मोर्गनको आक्रामक इनिंग, कोलकाताद्वारा राजस्थानलाई चुनौतीपूर्ण लक्ष्य



आईपीएल टि-२० अन्तर्गत ५४ औं खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाउदै राजस्थानलाई १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कोलकाताको लागि कप्तान ओएन मोर्गनले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ३५ बलमा ६ छक्का र ५ चौका प्रहार गरे।

राहुल त्रिपाठीले ३४ बलमा ४ चौका र २ छक्का मद्दतले ३९ रन, शुबमन गिलले २४ बलमा ६ चौका मद्दतले ३६ रन तथा आन्द्रे रसेलले ११ बलमा १ चौका र ३ छक्का मद्दतले २५ रन बनाए। प्याट कमिन्सले १५ रन बनाए। नितिश राना, सुनिल नारायण र दिनेश कार्तिकले खाता खोल्न सकेनन्।

मोर्गनले अविजित ६८ रन बनाए

नितिश रानालाई पहिलो ओभरमा जोफ्रा आर्चरले खाता नखोली क्याच आउट गराएपछि दोश्रो विकेटको लागि गिल र त्रिपाठीले ७२ रनको साझेदारी गरेका थिए। नवौं ओभरमा गिल र सुनिल नारायणलाई पेभेलियन फर्कौदै राहुल तेवतियाले राजस्थानलाई खेलमा फर्काए। त्रिपाठी १२ औं ओभरमा श्रेयस गोपालबाट आउट भए जसपछि १३ औं ओभरमा दिनेश कार्तिकलाई तेवतियाले खाता नखोल्दै क्याच आउट गराए।

छैठौं विकेटको लागि मोर्गनले रसेलसंग ४५ रनको साझेदारी गरे। १६ औं ओभरमा रसेललाई कार्तिक त्यागिले क्याच आउट गराए। सातौँ विकेटको लागि मोर्गनले प्याट कमिन्ससंग ४० रनको साझेदारी गरे। कमिन्स अन्तिम ओभरमा त्यागिबाट क्याच आउट भए।

१३ ओभरमा १००/५ को अवस्थामा रहेको कोलकाताले अन्तिम ७ ओभरमा मात्र २ विकेट गुमाएर ९१ रन बनायो।

राजस्थानको बलिंगमा लेग स्पिनर राहुल तेवतियाले सर्वाधिक ३ विकेट ( ४-०-२५-३ ) तथा कार्तिक त्यागिले २ विकेट ( ४-०-३६-२ ) लिए। जोफ्रा आर्चर ( ४-०-१९-१ ) , श्रेयस गोपाल ( ३-०-४४-१ ) ले समान १ विकेट लिए।

राहुल तेवतियाले ३ विकेट लिए

आजको खेल जित्ने टिमको प्लेअफ सम्भावना हैदरावादको प्रदर्शनमा निर्भर रहनेछ। हैदरावाद अन्तिम खेलमा मुम्बईसंग पराजित भएको खण्डमा आज जित्ने टिम प्ले-अफ पुग्नेछ। यदी हैदरावाद विजयी भएको खण्डमा भने नेट रन रेट कमजोर रहेकोले खेलमा विजयी हुने टिमको सम्भावना कम हुनेछ। आजको खेलमा ठुलो जित दर्ता गर्दै नेट रन रेटमा सुधार गर्ने समेत कोलकाता र राजस्थानको लक्ष्य हुनेछ।

हालसम्म प्लेअफ रेसबाट पन्जाब र चेन्नाई बाहिर भैसकेको छ भने मुम्बईले प्ले-अफ तथा शिर्ष-२ मा समेत स्थान पक्का गरिसकेको छ।

यो पनि पढ्नुस :-

पन्जाबको प्ले-अफ सपना चेन्नाईद्वारा चकनाचुर, गायकवाडको कीर्तिमानी अर्धशतक

पन्जाबसंगको खेल अघि धोनीको ठूलो घोषणा ‘यो मेरो आईपीएलमा अन्तिम खेल हैन’

टाउकोको उचाइको बललाई ‘नो बल’ नदिएपछि खेलाडी र फ्यानहरु चकित

इरफान पठान लंका प्रिमियर लिग खेल्न अनुबन्धित





थप समाचार

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]

एसीसी टि-२० महिला : नेपाल सेमिफाइनलमा

एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । स्कोरकार्ड , अंकतालिका  मलेसियाको किनरारा ओभल क्रिकेट […]