कोलकाताको लज्जास्पद कीर्तिमान, बैंगलोरसंग ८४ रनमै सिमित



मोहम्मद सिराजले कीर्तिमानी बलिंग गर्दा आईपीएलको २९ औं खेलमा बैंगलोरसंग टस जितेर ब्याटिंग गरेको कोलकाताले ८४ रन मात्र बनाउन सकेको छ। २० ओभर ब्याटिंग गरेको कोलकाताले ८ विकेट गुमाएर उक्त रन बनाउदै बैंगलोरलाई ८५ रनको लक्ष्य प्रस्तुत गरेको हो।

कोलकाताको लागि कप्तान ओएन मोर्गनले सर्वाधिक ३० रन, लकी फर्गुसनले अविजित १९ रन, कुलदिप यादबले १२ रन तथा टम बान्टनले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अत्यन्त कमजोर सुरुवात गरेको कोलकाताले ३ रन जोड्दा ३ विकेट गुमाएको थियो। दोश्रो ओभरमा मोहम्मद सिराजले राहुल त्रिपाठी ( १ ) र नितिश राना ( ० ) लाई लगातार बलमा क्याच आउट र बोल्ड गर्दै पेभेलियन फर्काए। लगत्तै ओभरमा शुबमन गिल ( १ ) लाई नभदिप सैनीले क्याच आउट गराए। त्यसपछि पनि कोलकाताको विकेट जाने शिलशिला थामिएन। सिराजले चौथो ओभरमा टम बान्टन ( १० ) लाई क्याच आउट गराए।

१४/४ को अवस्थाबाट दिनेश कार्तिक र कप्तान मोर्गनले विकेट सम्हालेर ब्याटिंग गरे। १४ बलमा ४ रन बनाएका कार्तिकलाई नवौं ओभरमा युजभेन्द्र चहलले एलबिडब्लु आउट गरे। त्यसपछि १७ बलमा ४ रन बनाएका प्याट कमिन्सलाई १४ औं ओभरमा चहलले क्याच आउट गराए। एक किनार सम्हालेर ब्याटिंग गरेका कप्तान मोर्गनलाई १६ औं ओभरमा वासिंगटन सुन्दरले क्याच आउट गराए।

मोर्गनको विकेटपछि आठौँ विकेटको लागि कुलदिप यादब र लकी फर्गुसनले २७ रनको साझेदारी गरे। इनिंगको अन्तिम बलमा यादब रन आउट भए।

बैंगलोरको बलिंगमा मोहम्मद सिराजले शानदार बलिंग गर्ने क्रममा ४ ओभरमा २ मेडन ओभर गर्दै मात्र ८ रन खर्चेर ३ विकेट लिए। युजभेन्द्र चहलले २ विकेट ( ४-०-१५-२ ) लिए भने नभदिप सैनी ( ३-०-२३-१ ) र वासिंगटन सुन्दर ( ४-१-१४-१ ) ले समान १ विकेट लिए।

कोलकाताको लज्जास्पद कीर्तिमान

कोलकाताले बनाएको ८४ रनको योगफल आईपीएल इतिहासमै कुनै पनि टिमले पुरा २० ओभर ब्याटिंग गर्दा बनाएको सबैभन्दा कम योगफल हो। यस अघि यो रेकर्ड पन्जाबको नाममा थियो जसले २००९ मा चेन्नाई बिरुद्ध २० ओभरमा ८ विकेट गुमाएर ९२ रन बनाएको थियो। ११ वर्षपछि पन्जाबको कीर्तिमान टुटेको हो। सन् २०११ मा मुम्बईले राजस्थानसंग ८४ रन तथा पन्जाबले २०१५ मा चेन्नाई बिरुद्ध ९५ रन मात्र बनाएको थियो।

मेडन ओभरको नयाँ कीर्तिमान

कोलकाताको इनिंगमा मोहम्मद सिराजले २ वटा तथा वासिंगटन सुन्दर र क्रिस मोरिसले १/१ वटा मेडन ओभर गरे। आईपीएल इतिहासमै एकै इनिंगमा कुनै पनि टिमले गरेको यो सबैभन्दा धेरै मेडन ओभर हो। यस अघि कुनै पनि टिमले २ भन्दा बढी मेडन ओभर एकै इनिंगमा फालेको थिएन।

सिराजको नयाँ कीर्तिमान’

यस्तै मोहम्मद सिराज एकै इनिंगमा २ ओभर मेडन ओभर गर्ने आईपीएल इतिहासकै पहिलो बलर बनेका छन्। यस अघि कसैले पनि १ ओभर भन्दा बढी ओभर मेडन गर्न सकेका थिएनन्।

कोलकाताको दोश्रो कम योगफल 

लिग इतिहासमै ८४ रन कोलकाताको दोश्रो कम योगफल हो। सबैभन्दा कम योगफल कोलकाताको ६७ रन हो जुन उसले मुम्बई बिरुद्ध २००८ मा बनाएको थियो। १०० भन्दा कम योगफलमा कोलकाता इतिहासमा मात्र ३ पटक समेटिएको छ।

बैंगलोर बिरुद्ध कुनै पनि टिमले बनाएको यो तेश्रो कम योगफल हो। यस अघि राजस्थानले २००९ मा ५८ तथा डेक्कन चार्जर्सले २०१० मा ८२ रन बनाउन सकेको थियो।

हालसम्म ९ खेल खेलेको बैंगलोर ६ जित र ३ हारपछि १२ अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा छ। बैंगलोरलाई आज जित हात पार्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लने मौका छ। यस्तै, समान ९ खेलमा १० अंक बटुल्दै कोलकाता अंकतालिकाको चौथौं स्थानमा छ। कोलकाता आज जित हात पार्दै शिर्ष-४ मा पर्दै प्लेअफ पुग्ने सम्भावना मजबुत पार्न चाहन्छ।

चेन्नाईका अलराउण्डर ब्राभो आईपीएलबाट बाहिरिए

लाराद्वारा पन्जाब कप्तान केएल राहुलको तारिफ

हारका बाबजुद कीर्तिमानी ब्याट्सम्यान धवन बने ‘प्लेयर अफ द म्याच’

भारतले अनुमति नदिंदा मुख्य प्रशिक्षक राजपुत बिनै पाकिस्तान पुग्यो जिम्बाब्वे क्रिकेट टिम