कायम राख्ला बैंगलोर बिरुद्ध दिल्लीले दबदबा, मुम्बईसंग क्वालिफायरमा कसको होला भेट



आईपीएल २०२० अन्तर्गत ५५ औं खेलमा सोमबार दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन्। शेख जायद स्टेडियममा हुने खेल ७:४५ बजे बेलुका सुरु हुनेछ।

१३ खेलमा ७ जित सहित बैंगलोर अंकतालिकामा दोश्रो स्थानमा रहेको छ भने समान नतिजा सहित दिल्ली नेट रन रेटमा पछि पर्दै तेश्रो स्थानमा रहेको छ। बैंगलोर र दिल्ली दुवै टिमले पछिल्लो खेलहरुमा लगातार हार पछि प्ले-अफ अघि जितको लय चाहन्छ। दिल्लीले पछिलो ४ खेल तथा बैंगलोरले पछिल्लो ३ खेलमा हार बेहोरेको थियो।

२०१९ को सिजन देखि बैंगलोर र दिल्ली बीच ३ पटक प्रतिस्पर्धा भएको छ र सबै खेलमा दिल्ली विजयी भएको छ। यही सिजन भएको भेटमा दिल्लीले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोर १३७ मा सिमित हुँदै ५९ रनको हार बेहोरेको थियो।

लिगको सुरुवात उत्कृस्ट गरेको दिल्लीको फर्ममा रहेका खेलाडीहरुले पछिल्लो खेलहरुमा प्रदर्शन गर्न सकेका छैनन्। कागीसो रबाडा, शिखर धवन, रिशभ पन्त, मार्कस स्टोइनिस, पृथ्वी श, शिमरन हेटमायर जस्ता खेलाडीहरुले पछिल्लो खेलहरुमा गुमाएको लय टिमको टाउको दुखाइको कारण बनेको छ। महत्वपूर्ण खेलमा अन्तिम-११ मा परिवर्तन गर्ने जोखिम मोल्न पनि टिम चाहदैन। अघिल्लो खेलमा दिल्लीले अनुभवी अक्षर पटेलकको स्थानमा लेग स्पिनर प्रभिन दुबेलाई मौका दिएको थियो जुन निर्णय दिल्लीले पुनर्विचार गर्न सक्नेछ।

दिल्लीको सम्भावित ११ : शिखर धवन, पृथ्वी श, श्रेयस ऐयर, रिशभ पन्त, मार्कस स्टोइनिस, शिमरन हेटमायर, हर्षल पटेल, कागीसो रबाडा, प्रभिन दुबे/अक्षर पटेल, रभीचन्द्रन आश्विन

बैंगलोरको पनि अवस्था फरक छैन। बिराट कोहली र एबी डी भिल्लीयर्सको ब्याटिंगमा धेरै निर्भर रहेको बैंगलोरलाई ठुलो खेलमा ठुलो खेलाडीबाट रन बन्ने अपेक्षा रहेको छ। बलिंगमा युज्भेन्द्र चहलको प्रयासलाई सघाउने बलरहरुको आवस्यकता टिममा छ। नभदिप सैनी, इसुरु उदाना, क्रिस मोरिसबाट अझ उत्कृस्ट प्रदर्शनको अपेक्षा टिमले गरेको छ। विशेष गरि बैंगलोरको मध्यक्रम टिमको चिन्ता बनेको छ। टिमले अलराउण्डर मोइन अलिलाई फिर्ता ल्याउन सक्छ अथवा शिभम दुबेमा पुनः विश्वास देखाउन सक्छ।

बैंगलोरको अन्तिम ११ : देभदत्त पडीक्कल, जोश फिलिपे, बिराट कोहली, एबि डी भिल्लीयर्स, वासिंगटन सुन्दर, गुरकीरत सिंह/शिभम दुबे, इसुरु उडाना/मोइन अलि, मोहम्मद सिराज, युजभेन्द्र चहल, नभदिप सैनी

प्लेअफ छनौट हुने समीकरण 

आजको खेल जित्ने टिमले सोझै पहिलो क्वालिफायरमा मुम्बईसंगको भेट पक्का गर्नेछ। हार बेहोर्ने टिमको भने प्ले-अफ सम्भावना अन्य टिमको नतिजामा भर पर्छ।

रोयल च्यालेन्जर्स बैंगलोर ( खेल १३, अंक १४, नेट रन रेट -०.१४५ , बाँकी खेल – दिल्लीसंग )

– दिल्लीलाई पराजित गरेमा बैंगलोर प्लेअफको साथै अंकतालिकामा दोश्रो स्थानमा समेत पुग्नेछ।

