IPL : सनसनीपूर्ण खेलमा राजस्थानद्वारा पन्जाब २ रनले पराजित, त्यागिको अपत्यारिलो ओभर



कार्तिक त्यागिले अपत्यारिलो बलिंग गरेपछि पन्जाब किंग्सलाई राजस्थान रोयल्सले मात्र २ रनले पराजित गरेको छ।  युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न आईपीएलको ३२ औं खेलमा राजस्थानले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले २० ओभरमा ४ विकेट क्षेतीमा १८३ रन मात्र बनाउन सक्यो।

पन्जाबको लागि मायाँक अग्रवालले सर्वाधिक ६७ रन तथा कप्तान केएल राहुलले ४९ रन बनाए। अग्रवालले ४३ बलमा ७ चौका र २ छक्का तथा राहुलले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। निकोलस पुरनले ३२ तथा एडेन मारक्रमले अविजित २६ रन बनाएता पनि जितको लागि पर्याप्त रहेन।

लक्ष्य पछ्याउने क्रममा पन्जाब ओपनर केएल राहुल र मायाँक अग्रवालले १२० रनको साझेदारी गर्दै उत्कृस्ट सुरुवात दिलाए। १२ औ ओभरमा कप्तान राहुल अर्धशतक बनाउन १ रनले चुक्ने क्रममा चेतन सकरियाबाट क्याच आउट भए। लगत्तै ओभरमा अर्का ओपनर अग्रवाललाई राहुल तेवतियाले क्याच आउट गराउदै राजस्थानलाई खेलमा फर्काए।

त्यसपछि डेब्यु गरेका एडेन मारक्रम र निकोलस पुरनले अर्धशतकीय साझेदारी गर्दै टिमलाई जितको दिशा दिए। तर जित्न अन्तिम २ ओभरमा मात्र ८ रन आवस्यक हुँदा १९ औं ओभरमा मुस्तफिजुर रहमानले मात्र ४ रन दिए पछि खेलमा केहि रोमान्चकता छायो।

अन्तिम ओभरमा जित्न ४ रन आवस्यक हुँदा कार्तिक त्यागिले पहिलो बलमा रन दिएनन् भने दोश्रो बलमा मारक्रमले १ रन लिए। तेश्रो बलमा निकोलस पुरनलाई विकेटकिपर स्यामसनबाट क्याच आउट गर्दै त्यागिले ५७ रनको साझेदारी तोडे। ओभरको चौंथो बलमा त्यागीले हुडालाई डट बल गरे। २ बलमा ३ रन आवस्यक हुँदा त्यागिले हुडालाई विकेटपछि क्याच आउट गराए। अन्तिम बलमा ३ रन आवस्यक रहंदा त्यागिले फबियन एलेनलाई डट बल गर्दै टिमलाई अपत्यारिलो जित दिलाए। ओभरमा त्यागीले मात्र १ रन खर्चेर २ विकेट लिए।

४ ओभर बलिंग गरेका दायाँ हाते पेसर त्यागिले २९ रन खर्चेर २ विकेट लिए। चेतन सकरिया र राहुल तेवतियाले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको राजस्थानले २० ओभरमा सबै विकेट गुमाएर १८५ रन बनाएको थियो। राजस्थानका माथिल्लो क्रमका ब्याट्सम्यानहरुले राम्रो सुरुवात दिलाएता पनि त्यसपछि अन्तिममा उसले लगातार विकेट गुमाउन पुगेको थियो। फलस्वरुप १६६/४ को अवस्थाबाट उसले थप १९ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

अर्शदिप सिंहले ५ विकेट लिए

राजस्थानको लागि यसस्वी जैसवालले ३६ बलमा ६ चौका र २ छक्का मद्दतले सर्वाधिक ४९ रन बनाए। यस्तै विस्फोटक ब्याटिंग गरेका महिपाल लोमरोरले मात्र १७ बलमा २ चौका र ४ छक्का मद्दतले ४३ रन तथा ओपनर इभिन लुइसले २१ बलमा ७ चौका र १ छक्का मद्दतले ३६ रन बनाए। लियाम लिभिंगस्टोनले २५ रन बनाए। लुइस र जैसवालले ५४ रनको ओपनिंग साझेदारी तथा जैसवाल र लिभिंगस्टोनले ४८ रनको तेश्रो विकेटको साझेदारी गरेका थिए।

