IPL Match 33 : राजस्थानले पहिले ब्याटिंग गर्ने, बैंगलोरले गर्यो २ वटा परिवर्तन



युएईमा जारि १३ औं आईपीएल अन्तर्गत शनिवारको पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन्। खेल ३:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।

खेलमा टस जितेर राजस्थानका कप्तान स्टिभ स्मिथले ब्याटिंग गर्ने निर्णय गरेका छन्। टस जितेपछि स्मिथले दिनको खेल हुँदा ब्याटिंग गर्नु उपयुक्त भएको बताए। उनले स्टोक्सको आगमनले टिम बलियो रहेको र अन्तिम खेलमा धेरै कुराहरु राम्रो भएको बताए। विकेट दोश्रो इनिंगमा सुस्त हुने भएकोले पहिले ब्याटिंग रोजेको पनि उनले बताए। राजस्थानले अन्तिम-११ मा कुनै पनि परिवर्तन गरेको छैन।

राजस्थानको अन्तिम-११ : बेन स्टोक्स, जोस बटलर ( विकेटकिपर ) , स्टिभ स्मिथ ( कप्तान ) , संजु स्यामसन, रोबिन उथप्पा, रियान पराग, राहुल तेवतिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, जयदेव उनदकत, कार्तिक त्यागि

बैंगलोरले टिममा २ वटा परिवर्तन गरेको छ। शाहबाज एहमद र गुरकिरत सिंह मानलाई अन्तिम-११ मा स्थान दिईएको छ भने मोहम्मद सिराज र शिभम दुबेलाई बाहिर राखीएको छ। देब्रे हाते स्पिन अलराउण्डर शाहबाजले बैंगलोर र आईपीएलमा डेब्यु गर्ने मौका पाएका छन्। २५ वर्षीय बङ्गालका खेलाडी  शाहबाजले यस अघि भारत-ए टिमको लागि खेलीसकेका छन्। दायाँ हाते ब्याट्सम्यान गुरकिरतले यस अघि ३ खेलमा मौका पाएता पनि ब्याटिंग भने गर्न पाएका छैनन्।

शाहबाज एहमदले लिगमा डेब्यु गर्ने भएका छन्

बैंगलोरको अन्तिम – ११ : आरोन फिन्च, देभदत्त पडीक्कल, बिराट कोहली ( कप्तान ) , एबि डी भिल्लीयर्स ( विकेटकिपर ) , गुरकिरत सिंह मान, वासिंगटन सुन्दर, क्रिस मोरिस, शाहबाज एहमद, इसुरु उदाना, नभदिप सैनी , युजभेन्द्र चहल

पछिल्लो खेलमा पन्जाब विरुद्ध ८ विकेटको फराकिलो हार बेहोरेको बैंगलोर आज जित हात पार्दै पुन: विजयी लयमा फर्कन चाहन्छ। पछिल्लो खेलमा दिल्ली विरुद्ध १३ रनको हार बेहोरेको राजस्थान सुरुवाती २ खेलमा विजयी भएपछि पछिल्लो ६ खेलमा मात्र १ जित निकाल्न सकेको छ। हाल सातौं स्थानमा रहेको राजस्थानलाई शिर्ष-४ मा आफ्नो स्थान सुरक्षित गर्न बाँकी ६ खेलमा ५ खेल जित्ने पर्ने हुन्छ।

दुबै टोलिले हालसम्म समान ८ खेल खेलिसकेका छन्। ८ खेलमा ५ जितसहित १० अंक बटुलेको बैंगलोर अंकतालिकाको तेस्रो स्थानमा छ भने ३ जित र ५ हारपछि राजस्थान अंकतालिकाको सातौं स्थानमा छ। बैंगलोरलाई आज जित हात पार्दै अंकतालिकामा क्रमश: पहिलो र दोस्रो स्थानमा रहेको मुम्बई र दिल्लीसंग अंक बराबरी गर्नेछ। पछिल्लो खेलमा पन्जाब विरुद्ध ८ विकेटको फराकिलो हार बेहोरेको बैंगलोर नेट रन नेटमा निकै पछि छ। आज जित हात पार्दै राजस्थानलाई चौथौं स्थानमा उक्लिने मौका छ।

दिनको दोश्रो खेलमा दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्। खेल शारजाह मैदानमा ७:४५ बजे राति सुरु हुनेछ।

मोर्गन कोलकाताको नयाँ कप्तान, अचानक किन छाडे दिनेश कार्तिकले कप्तानी

उमर गुलद्वारा सन्यास घोषणा

डिककले आक्रामक ब्याटिंग गर्दा कोलकाता सहजै पराजित, मुम्बई पुनः शिर्षमा

IPL 2020 : कुन कप्तानको तलव कति