नितिश राना र सुनिल नारायणको आक्रामक इनिंग, कोलकाताद्वारा दिल्लीलाई विशाल लक्ष्य



युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शनिबारको पहिलो तथा लिगको ४२ औं खेलमा ओएन मोर्गन कप्तानीको कोलकाता नाइट राइडर्स र श्रेयस अय्यर कप्तानीको दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा भैरहेको छ।

शेख जायद स्टेडियम अबुधाबीमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको कोलकाताले ६ विकेट गुमाएर १९४ रन बनाउदै दिल्लीलाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कोलकाताको लागि नितिश रानाले सर्वाधिक ८१ रन बनाए जुन क्रममा ५३ बलमा १३ चौका र १ छक्का हिर्काए। सुनिल नारायणले जारि सिजन पहिलो अर्धशतक बनाउने क्रममा ३२ बलमा ६ चौका र ४ छक्का मद्दतले ६४ रन बनाए। नारायणको आईपीएल करियरमा पाँचौ तथा रानाको दशौँ अर्धशतक हो।

नितिश रानाले करियरको १० औं अर्धशतक बनाए

कोलकाताले सुरुवातमा नियमित विकेट गुमाउन पुग्यो। ९ रन बनाएका ओपनर शुबमन गिल तथा १३ रन बनाएका राहुल त्रिपाठीलाई एनरिक नोर्कियाले पेभेलियन फर्काए। दिनेश कार्तिकलाई रबाडाले मात्र ३ रनको स्कोरमा आउट गरे।

आठौँ ओभरमा ४२/३ को अवस्थाबाट ओपनर नितिश राना र पाँचौ नम्बरमा आएका स्निल नारायणले आक्रामक ब्याटिंग गर्दै शतकीय साझेदारी गरे। १७ औं ओभरमा नारायणलाई रबाडाले रहानेबाट क्याच आउट गराउदै ११५ रनको साझेदारी तोडे।

पाँचौ विकेटको लागि रानाले कप्तान ओएन मोर्गनसंग १९ बलमा ३७ रनको साझेदारी गरे। राना अन्तिम ओभरको पाँचौ बलमा स्टोइनिसबाट क्याच आउट भए। लगत्तै बलमा कप्तान मोर्गन ९ बलमा १७ रन बनाएर क्याच आउट भए।

नोर्कियाले २ विकेट लिए

दिल्लीको बलिंगमा कागीसो रबाडा ( ४-०-२७-२ ) , एनरिक नोर्किया ( ४-०-३३-२ ) र मार्कस स्टोइनिसले ( ४-०-४१-२ ) ले समान २ विकेट लिए। रबिचन्द्रन आश्विन ( ३-०-४५-० ) , तुषार देशपाण्डे ( ४-०-४०-० ) र अक्षर पटेल ( १-०-७-० ) विकेटविहिन रहे।

लिग अन्तर्गत दिल्ली र कोलकाता बीच यस अघि शारजाह मैदानमा भएको पहिलो भेटमा दिल्ली १८ रनले विजयी भएको थियो। उक्त खेलमा दिल्लीले दिएको २२९ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले २१० रन बनाउन सकेको थियो।

हालसम्म १० खेल खेलेको दिल्ली ७ जित र ३ हारपछि १४ अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा छ। दिल्लीलाई आज जित हात पार्दै शिर्ष-४ मा आफ्नो स्थान सुरक्षित पार्नुका साथै अंकतालिकाको शिर्ष स्थानमा उक्लने मौका छ। यस्तै, समान १० खेल खेलेको कोलकाता १० अंकसहित अंकतालिकाको चौथौं स्थानमा छ। कोलकाताले आज जिते शिर्ष-४ सम्भावना बलियो हुनेछ।

IPL : प्ले-अफ पुग्न कुन टिमले के गर्नुपर्छ, हेर्नुस समीकरण

“सहज त्यति सहज छैन जस्तो सुनिन्छ” धवनले बताए रिकी पोन्टिङसंग भएको संवादले कसरि उनलाई सहयोग गर्यो

पान्ड्या दाजु-भाईलाई दिए धोनीले आफ्नो जर्सी