कोलकता बिरुद्ध हैदरावादले पहिले बलिंग गर्ने, दुवै टिममा २ वटा परिवर्तन



आईपीएल २०२० अन्तर्गत आइतबारको पहिलो खेलमा डेभिड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदरावाद र ओएन मोर्गन कप्तानीको कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार दिउँसोको ३:४५ बजे आबु धाबी स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ।

खेलमा टस जितेर हैदरावादले बलिंग रोज्दै कोलकातालाई ब्याटिंगको निम्तो दिएको छ।

हैदरावादले टिममा २ वटा परिवर्तन गरेको छ।  खलिल एहमदको स्थानमा दायाँ हाते पेसर बसिल थम्पीलाई सिजनमा पहिलो पटक मौका दिईएको छ। यस्तै शाहबाज एहमदको स्थानमा अब्दुल समदलाई पुनः मौका दिईएको छ।

हैदरावादको अन्तिम-११ : डेभिड वार्नर ( कप्तान ), जोनी बेयरस्टो ( विकेटकिपर ), मनिष पाण्डे, केन विलियमसन, प्रियम गर्ग, विजय शंखर, अब्दुल समद, राशिद खान, सन्दिप शर्मा, बसिल थम्पी, टि नटराजन

लकी फर्गुसन

कोलकाताले पनि अन्तिम-११ मा २ वटा परिवर्तन गरेको छ। लेग स्पिनर कुलदिप यादब र न्युजिल्यान्ड फास्ट बलर लकी फर्गुसनलाई अन्तिम-११ मा राखिएको छ। क्रिस ग्रिन र प्रसिध कृष्णालाई बाहिर राखिएको छ। टसको क्रममा कप्तान ओएन मोर्गनले सुनिल नारायणलाई खेलाउन हतार नगर्ने बताए।

कोलकाताको अन्तिम-११ : शुबमन गिल, राहुल त्रिपाठी , नितिश राना, दिनेश कार्तिक, ओएन मोर्गन ( कप्तान ), आन्द्रे रसेल, प्याट कमिन्स, शिभम मावी, कुलदिप यादब, लकी फर्गुसन, वरुण चक्रवर्ती

८ खेलमा ४ जित र ४ हारपछि ८ अंक बटुल्दै कोलकाता अंकतालिकाको चौथौं स्थानमा छ भने ८ खेलमा ३ जितपछि ६ अंकसहित हैदरावाद पाचौं स्थानमा छ। कोलकातालाई आज जित हात पार्दै शिर्ष-४ मा रहने सम्भावना मजबुत बनाउने तथा हैदरावादलाई आफूभन्दा एक स्थान माथी रहेको कोलकातालाई उछिन्दै चौथौं स्थानमा उक्लने मौका छ।

दिनको दोश्रो खेलमा ७:४५ बजे मुम्बई इन्डीएन्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गर्नेछन्।

IPL : आज २ खेल हुँदै, हैदरावाद र कोलकाता तथा मुम्बई र पन्जाब बीच प्रतिस्पर्धा

लाइभ अन्तर्वार्तामा पोन्टिङसंग रिशभ पन्तको प्र्यान्क

IPL : खेल चल्दै गर्दा ड्रेसिंग रुममा फिन्चले भेपिंग गरेको देखिएपछि

अन्तिम ओभर जडेजालाई बलिंग गर्न किन दिईयो ? धोनीले बताए कारण





थप समाचार

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]

प्रम कप : एपीएफ सेमिफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न (ग्रुप ‘ए’) १५ औं खेलमा एपीएफले कर्णालीलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा […]

प्रम कप : लुम्बिनीको दोश्रो जित, सुदूरपश्चिम बाहिरियो

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले दोश्रो जित हात पारेको छ। जितपछि लुम्बिनी समुह […]