IPL : हाईस्कोरिंग खेलमा राजस्थानसंग चेन्नाई पराजित, स्यामसन उत्कृस्ट



१३ औं आईपीएल टि-२० अन्तर्गत स्टिभ स्मिथ कप्तानीको राजस्थान रोयल्सले महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सलाइ १६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।  चेन्नाईले पहिलो खेलमा मुम्बईलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

युएईको शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा राजस्थानले दिएको २१७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाउन सक्यो।

चेन्नाईको ब्याटिंगमा फाफ डु प्लेसीले सर्वाधिक ७२ रन बनाए जुन क्रममा ३७ बलमा ७ छक्का र १ चौका प्रहार गरे। लिगमा उनको यो १४ औं अर्धशतक हो जुन उनले २८ बलमा पुरा गरेका थिए। पहिलो खेलमा पनि डु प्लेसीले मुम्बई बिरुद्ध अविजित ५८ रन बनाएका थिए।

कप्तान महेन्द्र सिंह धोनीले अविजित १६ बलमा २८ रन ( ३ छक्का ), शेन वाटसनले २१ बलमा ३३ ( १ चौका र ४ छक्का ), मुरली विजयले २१ बलमा २१ ( ३ चौका ) , केदार जाधवले १६ बलमा २२ ( ३ चौका ),  स्याम करनले ६ बलमा १७ ( २ छक्का र १ चौका ) बनाए।

धोनीले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गरेता पनि जित दिलाउन सकेनन्

लक्ष्य पछ्याउने क्रममा पहिलो विकेटको लागि वाटसन र विजयले ५६ रनको साझेदारी गरेका थिए। सातौँ ओभरमा वाटसनलाई लेग स्पिनर राहुल तेवतियाले बोल्ड गरेपछि चेन्नाईले लगातार विकेट गुमायो। लगत्तै ओभरमा मुरली विजयलाई लेग स्पिनर श्रेयस गोपालले क्याच आउट गराए। त्यसपछि नवौं ओभरमा स्याम करन र रुतुराज गायकवाडलाई तेवतियाले लगातार बलमा स्टम्प आउट गराए। पाँचौ विकेटको लागि डु प्लेसिले केदार जाधवसंग ३७ रनको साझेदारी गरे। जाधवलाई १४ औं ओभरमा टम करनले क्याच आउट गराए।

सातौँ नम्बरमा ब्याटिंग गर्न आएका धोनी र डु प्लेसिले छैठौं विकेटको लागि ६५ रनको साझेदारी गरे। डु प्लेसीलाई १९ औं ओभरमा जोफ्रा आर्चरले आउट गरे। त्यसपछि अन्तिम ओभरमा धोनीले टम करनको बलमा तेश्रो, चौथो र पाँचौ बलमा लगातार छक्का प्रहार गरेता पनि टिमलाई जित दिलाउन सकेनन्।

अन्तिम ४ ओभरमा जित्न ७९ रन चाहिएको बेला डु प्लेसीले जयदेव उनदकतलाई ३ छक्का प्रहार गरेका थिए। त्यसपछि टम करनले १८ औं ओभरमा १० रन तथा १९ औं ओभरमा आर्चरले पनि १० रननै दिएपछि अन्तिम ओभरमा ३८ रन आवस्यक रहेको थियो। अन्तिम ओभरमा टम करनको ओभरमा २१ रन बनेता पनि टिम जित्न सकेन।

राजस्थानको बलिंगमा लेग स्पिनर राहुल तेवतियाले सर्वाधिक ३ विकेट ( ४-०-३७-३ ) लिए। टम करन ( ४-०-५४-१ ) , श्रेयस गोपाल ( ४-०-३८-१ ) र जोफ्रा आर्चर ( ४-०-२६-१ ) ले समान १ विकेट लिए। किफायती बलिंग गरेका आर्चरको स्पेल टिमको लागि महत्वपूर्ण रह्यो।

राहुल तेवतियाले सर्वाधिक ३ विकेट लिए

स्मिथ, स्यामसन र आर्चरको विस्फोटक ब्याटिंग

यस अघि टस हारेर ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २१६ रन बनाएको थियो।

राजस्थानको लागि संजु स्यामसनंले ७४ रन तथा कप्तान स्टिभ स्मिथले ६९ रन बनाए। यस्तै जोफ्रा आर्चरले अविजित २७ रन बनाए।

