईपीएल डेब्युमै पडीक्कलको अर्धशतक

शाहिन अफ्रिदीले ४ बलमा लिए ४ विकेट ( भिडियो सहित )

कप्तान मल्लको ट्वीटले अमेरिकी एम्बेसी क्लिन बोल्ड





थप समाचार

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]

एसीसी टि-२० महिला : नेपाल सेमिफाइनलमा

एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । स्कोरकार्ड , अंकतालिका  मलेसियाको किनरारा ओभल क्रिकेट […]