पन्जाबलाई ७ विकेटले पराजित गर्दा राजस्थानको प्लेअफ सम्भावना कायमै



युएईमा जारि आईपीएल २०२० अन्तर्गत ५० औं खेलमा राजस्थान रोयल्सले किंग्स-११ पन्जाबलाई ७ विकेटले पराजित गर्दै प्ले-अफ पुग्ने सम्भावना कायमै राखेको छ।

शेख जायद स्टेडियम, अबुधाबीमा पन्जाबले दिएको १८६ रनको लक्ष्य राजस्थानले मात्र ३ विकेट गुमाएर १७.३ ओभरमा भेटायो। यस अघि लगातार ५ खेल जितेको पन्जाबको जित यात्रा राजस्थानले रोक्न सफल भएको छ। राजस्थानको यो लगातार दोश्रो जित हो , यस अघि उसले मुम्बईलाई पराजित गरेको थियो।

राजस्थानको लागि ओपनर बेन स्टोक्सले सर्वाधिक ५० तथा सन्जु स्यामसनले ४८ रन बनाए। स्टोक्सले २६ बलमा ६ चौका र ३ छक्का तथा स्यामसनले २५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। रोबिन उथप्पाले २३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३० रन बनाए। स्टिभ स्मिथले अविजित ३१ तथा जोस बटलरले अविजित २२ रन बनाए। स्मिथले २० बलमा ५ चौका तथा बटलरले ११ बलमा १ चौका र २ छक्का प्रहार गरे।

स्टोक्सले आक्रामक अर्धशतक बनाए

ओपनर स्टोक्स र उथप्पाले आक्रामक सुरुवात दिलाउने क्रममा ६० रनको साझेदारी गरे। छैठौं ओभरमा स्टोक्सलाई क्रिस जोर्डनले क्याच आउट गरेपछि उथप्पा र स्यामसन बीच ६१ रनको साझेदारी बह्यो। ११ औं ओभरमा उथप्पालाई मुरुगन आश्विनले क्याच आउट गराए। त्यसपछि स्यामसनले स्मिथसंग ३३ रन जोडे। १५ औं ओभरमा स्यामसनलाई सुचिथले रन आउट गरे। चौथो विकेटको लागि स्मिथ र बटलरले ४१ रनको अविजित साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

राजस्थानको बलिंगमा मुरुगन आश्विन ( ४-०-४३-१ ) र क्रिस जोर्डन ( ३.३-०-४४-१ ) ले समान १ विकेट लिए।

पन्जाबको इनिंग : गेलको शानदार ब्याटिंग 

टस हारेर ब्याटिंग गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८५ रन बनाएको थियो।

पन्जाबको लागि क्रिस गेलले सर्वाधिक ९९ रन बनाए जुन क्रममा ६३ बलमा ६ चौका र ८ छक्का प्रहार गरे।  टि-२० क्रिकेटमा २२ शतक बनाएका गेल ९९ रनमा आउट भएको पहिलो पटक हो। जारि सिजन गेलको यो लगातार दोश्रो अर्धशतक तथा तेश्रो अर्धशतक हो।

कप्तान केएल राहुलले ४१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४६ रन बनाए। निकोलस पुरनले १० बलमा ३ छक्का हिर्काउदै २२ रन बनाए।

गेल ९९ रनमा आउट भए

ओपनर मन्दिप सिंह खाता नखोली पहिलो ओभरमा जोफ्रा आर्चरबाट क्याच आउट भएपछि गेलले कप्तान राहुलसंग १२० रनको साझेदारी गरेका थिए। १५ औं ओभरमा राहुललाई स्टोक्सले क्याच आउट गराउदै साझेदारी तोडेका थिए।

राहुलको विकेटपछि गेल र निकोलस पुरनले मात्र २१ बलमा ४१ रनको साझेदारी गरे। १८ औं ओभरमा पुरनलाई स्टोक्सले क्याच आउट गराए। शतक बनाउन १ रन टाढा रहंदा गेललाई आर्चरले बोल्ड गरे। ग्लेन म्याक्सवेलले अविजित ६ रन बनाए। अन्तिम ५ ओभरमा पन्जाबले ६२ रन बनाउदै राजस्थानलाई चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गर्यो।

राजस्थानको बलिंगमा बेन स्टोक्स ( ३-०-३२-२ ) र जोफ्रा आर्चर ( ४-०-२२-२ ) ले समान २ विकेट लिए।

अंकतालिका, प्ले-अफ सम्भावना र आगामी खेल 

जितपछि राजस्थान १३ खेलमा ६ जित दर्ता गर्दै १२ अंक बटुल्दै पाँचौ स्थानमा उक्लन सफल भएको छ। समान अंक बटुलेको पन्जाब नेट रन रेटमा अघि रहँदै चौथो तथा कोलकाता नेट रन रेटमा पछि रहँदै छैठौं स्थानमा रहेको छ।

राजस्थानले जित पछि प्ले-अफ पुग्ने सम्भावना कायमै राखेको छ। पन्जाब, कोलकाता र १० अंक रहेको हैदरावादको पनि प्लेअफ सम्भावना कायमै रहेको छ। पन्जाबले आगामी खेल आइतबार चेन्नाई बिरुद्ध तथा राजस्थानले आइतबारनै कोलकाता बिरुद्ध खेल्ने तालिका रहेको छ।

हालसम्म मुम्बई प्ले-अफ छनौट हुन सकेको छ भने चेन्नाई बाहिर भैसकेको छ। अन्य टिमको प्ले-अफ सम्भावना आगामी खेलको नतिजाहरुमा भर पर्नेछ। सबै टिमको प्ले-अफ समीकरण

लिग अन्तर्गत शनिवार २ खेल हुँदैछन्। पहिलो खेल ३:४५ बजे दिउसो दिल्ली क्यापिटल्स र मुम्बई इन्डीएन्स बीच तथा दोश्रो खेल रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावाद बीच ७:४५ बजे राति खेलिनेछ।

१ हजार छक्का पुरा गर्दै गेलको नयाँ विश्वकीर्तिमान

अफ्रिदीले घातक बलिंग गर्दा, टेलरको शतकका बाबजुद पाकिस्तानसंग जिम्बाब्वे पराजित

कोलकाताको प्ले-अफ सम्भावना कति ? सबै टिमको प्ले-अफ समीकरण यस्तो छ

भनाभन भएपछि मोरिस र पान्ड्यालाई चेतावनी