पन्जाबको बलिंगमा देब्रे हाते पेसर अर्शदिप सिंहले करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ५ विकेट लिए जुन क्रममा ४ ओभरमा ३२ रन खर्चिए। यस्तै मोहम्मद शामीले ३ विकेट ( ४-०-२१-३ ) लिए भने इशान पोरेल ( ४-०-३९-१ ) र हरप्रित ब्रार ( ३-०-१७-१ ) ले समान १ विकेट लिए।

अर्शदिपको स्पेल ( ४-०-३२-५ ) पन्जाबको आईपीएल इतिहासमै तेश्रो उत्कृस्ट स्पेल हो। पन्जाबका मात्र ३ जना बलरले ३ पटक एकै इनिंग्समा ५ विकेट लिएका छन्। यस अघि २०१२ मा दिमित्री मास्कारेन्सले तथा २०१८ मा अंकित राजपुतले एकै इनिंग्समा ५ विकेट लिएका थिए। राजपुतले ४ ओभरमा मात्र १४ रन तथा मास्कारेन्सले ४ ओभरमा २५ रन खर्चेर उक्त विकेट लिएका थिए।

अंकतालिका : जितपछि राजस्थान रोयल्स लिग अंकतालिकामा ८ खेलमा ४ जित र ४ हार बेहोर्दै पाँचौ स्थानमा उक्लेको छ। पन्जाब भने ९ खेलमा छैठौं हार पछि ६ अंक सहित सातौं स्थानमा पुगेको छ। लिग अन्तर्गत बुधबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

T20WC : अफगानिस्तानको विशाल जितमा बनेका ७ ठूला कीर्तिमान

युएईमा जारि टि-ट्वान्टी विश्वकपको सातौँ संस्करणको सुपर-१२ चरणको खेलमा विजयी सुरुवात गर्ने क्रममा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको विशाल अन्तरले पराजित […]

T20WC : मुजिब र राशिदको घातक बलिंग, अफगानिस्तानको कीर्तिमानी विशाल जित

मुजिब उर् रहमानले टि-ट्वान्टी विश्वकप इतिहासकै तथा करियरकै उत्कृस्ट बलिंग गर्दा टि-ट्वान्टी विश्वकपमा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको कीर्तिमानी अन्तरले पराजित […]

T20WC : जद्रानको आक्रामक अर्धशतक, अफगानिस्तानको कीर्तिमानी योगफल

युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत सोमबारको एक मात्र खेलमा अफगानिस्तान र स्कटल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। समुह ‘२’ दुवै टिमको सुपर-१२ […]

IPL मा लखनऊ र अहमदावाद दुई नयाँ टिम, बिसीसीआई बन्यो मालामाल

इन्डियन प्रिमियर लिगको आगामी संस्करण २०२२ मा दुई नयाँ टिम अहमदावाद र लखनऊ हुने पक्का भएको छ। सम्बर दुबईमा दुई […]

अफ्रिदीको रेकर्ड तोड्दै शाकिब बने टि-२० विश्वकप इतिहासकै सर्वाधिक विकेटकर्ता

टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत आइतबार बंगलादेश अलराउण्डर शाकिब अल हसनले ठूलो रेकर्ड आफ्नो नाम गरेका छन्। श्रीलंका बिरुद्ध खेलमा […]

टि-ट्वान्टी विश्वकपमा आज एक मात्र खेल

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सातौँ संस्करण अन्तर्गत अन्तर्गत सोमबार एक मात्र खेल हुँदैछ। समुह ‘२’ अन्तर्गतको खेलमा अफगानिस्तान र स्कटल्याण्ड […]