IPL Match 4 : चेन्नाईलाई राजस्थानको चुनौती, दुवै टिमको बलियो र कमजोर पक्ष



आईपीएल टि-२० अन्तर्गत मंगलबार चौथो खेलमा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय ७:४५ बजे युएईको, शारजाह स्थित शारजाह क्रिकेट स्टेडियममा हुनेछ।

स्टिभ स्मिथ कप्तानीको राजस्थान पनि सुरुवाती विजय सहित लय प्राप्त गर्न चाहन्छ। गत सिजन लिग अंकतालिकामा ११ अंक सहित सातौं स्थानमा रहेको रोयल्स त्यो प्रदर्शनलाई भुलाउन चाहन्छ जसको लागि पहिलो जितले ठूलो योगदान दिनेछ। २००८ मा लिगको पहिलो सिजन जितेपछि दोश्रो उपाधि जिताउन कप्तान स्मिथ हरसम्भव प्रयास गर्नेछन्। टिममा कप्तान स्मिथ बाहेक विदेशी खेलाडीहरुमा जोश बटलर, बेन स्टोक्स, जोफ्रा आर्चर, टम करन, डेभिड मिलर, एन्ड्रु टाई, ओशेन थोमस रहेका छन्। बटलर पहिलो खेलको लागि उपलब्ध छैनन्। बेन स्टोक्स पनि न्युजिल्यान्डमा पारिवारिक कारणले रहेका छन् जसले लिग खेल्ने नखेल्ने निश्चित गरेका छैनन्।

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईलाई ५ विकेटले पराजित गरेको धोनी कप्तानीको चेन्नाई लगातार दोश्रो जित हात पार्दै लय कायम राख्न चाहन्छ। पहिलो जित हात पार्दा उसले मुम्बईले दिएको १६३ रनको लक्ष्य पछ्याएको थियो। फाफ डु प्लेसिस, अम्बाती रायडु, स्याम करन, लुंगी एनगीडी दिपक चाहर, पियुष चावला, रभीन्द्र जडेजा जस्ता खेलाडीहरुले एक जुट भएर जितमा योगदान दिएका थिए।

चेन्नाई सुपर किंग्सको बलियो र कमजोर पक्ष 

बलियो पक्ष-

मध्यक्रम :  पहिलो खेलमा १६३ रनको लक्ष्य पछ्याउदा टिमको मिडल अर्डर चम्किएको थियो। फाफ डु प्लेसिसले अविजित ५८ तथा अम्बाती रायडुले ७१ रन बनाउदै जितमा अहम योगदान दिएका थिए। अलराउण्डर स्याम करनको प्रदर्शन पनि टिमको बलियो पक्ष बनेको छ। ड्वेन ब्राभो घाइते भए पछि उनको स्थानमा स्याम करनले आक्रामक ६ बलमा १८ रन तथा बलिंगमा पनि २८ रन खर्चेर क्विन्टन डिककको महत्वपूर्ण विकेट लिंदै आफुलाई ब्राभोको स्थानपूर्ति गर्न लायक खेलाडी पुस्टि गरेका थिए। धोनी टिमको आवस्यकता अनुसार जुन सुकै क्रममा आउन सक्छन् जसको उपस्थितिले मध्यक्रम बलियो छ।

बलिंग : पहिलो खेलको बलिंगतर्फ मुम्बईले विस्फोटक सुरुवात गरेपछि पनि कमब्याक गर्दै अधिकांश बलरहरुले राम्रो प्रदर्शन गरेका थिए। फास्ट बलर दिपक चाहर, लुंगी एनगीडी तथा स्पिनर पियुष चावला र रभिन्द्र जडेजाको लय टिमको लागि महत्वपूर्ण छ। जडेजाले पहिलो ३ ओभरमा महँगो सावित भए पनि अन्तिम ओभरमा महत्वपूर्ण २ विकेट दिलाएका थिए। एनगीडीले डेथ ओभरमा राम्रो बलिंग गर्दै ३ विकेट लिएका थिए। चाहरले बीचको ओभरमा साझेदारी तोड्ने काम राम्रो गरेका थिए।

कमजोर पक्ष

ओपनिंग ब्याटिंग : पहिलो खेलमा टिमको कमजोर पक्ष ओपनिंग ब्याटिंग बन्न पुग्यो। ४ रन बनाएका शेन वाटसनले सुरुवाती इनस्विंग बलिंगमा संघर्ष गरेका थिए। मुरली विजयले पनि ७ बलमा १ रन मात्र बनाएका थिए। दुवै ब्याट्सम्यानको फर्म टिमको लागि महत्वपूर्ण हुनेछ जसले मिडल अर्डरमा कम दबाब पर्नेछ।

