रोहित, पोलार्ड र पान्ड्या चम्किदा मुम्बईद्वारा पन्जाबलाई चुनौतीपूर्ण लक्ष्य



युएईमा जारि आईपीएल टि-२० अन्तर्गत १३ औं खेलमा मुम्बई इन्डीएन्स र किंग्स-११ पन्जाब प्रतिस्पर्धा गरिरहेका छन्।

शेख जायद स्टेडियम, अबुधाबीमा टस हारेर ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९१ रन बनाएको छ।

मुम्बईको लागि कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाए जुन क्रममा ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। काइरन पोलार्डले अविजित ४७ तथा हार्दिक पान्ड्याले अविजित ३० रन बनाए।

टस हारेर ब्याटिंग गरेको मुम्बईको सुरुवात राम्रो हुन सकेन। ओपनर क्विन्टन डीककलाई पहिलो ओभरमा खाता नखोली शेल्डन कटरेलले बोल्ड गरे। चौथो ओभरमा १० रन बनाएका सुर्यकुमार यादबलाई मोहम्मद शामीले रन आउट गरे। त्यसपछि तेश्रो विकेटको लागि ओपनर रोहित शर्मा र इशान किशनले ६२ रनको साझेदारी गरे। १४ औं ओभरमा किशनलाई अफस्पिनर कृष्णप्पा गोथमले क्याच आउट गराए। किशनले ३२ बलमा १ चौका र १ छक्का मद्दतले २८ रन बनाए।

१७ औं ओभरमा आउट हुनु अघि रोहितले ४५ बलमा ८ चौका र ३ छक्का हिर्काए

चौथो विकेटको लागि रोहितले काइरन पोलार्डसंग साझेदारी अघि बढाए जुन क्रममा दुवैले आक्रामक ब्याटिंग सुरु गरे। रोहितले यस क्रममा जेम्स निशमले गरेको १६ औं ओभरमा २ छक्का र २ चौका हिर्काए।

१७ औं ओभरमा मोहम्मद शामीले रोहितलाई क्याच आउट गराउदै ४१ रनको साझेदारी तोडे। रोहितले लंगअफमा प्रहार गरेको सटलाई बाउन्ड्रीमा ग्लेन म्याक्सवेलले शानदार फिल्डिंग गर्दै निशमलाई क्याच पास गर्दै विकेट लिएका थिए। ४५ बलमा रोहितले ८ चौका र ३ छक्का प्रहार गरे।

रोहितको विकेट पछि हार्दिक पान्ड्या र पोलार्डले आक्रामक ब्याटिंग गरे। जेम्स निशमको १८ औं ओभरमा पान्ड्याले २ चौका र १ छक्का हिर्काए। त्यसपछि शामीको १९ औं ओभरमा पान्ड्याले १ चौका र पोलार्डले ३ चौका प्रहार गरे। त्यसपछि अन्तिम ओभरमा कृष्णप्पा गौतमलाई हार्दिक पान्ड्याले एउटा तथा काइरन पोलार्डले ३ वटा छक्का प्रहार गरे।

१५ ओभरमा १०२/३ को अवस्थाबाट मुम्बईले अन्तिम ५ ओभरमा मात्र १ विकेट गुमाएर ८९ रन बनायो। १६ औं ओभरमा २२ रन, १८ औं ओभरमा १८ रन, १९ औं ओभरमा १९ रन तथा २० औं ओभरमा २५ रन बनेको थियो।

पोलार्डले अविजित ४७ रन बनाए जुन क्रममा २० बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै हार्दिक पान्ड्याले अविजित ३० रन बनाए जुन क्रममा ११ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

पन्जाबको बलिंगमा शेल्डन कटरेल ( ४-१-२०-१ ) , मोहम्मद शामी ( ४-०-३६-१ ) , कृष्णप्पा गोथम ( ४-०-४५-१ ) ले समान १ विकेट लिए। रभी बिस्नोइ ( ४-०-३७-० ) र जेम्स निशं ( ४-०-५२-२  ) विकेटविहिन रहे।

लिग अन्तर्गत अघिल्लो खेलमा पन्जाब राजस्थान रोयल्ससंग पराजित भएको थियो भने पन्जाब सुपर ओभरमा बैंगलोरसंग पराजित भएको थियो। दुबै टोलीले लिगमा समान ३-३ खेल खेलिसकेका छन् जसमा समान १-१ जित सहित पन्जाब अकंतालिकाको पाचौं तथा मुम्बई इन्डियन्स अकंतालिकाको छैटौं स्थानमा छ।

IPL : रोहितले पुरा गरे ५ हजार रन, लिग इतिहासकै मात्र तेश्रो ब्याट्सम्यान

IPL : गत सिजनको तुलनामा बढ्यो आईपीएलको दर्शक

विवादास्पद निर्णय : स्पाइडरक्यामलाई छोएता पनि उनदकतलाई क्याच आउट दिएपछि

आर्चरले फाले सिजनकै सबैभन्दा तीव्र गतिको बल, जान्नुस कति थियो गति

क्यानले खेलाडी वर्गीकरण फेरी गर्ने