दबाबमा जडेजाले शानदार ब्याटिंग गर्दा सनसनीपूर्ण खेलमा चेन्नाईद्वारा कोलकाता पराजित



१३ औं आईपीएल अन्तर्गत ४९ औं खेलमा चेन्नाई सुपर किंग्सले रोमान्चक खेलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै पाँचौ जित तथा लगातार दोश्रो जित दर्ता गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा कोलकाताले दिएको १७३ रनको लक्ष्य चेन्नाईले अन्तिम बलमा ४ विकेट गुमाएर पछ्याएको हो।

अन्तिम बलमा खेल जित्दै चेन्नाई आईपीएल इतिहासमै लक्ष्य पछ्याउने क्रममा सबैभन्दा धेरै अन्तिम बलमा खेल जित्ने टिम बनेको छ। चेन्नाईले ६ पटक अन्तिम बलमा लक्ष्य पछ्याएको छ जसले मुम्बई इन्डीएन्स ( ५ पटक ) लाई पछि पारेको हो।

चेन्नाईको लागि ओपनर रुतुराज गायकवाडले सर्वाधिक ७२ रन बनाए जसले ५३ बलमा ६ चौका र २ छक्का हिर्काए। अम्बाती रायडुले २० बलमा ५ चौका र १ छक्का मद्दतले ३८ रन बनाए। रभिन्द्र जडेजाले अविजित ११ बलमा ३१ रन बनाए जुन क्रममा २ चौका र ३ छक्का हिर्काए। स्याम करनले अविजित १३ रन बनाए। शेन वाटसनले १४ तथा धोनीले १ रन मात्र बनाउन सके।

गायकवाडले सर्वाधिक ७२ रन बनाए

गायकवाडले शेन वाटसनसंग ५० रनको ओपनिंग साझेदारी गरे। आठौँ ओभरमा वाटसनलाई वरुण चक्रवर्तीले क्याच आउट गराएपछि उनले दोश्रो विकेटको लागि अम्बाती रायडुसंग ६८ रनको साझेदारी गरे। १४ औं ओभरमा रायाडुलाई प्याट कमिन्सले क्याच आउट गराए। लगत्तै ओभरमा कप्तान धोनीलाई चक्रवर्तीले बोल्ड गर्दै कोलकातालाई खेलमा फर्काए। त्यसपछि गायकवाड र स्याम करनले १९ रनको साझेदारी गरे। १८ औं ओभरको दोश्रो बलमा गायकवाडलाई कमिन्सले बोल्ड गरे।

दबाबमा जडेजाको शानदार ब्याटिंग 

गायकवाडको विकेटसंगै १८ औं ओभरमा कमिन्सले मात्र ४ रन खर्चेर १ विकेट लिए। २ ओभरमा जित्न चेन्नाईलाई ३० रन आवस्यक रह्यो।

१९ औं ओभरको पहिलो ३ बलमा मात्र २ रन दिएका लकी फर्गुसनले त्यसपछिको ३ बलमा १७ रन खर्चिए। यस क्रममा जडेजाले २ चौका र १ छक्का हिर्काए। पाँचौ बलमा नो बल गर्दा जडेजाले फ्री हिटमा छक्का हिर्काएका थिए।

अन्तिम ओभरमा १० रन जित्न आवस्यक रहंदा बलिंग गर्न पेसर कमलेश नगरकोटी आए। नगरकोटीले पहिलो बलमा स्याम करनलाई रन दिएनन्। दोश्रो बलमा करनले २ रन तथा तेश्रो बलमा १ रन लिए। चौथो बलमा जडेजाले रन बनाउन सकेनन्। तर पाँचौ बलमा जडेजाले छक्का हिर्काए जसपछि जित्न अन्तिम बलमा १ रन आवस्यक रह्यो। अन्तिम बलमा जडेजाले छक्का हिर्काउदै टिमलाई रोमान्चक खेल जिताए।

पाँचौ विकेटको लागि जडेजा र करनले मात्र १० बलमा ३८ रनको साझेदारी गरे।

अन्तिम बलमा छक्का प्रहार गर्दै खेल जिताउने जडेजा आईपीएल इतिहासमा आठौँ खेलाडी बनेका छन् भने १० औं पटक अन्तिम बलमा छक्का हान्दै टिमले जित दर्ता गर्न सफल भएको छ। यही सिजन निकोलस पुरनले बैंगलोर बिरुद्ध अन्तिम बलमा छक्का हानेर जित दिलाएका थिए।

जडजाले मात्र ११ बलमा अविजित ३१ रन बनाए

कोलकाताको बलिंगमा प्याट कमिंस ( ४-०-३१-२ ) र वरुण चक्रवर्तीले ( ४-०-२०-२० ) समान २ विकेट लिए।

कोलकाताको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो।

कोलकाताको लागि ओपनर नितिश रानाले सर्वाधिक ८७ रन बनाए जुन क्रममा ६१ बलमा १० चौका र ४ छक्का हिर्काए। रानाको यो आईपीएलमा सर्वाधिक व्यक्तिगत स्कोर हो। यस अघि उनले गत सिजन बैंगलोर बिरुद्ध बनाएको अविजित ८५ रन सर्वाधिक थियो।