चेन्नाईको सम्भावित ११ : मुरली विजय, शेन वाटसन✈️, फाफ डु प्लेसिस✈️, अम्बाती रायडु, केदार जाधव, महेन्द्र सिंह धोनी, रभीन्द्र जडेजा, स्याम करन✈️, दिपक चाहर, पियुष चावला, लुंगी एनगिडी✈️

राजस्थान रोयल्सको बलियो र कमजोर पक्ष 

बलियो पक्ष 

ब्याटिंग : कप्तान स्मिथ सहित, जोश बटलर, डेभिड मिलर, रोबिन उथप्पा, संजु स्यामसन, यसस्वी जयसवाल, रियान पराग जस्ता ब्याट्सम्यानहरुको उपस्थितिले टिमको ब्याटिंग बलियो छ। गत सिजन स्मिथ, बटलर, स्यामसन, परागले राम्रो ब्याटिंग गरेका थिए। पहिलो खेलमा बटलरको अनुपस्थिति भएता पनि दोश्रो खेलबाट उनको आगमनले ब्याटिंग अझ मजबुत बन्नेछ। युवा ओपनर जयसवाल लगातार भारतीय यु-१९ टिमको लागि राम्रो ब्याटिंग गरिरहेका छन्। उथप्पाको अनुभवलले माथिल्लो क्रम अझ मजबुत भएको छ।

युवा क्रिकेटर : भारतीय यु-१९ टिमको लागि उत्कृस्ट प्रदर्शन गरेका रियान परागले गत सिजन ३२ को औशतले ५ इनिंगमा १६० रन बनाएका थिए। त्यस्तै यसस्वी जयसवालले यु-१९ र घरेलु क्रिकेटमा उत्कृस्ट प्रदर्शन गर्दै आएका छन्। अर्का यु-१९ टिमबाट आएका फास्ट बलर कार्तिक त्यागिलाई पनि उत्तिकै क्षमतावान मानिएको छ। सबै खेलाडीहरु जुन सुकै बेला टिमको लागि योगदान दिन तयार छन्।

कमजोर पक्ष : 

स्टार भारतीय खेलाडीको अनुपस्थिति : रोबिन उथप्पा बाहेक टिममा स्टार भारतीय खेलाडीहरु छैनन्। विदेशी खेलाडीहरुमा बढी निर्भर रहेको टिमले त्यसको मुल्य चुकाउनु पर्ने हुनसक्छ। च्याम्पियन टिमहरुमा प्राय केन्द्रमा भारतीय खेलाडी र नेतृत्व रहने गरेको छ। लिगको उपाधि अधिकांश भारतीय कप्तानहरुले जिताएका छन्।

स्टोक्सको अनुपस्थिति : आफ्नो पितालाई ब्रेन ट्युमर भए पछि न्युजिल्यान्डमा रहेका स्टोक्स आईपीएलको लागि अझै युएई फर्केका छैनन् भने उनि फर्कने या नफर्कने निश्चित छैन। इंग्ल्यान्डलाई विश्वकप जिताएका स्टार अलराउण्डरको अनुपस्थितिले टिमलाई निकै ठुलो घाटा पुगेको छ। युएई फर्केता पनि क्वारेन्टाइनमा ६ दिन बिताउनु पर्ने हुँदा कम्तिमा आधा खेल उनले गुमाउने निश्चित छ।

राजस्थानको सम्भावित ११ : यसस्वी जयसवाल, रोबिन उथप्पा, स्टिभ स्मिथ ( कप्तान )✈️ , डेभिड मिलर✈️, संजु स्यामसन ( विकेटकिपर ) , टम करन✈️, रियान पराग, श्रेयस गोपाल, जोफ्रा आर्चर✈️, जयदेव उनदकत, वरुण अरुण

IPL : “दुखाइ शान्त भएको छ” आश्विनले दिए दोश्रो खेल खेल्ने संकेत

बैंगलोरको पहिलो जितमा चाहलको उत्कृस्ट बलिंग

वार्नर दुर्भाग्यपूर्ण तरिकाले आउट

शाहिन अफ्रिदीले ४ बलमा लिए ४ विकेट ( भिडियो सहित )

“ठूलो गल्ति ?” सुपर ओभरमा मायाँकलाई नपठाएपछि पन्जाब टिमको आलोचना





थप समाचार

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]

एसीसी टि-२० महिला : नेपाल सेमिफाइनलमा

एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । स्कोरकार्ड , अंकतालिका  मलेसियाको किनरारा ओभल क्रिकेट […]