– दिल्लीसंग पराजित भएमा पनि छनौट हुने सम्भावना अझै रहन्छ जसको लागि कोलकाता भन्दा नेट रन रेटमा अघि हुनु पर्छ

– यदी बैंगलोरले १६० रन बनाएको खण्डमा दिल्लीले कम्तिमा १७.३ ओभर लगाएर लक्ष्य पछ्याउनु पर्छ। यदी पहिले बलिंग गरेको खण्डमा दिल्लीले १६० रन बनायो र खेल बढीमा २१ रनले हारेको खण्डमा कोलकाता भन्दा नेट रन रेटमा बैंगलोर अघि हुनेछ

दिल्ली क्यापिटल्स ( खेल १३, अंक १४, नेट रन रेट -०.१५९ , बाँकी खेल बैंगलोरसंग )

– बैंगलोरलाई पराजित गरेमा दिल्ली प्लेअफ पुग्नेछ भने अंकतालिकामा दोश्रो स्थानमा समेत पुग्नेछ।

– बैंगलोरसंग पराजित भएको खण्डमा छनौट हुने सम्भावना अझै रहन्छ जसको लागि कोलकाता भन्दा नेट रन रेटमा अघि हुनु पर्छ।

– यदी दिल्लीले पहिले ब्याटिंग गर्दै १६० रन बनाउछ भने बैंगलोरले कम्तिमा १८ ओभर लगाएर लक्ष्य पछ्याउनु पर्छ। यदी दिल्लीले पहिले बलिंग गरेको खण्डमा १६० रन बनायो र खेल बढीमा १८ रनले हारेमा कोलकाता भन्दा नेट रन रेटमा दिल्ली अघि हुनेछ

यो पनि पढ्नुस 

आईपीएल २०२१ को लागि धोनीले बताए आफ्नो योजना

“मलाई लाग्दैन यो भन्दा बढी हामीले गर्न सक्थ्यौ, अब जे हुन्छ भगवानको हातमा छ” मोर्गन

IPL प्लेअफ रेस : ३ स्थान, ४ टिम, २ खेल बाँकी, यस्तो छ प्लेअफ समीकरण



थप समाचार

एलपीएल : अफ्रिदी कप्तानीको ग्ल्याडीएटर्सको लगातार तेश्रो हार

लंका प्रिमियर लिग अन्तर्गत सोमबार राति सम्पन्न दिनको दोश्रो खेलमा कुशल परेरा कप्तानीको क्यान्डी टस्कर्सले शाहिद अफ्रिदी कप्तानीको गाल ग्ल्याडीएटर्सलाई […]

एलपीएल : जाफ्नाको जितमा कप्तान परेराको विस्फोटक इनिंग

कप्तान थिसारा परेराले शानदार अलराउण्ड प्रदर्शन गर्दा दाम्बुला भाइकिंगलाई ६६ रनले पराजित गर्दै जाफ्ना स्टालिएन्स लंका प्रिमियर लिग अंकतालिकामा शिर्ष […]

टि-ट्वान्टी सिरिजका लागि चोटिल वार्नरको प्रतिस्थापनमा शर्ट, कमिंसलाई विश्राम

अष्ट्रेलियाका बायाँ हाते ओपनर ब्याट्सम्यान डेविड वार्नर चोटका कारण भारत विरुद्धको अन्तिम एक दिवसीय तथा टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजबाट बाहिरिएका छन्। […]

प्रधानमन्त्री कप पुरुष र महिला राष्ट्रिय प्रतियोगिता पुष दोश्रो साता आयोजना हुने

नेपाल क्रिकेट संघले पुरुष र महिला प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ। दुवै प्रतियोगिताको लागि खेलाडी छनौट […]

वर्षाका कारण न्युजिल्यान्ड र वेस्टइन्डिज बीचको तेश्रो टि२० नतिजाविहिन

वेस्टइन्डिजको न्युजिल्यान्ड भ्रमण अन्तर्गत तेश्रो तथा अन्तिम टि-२० वर्षाका कारण नतिजाविहिन टुंगिएको छ। बे ओभल मैदानमा टस हारेर ब्याटिंग गरेको […]

सन्दिप अस्पताल भर्ना, अवस्था सामान्य

कोरोना संक्रमण भएका क्रिकेटर सन्दिप लामिछाने अस्पताल भर्ना भएका छन्। घरमै सेल्फ आइसोलेसनमा बसीरहेका उनि थोरै कमजोरी महसुस भए पछि […]