दिनेश कार्तिकले , शुबमन गिलले २६ रन, दिनेश कार्तिकले अविजित २१ रन , ओएन मोर्गनले १५ तथा रिंकु सिंहले ११ रन बनाए।

रानाले व्यक्तिगत सर्वाधिक ८७ रन बनाए

पहिलो विकेटको लागि रानाले शुबमन गिलसंग ५३ रनको साझेदारी गरेका थिए। आठौँ ओभरमा लेग स्पिनर कर्न शर्माले गिललाई बोल्ड गर्दै साझेदारी तोडे। त्यसपछि सुनिल नारायण ७ रन, रिंकु सिंह ११ रन बनाएर आउट भए। चौथो विकेटको रुपमा रानाले कप्तान मोर्गनसंग ४४ रन जोडे। १८ औं ओभरमा रानालाई लुंगी एन गिडीले स्याम करनबाट क्याच आउट गराए। पाँचौ विकेटको लागि मोर्गनले दिनेश कार्तिकसंग ३० रनको साझेदारी गरे। २० औं ओभरमा एनगीडीले मोर्गनलाई क्याच आउट गराए।

चेन्नाईको बलिंगमा लुंगी एनगीडीले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा ३४ रन खर्चिए। कर्न शर्मा ( ४-०-३५-१ ), रभिन्द्र जडेजा ( ३-०-२०-१ ) , र मिचेल स्यान्टनरले ( ३-०-३०-१ ) ले समान १ विकेट लिए।

अंकतालिका, प्लेअफ समीकरण र आगामी खेल 

जित पछि अंकतालिकामा चेन्नाईले १३ खेलमा ५ जित र ८ हार पछि १० अंक बटुल्दै राजस्थान र हैदरावादको बराबरी गरेको छ। नेट रन रेटमा पछि रहँदै चेन्नाई पुछारमा यथावत रहेको छ।

हारपछि कोलकाता पाँचौ स्थानमा यथावत रहेको छ जसले १३ खेलमा ६ जित र ७ हार बेहोरेको छ। समान १२ अंक रहेता पनि पन्जाब नेट रन रेटमा अघि रहेको छ।

हारपछि कोलकातालाई प्लेअफ पुग्न अब राजस्थान बिरुद्ध लिगको अन्तिम खेल जित्ने पर्नेछ भने अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ। अब कोलकाताले अर्को खेल जित्ने हो भने पनि अन्य टिमको नतिजाको आधारमा मात्र प्लेअफमा स्थान बनाउने सम्भावना रहन्छ। तर नेट रन रेट निकै कमजोर ( -०.४६७ ) हुँदा अब कोलकाताको सम्भावना कमजोर बनेको छ।

मुम्बई लिगको प्लेअफ पुग्ने पहिलो टिम हो भने चेन्नाई यस अघिनै प्लेअफ रेसबाट बाहिर भैसकेको छ।

लिग अन्तर्गत चेन्नाईले आगामी खेल तथा लिगको अन्तिम खेल आइतबार पन्जाब बिरुद्ध तथा कोलकाताले आगामी खेल आइतबारनै राजस्थान बिरुद्ध खेल्नेछ।

शुक्रबारको खेलमा पन्जाब र राजस्थानले प्रतिस्पर्धा गर्नेछन्।

भनाभन भएपछि मोरिस र पान्ड्यालाई चेतावनी

कोहलीको विकेट लिंदै बुम्राहले बनाए नयाँ कीर्तिमान

यादव र बुम्राह चम्किदा मुम्बईद्वारा बैंगलोर ५ विकेटले पराजित

आईपीएलपछि भारतको अस्ट्रेलिया भ्रमणको खेल तालिका सार्वजनिक





थप समाचार

BBL : प्लेअफ नखेली स्वदेश फर्कदै सन्दिप, यस्तो रह्यो प्रदर्शन

अस्ट्रेलियामा जारि बिग ब्यास लिगको चौधौं खेल खेलेसंगै नेपाली रास्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने बिहिबार नेपाल फर्कदैछन्। नेपाली राष्ट्रिय क्रिकेट […]

नजिकबाट चिन्नुस को हुन् राष्ट्रिय टिमका नयाँ सदस्य लोकेश बम

युवा ब्याट्सम्यान बिबेक यादव र लोकेश बमले पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउन सफल भएका छन्। फेब्रुअरी १७ तारिख […]

टि-२० विश्वकप छनोटको लागि टिमको घोषणा : सोमपाल र बिनोद बाहिर, लोकेश र बिबेक टिममा

ओमानमा फेब्रुअरी १७ तारिख देखि आयोजना हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले १६ सदस्यीय टिमको घोषणा […]

प्रधानमन्त्री कप टि-ट्वान्टीको उपाधि एपीएफलाई

फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले उचालेको छ । […]

शक्ति गौचन पराजित

पूर्व स्टार राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरि बहादुर थापा रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन्। बुधबार […]

BBL : सन्दिप सिजनकै महँगो सावित, म्याक्सवेल र मेलबर्नको नयाँ कीर्तिमान

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने आफ्नो चौधौं खेलमा महँगो सावित […]