आईपीएल २०२० अन्तर्गत ४६ औं खेलमा सोमबार कोलकाता नाइट राइडर्स र किंग्स-११ पन्जाब बीच प्रतिस्पर्धा हुँदैछ। खेल शारजाह स्टेडियममा नेपाली समय ७:४५ बजे राति सुरु हुनेछ।
टस जितेर पन्जाबले फिल्डिंग गर्ने
पन्जाब कप्तान केएल राहुलले टस जितेर कोलकातालाई ब्याटिंगको निम्तो दिएका छन्। राहुलले टसको क्रममा लक्ष्य पछ्याउन आफ्नो टिमलाई मन पर्ने तथा दोश्रो इनिंगमा शित हुँदा ब्याटिंग गर्न सहज हुने बताए। राहुलले लगातार जितले टिममा आत्मविश्वास पलाएको बताउदै राम्रो प्रदर्शन गर्न प्रोत्साहन दिएको बताए।
पन्जाबले अन्तिम-११ मा कुनै पनि परिवर्तन गरेको छैन आज पनि मायाँक अग्रवाल घाइते भएका कारण खेल्न सकेनन्।
पन्जाबको अन्तिम ११ : केएल राहुल ( कप्तान/विकेटकिपर ), मन्दिप सिंह, क्रिस गेल, निकोलस पुरन, ग्लेन म्याक्सवेलजेम्स निशम, दिपक हुडा, क्रिस जोर्डन, मुरुगन आश्विन, रभी बिस्नोइ, मोहम्मद शामी, अर्शदिप सिंह

कोलकाता कप्तान ओएन मोर्गनले पनि टस जितेको भए बलिंग रोज्ने सोचेको जसको पछाडी राहुलले दिएको कारण रहेको बताए। उनले टिमले दिल्ली बिरुद्ध राम्रो प्रदर्शन गरेको र चाहे अनुसार टिमले खेलेको बताए। प्ले अफ पुग्ने सम्भावना बारे बोल्दै उनले आफ्नो भाग्य आफैसंग रहेको बताए। आन्द्रे रसेल फिट नभएकोले अन्तिम-११ मा स्थान बनाउन नसकेको उनले जानकारी गराए।
कोलकाताले पनि अन्तिम-११ मा कुनै पनि परिवर्तन गरेको छैन।
कोलकाताको अन्तिम ११ : शुबमन गिल, नितिश राना, राहुल त्रिपाठी, दिनेश कार्तिक ( विकेटकिपर ) , सुनिल नारायण, ओएन मोर्गन, प्याट कमिन्स, कमलेश नगरकोटी, लकी फर्गुसन, प्रसिध कृष्ण, वरुण चक्रवर्ती
कोलकाता र पन्जाब बीच लिग चरणमा यस अघि सम्पन्न खेलमा कोलकाता २ रनले विजयी भएको थियो। कोलकाताले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले १६२ रन मात्र बनाउन सकेको थियो।
अंकतालिका : कोलकाता ११ खेलमा ६ जित र ५ हार पछि १२ अंक सहित अंकतालिकाको चौथो स्थानमा रहेको छ भने पन्जाब ११ खेलमा ५ जित र ६ हार पछि १० अंक सहित पाँचौ स्थानमा रहेको छ।
प्ले-अफ पुग्ने सम्भावना
प्ले-अफ पुग्नको लागि दुवै टिमको लागि आजको जित अत्यन्त महत्वपूर्ण रहेको छ। कोलकाताले ३ खेल खेल्न बाँकी रहेको अवस्थामा सबै खेल जित्दै १८ अंक बटुल्न सकेमा प्ले-अफ तथा शिर्ष-२ मा स्थान बनाउन सक्छ। यस्तै ३ मध्ये २ खेलमा मात्र जित दर्ता गरे पनि कोलकाता प्ले-अफ पुग्नेछ। त्यसैले आजको खेलमा पन्जाबलाई पराजित गर्न सके यस पछि कोलकाताको खेल राजस्थान र चेन्नाईसंग रहने हुँदा कोलकातालाई आजको जितले धेरै सहज बनाउनेछ।
पन्जाबको लागि पनि आजको जित अत्यन्त महत्वपूर्ण रहन्छ। आज जितेको खण्डमा पन्जाब अंकतालिकामा चौथो स्थानमा उक्लनेछ। आज सहित बाँकी ३ वटै खेल जितेमा पन्जाब प्लेअफ पुग्ने पक्का हुनेछ। आज पराजित भएमा पन्जाबको प्लेअफ यात्रा मुस्किल हुनेछ। यस पन्जाबले दुइ खेल राजस्थान र चेन्नाईसंग जिते पनि आज हारेको खण्डमा यात्रा मुस्किल बन्नेछ।
कोलकातालाई हराउदै पन्जाबलाई चौथो स्थानमा पुग्ने मौका
स्टोक्सको झुकेको माझी औंला पछाडी लुकेको पिताको शाहसको कथा
स्टोक्सले कीर्तिमानी शतक बनाउदा राजस्थानसंग मुम्बई स्तब्ध
गायकवाड चम्किदा, चेन्नाईसंग बैंगलोर सहजै पराजित