पाण्डे, होल्डर र शंकर चम्किदा राजस्थान बिरुद्ध हैदरावादको शानदार जित



आईपीएल २०२० अन्तर्गत ४० औं खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै चौथो जित दर्ता गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा राजस्थानले दिएको १५५ रनको लक्ष्य हैदरावादले मात्र २ विकेट गुमाएर १८.१ ओभरमै पुरा गर्यो।

हैदरावादको लागि मनिष पाण्डेले आक्रामक ब्याटिंग गर्दै ४७ बलमा अविजित सर्वाधिक ८३ रन बनाए जुन क्रममा ४ चौका र ८ छक्का प्रहार गरे। यस्तै विजय शंकरले ५१ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए।

१४० औं खेल खेल्ने क्रममा पाण्डेको लिगमा यो १८ औं अर्धशतक हो भने जारि सिजन तेश्रो अर्धशतक हो। यस्तै शंकरको लिगमा यो दोश्रो अर्धशतक हो।

मनिष पाण्डे र विजय शंकरले शतकीय साझेदारी गरे

लक्ष्य पछ्याउने क्रममा हैदरावादको सुरुवात राम्रो हुन सकेन। जोफ्रा आर्चरले पहिलो ओभरमा डेभिड वार्नर ( ४ रन ) र तेश्रो ओभरमा जोनी बेयरस्टो ( १० रन ) लाई पेभेलियन फर्काए।

१६/२ को अवस्थाबाट मनिष पाण्डे र विजय शंकरले शतकीय साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। दुवैले तेश्रो विकेटको लागि १४० रनको साझेदारी गरे।

पाण्डेले मात्र २८ बलमा अर्धशतक पुरा गरेका थिए जुन क्रममा कार्तिक त्यागिले गरेको छैठौं ओभरमा २ छक्का र १ चौका तथा बेन स्टोक्सले गरेको पाँचौ ओभरमा २ छक्का हिर्काएका थिए।

राजस्थानको बलिंगमा जोफ्रा आर्चरले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र २१ रन खर्चिए। राहुल तेवतिया ( ४-०-२५-० ) , श्रेयस ग्पाल ( ४-०-३२-० ) , बेन स्टोक्स ( २-०-२४-० ) र कार्तिक त्यागि ( ३.१-०-४२-० ) विकेटविहिन रहे।

राजस्थानको ब्याटिंग 

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा जारि खेलमा टस हारेर ब्याटिंग गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो।

राजस्थानको लागि संजु स्यामसनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३६ रन बनाए। बेन स्टोक्सले ३२ बलमा २ चौका मद्दतले ३० रन, रियान परागले १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन बनाए। रोबिन उथप्पा र स्टिभ स्मिथले समान १९ रन बनाए। जोफ्रा आर्चरले अविजित रहँदै ७ बलमा १ चौका र १ छक्का हिर्काउदै १६ रन बनाए।

ओपनर रोबिन उथप्पा चौथो ओभरमा रन आउट भएपछि अर्का ओपनर बेन स्टोक्सले सन्जु स्यामसनसंग ५६ रनको साझेदारी गरे। १२ औं ओभरमा स्यामसनलाई पहिलो पटक मौका पाएका जेसन होल्डरले बोल्ड गर्दै साझेदारी तोडे। लगत्तै ओभरमा स्टोक्सलाई राशिद खानले बोल्ड गरे। १६ औं ओभरमा १२ बलमा ९ रन बनाएर बटलर विजय शंकरबाट क्याच आउट भए। १९ औं ओभरमा कप्तान स्मिथलाई होल्डरले क्याच आउट गराए। लगत्तै बलमा होल्डरले रियान परागलाई क्याच आउट गराएर तेश्रो विकेट लिए।

जेसन होल्डरले ३ विकेट लिए

हैदरावादको बलिंगमा वेस्टइन्डिज फास्ट बलर जेसन होल्डरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३३ रन खर्चिए। होल्डरको यो आईपीएल करियरमा उत्कृस्ट स्पेल हो। केन विलियमसन घाइते हुँदा होल्डरले पहिलो पटक जारि सिजन मौका पाएका हुन्। मिचेल मार्श घाइते भएर लिग बाट बाहिर हुँदा होल्डरलाई प्रतिस्थापनको रुपमा हैदरावादले टिममा भित्र्याएको थियो।

