चेन्नाईबिरुद्ध बैंगलोरले पहिले ब्याटिंग गर्ने, मोइन अलिले पाए मौका



युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत आइतबार पनि दुई खेलहरु हुँदैछन्। लिगको ४४ औं तथा दिनको पहिलो खेलमा महेन्द्र सिंह धोनी कप्तानिको चेन्नाई सुपर किङ्ग्स र बिराट कोहली कप्तानिको रोयल च्यालेन्जर्स बैंगलोर बीच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय अनुसार दिउँसोको ३:४५ बजे दुबई स्थित दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।

टस जितेर बैंगलोरले ब्याटिंग रोज्यो 

टस जितेर बैंगलोर कप्तान बिराट कोहलीले ब्याटिंग रोजेका छन्। कोहलीले पिच शुक्खा र खस्रो देखिएको बताए। उनले मौसम राम्रो हुँदा पिचले राम्रो नखेलेकोमा आश्चर्य व्यक्त गरे।

बैंगलोरले टिममा एउटा परिवर्तन गरेको छ। इसुरु उडानाको स्थानमा इंगलिस अलराउण्डर मोइन अलिलाई मौका दिईएको छ। अलिले यस अघि दिल्ली बिरुद्ध एक मात्र खेलमा मौका पाएका थिए जुन खेलमा १ विकेट लिएका थिए भने ११ रन बनाएका थिए। उदानालाई प्रदर्शन हैन परिस्थितिको कारणले बाहिर राखीएको कोहलीले बताए।

बैंगलोरको अन्तिम-११ : एरोन फिन्च, देभदत्त पाडिक्कल, बिराट कोहली, एबि डिभिल्लियर्स, गुरकिरत मान सिंह, मोइन अलि, क्रिश मोरिस, वासिङ्टन सुन्दर, मोहम्मद सिराज, नभदिप सैनी, युजवेन्द्र चाहाल

मोनु कुमारले आज डेब्यु गर्नेछन्

चेन्नाई कप्तान धोनीले प्रयोग भएको विकेट हुँदा टस जितेको भए आफुले पनि ब्याटिंग रोज्ने सोचेको बताए। धोनीले गणितीय रुपमा आफ्नो टिमको मौका रहेको बताए पनि आफ्नो टिमको लागि सिजन सकिएको बताए। त्यसैले अंकतालिकालाई अब मतलब नगर्ने धोनीले बताए। त्यसैले टिममा मौका नपाएका खेलाडीहरुलाई खेलाउने धोनीले बताए।

चेन्नाईले टिममा २ वटा परिवर्तन गरेको छ। मिचेल स्यांटनर र मोनु कुमारलाई मौका दिईएको छ भने जोश हेजलवुड र शार्दुल ठाकुरलाई बाहिर राखिएको छ।

मोनु कुमारको आईपीएलमा डेब्यु हुनेछ। झारखण्डका २६ वर्षीय पेस बलर कुमारले टि-२० क्रिकेटमा २२ खेलमा २५ विकेट लिएका छन्। न्युजिल्यान्ड देब्रे हाते स्पिन बलिंग अलराउण्डर मिचेल स्यांटनरको सिजनमा यो पहिलो खेलमा।

चेन्नाईको अन्तिम-११ : फाफ डुप्लेसिस, रुतुराज गायकवाड,अम्बाती रायडु, नारायन जगदिशन, महेन्द्र सिंह धोनी ( कप्तान/विकेटकिपर ), रभिन्द्र जडेजा, स्याम करन, मिचेल स्यांटनर, मोनु कुमार, दिपक चाहर, इमरान ताहिर

चेन्नाई र बैंगलोर बीच अघिल्लो भेटमा बैंगलोर ३७ रनले विजयी भएको थियो। बैंगलोरले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले १३२ रन मात्र बनाउन सकेको थियो। कप्तान बिराट कोहलीले अविजित ९० रन तथा बलिंगमा क्रिस मोरिसले ३ विकेट लिएका थिए।

प्ले-अफ समीकरण 

१० खेलमा १४ अंक बटुलेको बैंगलोर अंकतालिकाको तेस्रो स्थानमा छ। आज जित हात पार्दै बैंगलोर शिर्ष स्थानमा उक्लनेछ भने प्ले-अफको लागि छनौट हुने पहिलो टिम बन्नेछ।

मात्र ६ अंक बटुल्न सकेको चेन्नाईको गणितीय रुपमा सम्भावना देखिएता पनि कमजोर नेट रन रेटको कारण प्ले-अफ असम्भव जस्तो देखिन्छ। चेन्नाईले सबै ३ खेल जितेको खण्डमा १२ अंक हुनेछ। यो अवस्थामा कोलकाता, हैदरावाद र पन्जाबले १२ अंक भन्दा बढी नबनाएको अवस्थामा चेन्नाई नेट रन रेटमा अघि बढ्ने झिनो सम्भावना छ। त्यसको लागि अब १२ अंक बटुलीसकेको कोलकाताले सबै ३ खेल हार्नुपर्नेछ भने पन्जाब र हैदरावादले पनि कम्तिमा १२ अंक नबढ्ने गरि खेलको नतिजा आउनुपर्छ।

यो पनि पढ्नुस :

राजस्थान र चेन्नाईलाई हराउदै बैंगलोर र मुम्बईलाई प्ले-अफ सुनिश्चित गर्ने अवसर

IPL : जितपछि कोलकाता र पन्जाब प्ले-अफबाट कति नजिक

कोलकातासंग हार पछि रबाडाको चिन्ता

नाटकीय रुपमा विकेट पतन हुँदा लो-स्कोरिंग खेलमा पन्जाबद्वारा हैदरावाद पराजित





थप समाचार

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]

एसीसी टि-२० महिला : नेपाल सेमिफाइनलमा

एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । स्कोरकार्ड , अंकतालिका  मलेसियाको किनरारा ओभल क्रिकेट […]