स्यामसनले मात्र ३२ बलमा ९ छक्का र १ चौका प्रहार गरे। दायाँ हाते ब्याट्सम्यानले १९ बलमा अर्धशतक पुरा गरेका थिए। यस क्रममा उनले लेग स्पिनर पियुष चावलाले गरेको आठौँ ओभरमा ३ छक्का प्रहार गरेका थिए। यस्तै स्मिथले ४७ बलमा ४ चौका र ४ छक्का प्रहार गरे जुन क्रममा २४ बलमा अर्धशतक पुरा गरेका थिए। दशौँ नम्बरमा ब्याटिंग गरेका जोफ्रा आर्चरले मात्र ८ बलमा ४ छक्का प्रहार गर्दै २७ रन बनाए। आर्चरले यस क्रममा लुंगी एनगीडीले गरेको २० औं ओभरको पहिलो ४ बलमा लगातार ४ वटा छक्का प्रहार गरेका थिए। उक्त ओभरमा एनगीडीले ३० रन खर्चिएका थिए।

संजु स्यामसनले मात्र १९ बलमा अर्धशतक पुरा गरे

ओपनर यशस्वी जैसवाल ६ रन बनाएर तेश्रो ओभरमा आउट भएपछि ओपनर स्मिथले सन्जु स्यामसनसंग दोश्रो विकेटको लागि शतकीय साझेदारी गर्ने क्रममा ५६ बलमा दुवैले १२१ रन बनाएका थिए। स्यामसनलाई १२ औं ओभरमा लुंगी एनगीडीले क्याच आउट गराए।

त्यसपछि पनि स्मिथले एक किनार सम्हालेता पनि अर्को किनारमा लगातार विकेट गुम्यो। डेभिड मिलर खाता नखोली रन आउट भए भने ५ रन बनाएका रोबिन उथप्पालाई पियुष चावलाले क्याच आउट गराए। स्याम करनले राहुल तेवतिया ( १० ) र रियान पराग ( ६ ) लाई १७ औं ओभरमा आउट गरे। नवौं नम्बरमा ब्याटिंग गरेका जोफ्रा आर्चरले विस्फोटक ब्याटिंग गर्दा टिमले २०० को योगफल पार गरेको थियो। आर्चर र टम करनले आठौँ विकेटको लागि मात्र १० बलमा ३८ रनको साझेदारी गरे।

चेन्नाईको बलिंगमा स्याम करनले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३३ रन खर्चिए। दिपक चाहर ( ४-०-३१-१ ) , लुंगी एनगिडी ( ४-०-५६-१ ) र पियुष चावला ( ४-०-५५-१ ) ले समान १ विकेट लिए भने रभिन्द्र जडेजा विकेटविहिन रहदा ४ ओभरमा ४० रन खर्चिए।

खेलको प्लेयर अफ द म्याच राजस्थानका संजु स्यामसन चुनिए।

अंकतालिका र आगामी खेल : हार पछि चेन्नाई अँकतालिकामा २ खेलमा १ जित र १ हारसंगै चौथो स्थानमा पुगेको छ। राजस्थान पहिलो जित पछि शिर्षस्थानमा पुगेको छ। समान जित हात पारेको बैंगलोर र दिल्ली दोश्रो र तेश्रो स्थानमा रहेको छ।

लिग अन्तर्गत मंगलबारको खेलमा मुम्बई इन्डीएन्स र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन्। खेल नेपाली समय ७:४५ बजे राति सुरु हुनेछ। चेन्नाईले आगामी खेल दिल्ली क्यापिटल्ससंग सेप्टेम्बर २५ मा तथा राजस्थानले सेप्टेम्बर २७ मा किंग्स-११ पन्जाब बिरुद्ध खेल्नेछ।

क्यानद्वारा पुरुष र महिला खेलाडीको नयाँ वर्गीकरण ( कसले कति तलव पाउनेछन् )

देभदत्त पडीक्कल : नजिकबाट चिन्नुस आईपीएल २०२० मा आरसीबिका नयाँ ओपनरलाई

IPL : अलराउण्डरको रुपमा ठूलो कीर्तिमान नजिक जडेजा

“याद छैन अन्तिम पटक कहिले त्यसरी आउट भएको थिए” वार्नर