लेग स्पिनर राशिद खान ( ४-०-२०-१ ) र विजय शंकर ( ३-०-१५-१ ) ले समान १ विकेट लिए। सन्दिप शर्मा ( ४-०-३१-० ) विकेटविहिन रहे। टि नटराजन विकेटविहिन रहनेक्रममा ४ ओभरमा ४६ रन खर्चिए।

अन्तिम ओभरमा जोफ्रा आर्चरले १ चौका र १ छक्का हिर्काउदा राजस्थानले १५० को योगफल पार गर्न सक्यो। आर्चरले राहुल तेवतियासंग सातौँ विकेटको लागि १० बलमा १९ रनको साझेदारी गरे।

अंकतालिका र आगामी खेल 

जितपछि अंकतालिकामा सातौँ स्थानमा रहेको हैदरावाद १० खेलमा चौथो जितपछि ८ अंक बटुल्दै पाँचौ स्थानमा उक्लेको छ। समान ८ अंक रहेता पनि पन्जाब र राजस्थान नेट रनरेटमा पछि रहँदै छैठौं र सातौँ स्थानमा पुगेको छ।

आजको जितपछि हैदरावादले अन्तिम-४ मा पर्दै प्लेअफ पुग्ने सम्भावना जिवितै राखेको छ। समान ४ जितपछि पन्जाब, राजस्थान र हैदरावादको ८ अंक हुँदा शिर्ष-४ मा प्रवेशको दौड थप रोमान्चक बनेको हो।

लिग अन्तर्गत हैदरावादले आगामी खेल पन्जाब बिरुद्ध शनिवार तथा राजस्थानले आइतबार मुम्बई बिरुद्ध खेल्नेछ। शुक्रबारको खेलमा शारजाह मैदानमा चेन्नाई सुपर किंग्स र मुम्बई इन्डीएन्सले प्रतिस्पर्धा गर्नेछन्।

आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर

IPL : कोलकाताका फ्लप ५ खेलाडी जसलाई टिमले करोडौं खर्चेर किनेको थियो

“मलाई लाग्दैन कि धेरै मानिसहरूलाई आरसीबीमा विश्वास छ। म गर्छु” कोहली

बैंगलोर-कोलकाता बीचको खेलमा बनेका ८ रोचक कीर्तिमानहरु

चेन्नाई क्याप छोड्नु अघि भावुक भए ब्राभो, फ्यानहरुलाई दिए विशेष संदेश





थप समाचार

भारतले फलो-अन जोगाउन सकेन, दोश्रो इनिंग्समा राम्रो सुरुवात

भारतीय महिला टिमको इंग्ल्यान्ड भ्रमण अन्तर्गत एकमात्र टेस्टको तेश्रो दिनको खेल समाप्त हुँदा घरेलु टोलि बलियो स्थितिमा रहेको छ। इंग्ल्यान्डले […]

टेस्ट च्याम्पियनसिपको पहिलो दिन टस नभई रद्द, जान्नुस भोलिको मौसम कस्तो हुनेछ

भारत र न्युजिल्यान्ड बीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत पहिलो दिन निराशाजनक अन्त्य भएको छ। इङ्ग्ल्याडको साउथह्याम्पटनमा टेस्टको सुरुवाती दिन […]

कीर्तिमानी ओ ब्रायनद्वारा ओडीआई क्रिकेटबाट सन्यास

आयरल्याण्डका स्टार अलराउण्डर केभिन ओ ब्रायनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। क्रिकेट आयरल्याण्डले शुक्रबार ( जुन १८ ) […]

नामिबिया र स्कटल्याण्ड बिरुद्ध सिरिजको लागि प्रारम्भिक नेपाली टिमको घोषणा

आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत स्पेनमा आयोजना हुने नेपाल, नामिबिया र स्कटल्याण्ड बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि २० सदस्यीय […]

वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल अघि थाहा पाउनुस १० महत्वपूर्ण जानकारी

इंग्ल्यान्डको साउथह्याम्प्टनमा आज आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलिंदैछ। टेस्ट क्रिकेट इतिहासमै पहिलो पटक भारत र न्युजिल्यान्ड उपाधिको लागि प्रतिस्पर्धा […]

मन्धना र वर्माको कीर्तिमानी साझेदारी पछि इंग्ल्यान्डको उत्कृस्ट पुनरागमन

भारतीय महिला क्रिकेट टिमको इंग्ल्यान्ड भ्रमण अन्तर्गत एक मात्र टेस्ट अन्तर्गत दोश्रो दिनको खेल समाप्त भएको छ। इंग्ल्यान्डले पहिलो इनिंग्समा […]