इतिहासमै पहिलो पटक चेन्नाई १० विकेटले पराजित, मुम्बई पुनः शिर्षमा



आईपीएल २०२० अन्तर्गत ४१ औं खेलमा ‘गर या मर’ को खेलमा मुम्बईसंग १० विकेटले पराजित हुँदै चेन्नाई आईपीएल इतिहासमै पहिलो पटक प्लेअफ चरण पुग्न असफल हुने निश्चित जसो भएको छ। लिग इतिहासमै चेन्नाई १० विकेटले पराजित भएको योनै पहिलो पटक हो। अब गणितीय रुपमा मात्रै चेन्नाईको प्लेअफ सम्भावना जीवित छ जुन असम्भव जसो देखिन्छ। चेन्नाई ५ पटक लिगको उपविजेता बनेको थियो त्यसबाहेक ५ सिजन अंकतालिकाको चौथो स्थान भित्र रहँदै प्लेअफ पुग्न सफल रहेको थियो। ३ पटक उपाधि जितेको तथा गत सिजनको उपविजेता टिम अंकतालिकाको पुछारमा यथावत रहेको छ। जितपछि १४ अंक सहित मुम्बई पहिलो स्थानमा उक्लेको छ।

शारजाह मैदानमा चेन्नाईले दिएको ११५ रनको लक्ष्य मुम्बईले विकेट नगुमाई १२.२ ओभरमै भेटायो। ओपनर इशान किशन र क्विन्टन डीककले ११६ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

५६ बल बाँकी रहँदै मुम्बईको जित आईपीएल इतिहासमै चेन्नाई बिरुद्ध कुनै पनि टिमको बढी बल सबैभन्दा बाँकी रहँदै जित हो। यस अघि दिल्लीले २०१२ मा ४० बल बाँकी रहँदै चेन्नाईलाई पराजित गरेको थियो।

इशान किशनले २९ बलमा अर्धशतक बनाए

किशनले २८ बलमा अर्धशतक पुरा गर्दै जारि सिजन दोश्रो तथा करियरको पाँचौ अर्धशतक बनाए। यस क्रममा उनले अविजित ६८ रन बनाए जुन क्रममा ६ चौका र ५ छक्का प्रहार गरे। डीककले ३७ बलमा अविजित ४६ रन बनाए जुन क्रममा ५ चौका र २ छक्का प्रहार गरे।

२०१८ मा सुर्यकुमार यादव र इभिन लुइसले दिल्ली बिरुद्ध गरेको १०२ रनको साझेदारी पछि मुम्बई ओपनरले शतकीय साझेदारी गरेको यो पहिलो पटक हो।

चेन्नाईको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको चेन्नाईले २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाएको थियो।

चेन्नाईको लागि स्याम करनले करियरको दोश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५२ रन बनाए जुन क्रममा ४ चौका र २ छक्का प्रहार गरे। कप्तान महेन्द्र सिंह धोनीले १६, इमरान ताहिरले अविजित १३ तथा शार्दुल ठाकुरले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। १२ रन मुम्बईले अतिरिक्तको रुपमा दिएको थियो।

बोल्टले लिगमा आफ्नो उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ४ विकेट लिए

एक समय २१ रनमा ५ विकेट गुमाएको चेन्नाईलाई स्याम करनले सातौँ नम्बरमा ब्याटिंग गर्दै सम्मानजनक योगफलतर्फ डोर्याएका थिए। करन नवौं विकेटको लागि इमरान ताहिरसंग ४३ रनको साझेदारी गरेका थिए जुन लिग इतिहासमै नवौं विकेटको लागि सर्वाधिक साझेदारी हो।

मुम्बईको बलिंगमा ट्रेन्ट बोल्टले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै १८ रन खर्चिए। आईपीएलमा बोल्टको यो करियरकै उत्कृस्ट बलिंग स्पेल हो। जस्प्रित बुम्राह ( ४-०-२५-२ ) र राहुल चाहरले ( ४-०-२२-२ ) समान २ विकेट लिए । नाथन कौल्टर नाइलले १ विकेट ( ४-०-२५-१ ) लिए।

अंकतालिका र आगमी खेल 

जितपछि मुम्बई पुनः अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ। मुम्बईको १० खेलमा ७ जित र ३ हार पछि १४ अंक रहेको छ। समान खेल तथा जित र हार पछि समान १४ अंक रहेता पनि नेट रन रेटमा पछि पर्दै दिल्ली दोश्रो र बैंगलोर तेश्रो स्थानमा रहेको छ। मुम्बई, बैंगलोर र दिल्लीको प्ले अफ सम्भावना मजबुत बनेको छ। अब एउटा मात्र जितले सबै तिन ३ टिम प्लेअफमा पुंगेछ।

हारपछि चेन्नाई इतिहासमै पहिलो पटक प्लेअफ चरण पुग्न असफल हुने संघारमा पुगेको छ। ११ खेलमा ३ जित र ८ हारपछि चेन्नाई ६ अंक बटुल्दै अंकतालिकाको पुछारमा छ। अब चेन्नाईले बाँकी सबै ३ खेल जित्ने हो र अन्य कोलकाता, हैदरावाद, पन्जाब र राजस्थानको १२ अंक भन्दा बढी अंक नभएको खण्डमा नेट रन रेटमा चेन्नाईको सम्भावना हुन्छ। तर -०.७३३ नेट रन रेट भएका कारण चेन्नाईको सम्भावना असम्भव जस्तो छ।

चेन्नाई प्लेअफ दौडबाट बाहिर हुने निश्चितजसो भएपछि अब कोलकाता, हैदरावाद, पन्जाब र राजस्थान बीच प्लेअफ पुग्न प्रतिस्पर्धा रोचक हुनेछ।

लिग अन्तर्गत शनिवार २ वटा खेल हुनेछन्। कोलकाता र दिल्लीले ३:४५ बजे पहिलो तथा पन्जाब र हैदरावादले ७:४५ बजे बेलुका दोश्रो खेल खेल्नेछ। मुम्बईले आगामी खेल बुधबार बैंगलोर बिरुद्ध तथा चेन्नाईले बिहिबार कोलकाता बिरुद्ध खेल्ने तालिका रहेको छ।

आफ्नै रेकर्ड तोड्दै इमरान ताहिरले स्याम करनसंग बनाए साझेदारीको नयाँ रेकर्ड

आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर

बैंगलोर-कोलकाता बीचको खेलमा बनेका ८ रोचक कीर्तिमानहरु

अनुभवी खेलाडीहरुलाई बाहिर राख्दै जिम्बाब्वे सिरिजको लागि पाकिस्तान टिमको घोषणा