आईपीएल अक्सन : ठुलो मूल्यमा बैंगलोरले भित्र्यायो जेमीसनलाई



भारतको चेन्नाईमा जारि आईपीएलको मिनी अक्सनमा न्युजिल्यान्डका फास्ट बलिंग अलराउण्डर कायल जेमीसन महँगो मूल्यमा बिक्रि भएका छन्।

जेमिसनलाई बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले १५ करोड भारतीय रुपैयाँ ( २४ करोड नेपाली रुपैयाँ ) मा टिममा भित्र्याएको हो। जारि अक्सनमा क्रिस मोरिस ( १६.२५ करोड भारु ) पछि कुनै पनि क्रिकेटरले पाएको यो दोश्रो धेरै रकम हो।

जेमिसनले अक्सनमा महँगो मूल्य पाउने अनुमान पहिले देखि गरिएको थियो। उनलाई लिन बैंगलोर पछि पन्जाब किंग्स, र दिल्ली क्यापिटलले बोलि लगाएको थियो।

७५ लाख बेस प्राइस राखेका जेमिसनलाई बैंगलोरले सुरुवाती बोलि लगाएपछि दिल्ली र बैंगलोर बीच प्रतिस्पर्धा भएको थिओ। दिल्लीले ७.२५ करोड बोलि लगाएपछि बैंगलोरले ७.५० करोड बोलि लगाएको थियो। त्यति बेला पन्जाबले ८.२५ करोड बोलि लगाएको थियो जसपछि दिल्लीले बोलि लागौं छोड्यो। त्यसपछि मूल्य बढ्दै जाँदा पन्जाबले १४.७५ करोड बोलि लगाएको थियो जसपछि बैंगलोरले १५ करोड अन्तिम बोलि लगाउदै जेमीसनलाई लिएको थियो।

न्युजिल्यान्डको लागि मात्र ४ वटा टि-२० अन्तर्राष्ट्रिय खेलेका ६ फिट ८ इन्च अग्ला जेमिसनले गत वर्ष नोभेम्बरमा वेस्टइन्डिज बिरुद्ध डेब्यु गरेका थिए। ४ खेलमा उनले ३ विकेट लिएका छन्। ३८ प्रथम श्रेणी टि-२० खेलेका उनले ५४ विकेट लिएका छन्।

गत वर्ष फेब्रुअरीमा भारत बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका जेमिसनले डेब्युमा अविजित २५ रन बनाउनुको साथै २ विकेट पनि लिएका थिए। २६ वर्षीय क्रिकेटरले ६ टेस्टमा ३६ विकेट लिईसकेका छन्।

चेन्नाई टिम : 

रिटेन भएका खेलाडीहरु : महेन्द्र सिंह धोनी, फाफ डु प्लेसी, रुतुराज गायकवाड, सुरेश रैना, अम्बाती रायडु, एन जगदिशन, रोबिन उथप्पा, रभिन्द्र जडेजा, स्याम करन, ड्वेन ब्राभो, कर्ण शर्मा, साइ किशोर, मिचेल स्यान्टनर, इमरान ताहिर, दिपक चाहर, शार्दुल ठाकुर, लुंगी एनगीडी, जोश हेजलवुड, केएम आसिफ

मिनी अक्सनबाट भित्रिएका क्रिकेटरहरु : मोइन अलि ( ७ करोड भारु ) , क्रिश्नप्पा गोथम ( ९.२५ करोड भारु ) , चेतेश्वर पुजारा ( ५० लाख भारु )

यो पनि पढ्नुस :-

आईपीएल अक्सन : बिक्रि भएनन् सन्दिप

आईपीएल अक्सन : चेन्नाईले रेकर्ड मूल्यमा भित्र्यायो गोथमलाई

आईपीएल अक्सन : इतिहासकै महँगो मूल्यमा बिक्रि भए मोरिस





थप समाचार

BBL : प्लेअफ नखेली स्वदेश फर्कदै सन्दिप, यस्तो रह्यो प्रदर्शन

अस्ट्रेलियामा जारि बिग ब्यास लिगको चौधौं खेल खेलेसंगै नेपाली रास्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने बिहिबार नेपाल फर्कदैछन्। नेपाली राष्ट्रिय क्रिकेट […]

नजिकबाट चिन्नुस को हुन् राष्ट्रिय टिमका नयाँ सदस्य लोकेश बम

युवा ब्याट्सम्यान बिबेक यादव र लोकेश बमले पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउन सफल भएका छन्। फेब्रुअरी १७ तारिख […]

टि-२० विश्वकप छनोटको लागि टिमको घोषणा : सोमपाल र बिनोद बाहिर, लोकेश र बिबेक टिममा

ओमानमा फेब्रुअरी १७ तारिख देखि आयोजना हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले १६ सदस्यीय टिमको घोषणा […]

प्रधानमन्त्री कप टि-ट्वान्टीको उपाधि एपीएफलाई

फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले उचालेको छ । […]

शक्ति गौचन पराजित

पूर्व स्टार राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरि बहादुर थापा रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन्। बुधबार […]

BBL : सन्दिप सिजनकै महँगो सावित, म्याक्सवेल र मेलबर्नको नयाँ कीर्तिमान

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने आफ्नो चौधौं खेलमा महँगो सावित […]