IPL : अहमदावाद नयाँ टिम हुने लगभग निश्चित, २ वटा टिम थप्न छलफल



भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले डिसेम्बर २४ तारिखमा वार्षिक साधारण सभा गर्दैछ। आईपीएलको आगामी सिजनमा दुईवटा नयाँ टिम थप्ने प्रस्ताव साधारणसभामा चर्चा हुने तय भैसकेको छ।

भारतीय मिडियाहरुका अनुसार आईपीएलको नयाँ टिमको रुपमा अहमदावाद नयाँ टिम हुने निश्चित जसो रहेको छ। यस्तै लखनउ, कानपुर, पुने जस्ता टिमहरुको बारेमा पनि बोर्डको साधारण सभाले २०२१/२२ को सिजनमा १ भन्दा बढी टिम थप्ने निर्णय गरेको खण्डमा छलफल हुनेछ।

रिपोर्टका अनुसार गौतम अदानीको स्वामित्व रहेको अदानी ग्रुप र सन्जिब गोएन्का स्वामित्वको आरपीएसजी रहेको आरपीएसजी आईपीएलको नवौं टिमको सबैभन्दा ठुलो दावेदार रहेका छन्। अहमदावादमा भारतकै सबैभन्दा ठुलो क्रिकेट स्टेडियम बन्दै गरेको हुँदाले उनीहरुको रुची अझ बढेको छ। अर्कोतर्फ यस अघि २ वर्ष राईजिंग पुने सुपर जायन्टस टिमको मालिक रहीसकेका गोएन्का पुनः लिगमा जोडिन आतुर छ।

दक्षिण भारतका चर्चित कलाकार मोहनलाल सहित दक्षिण भरतका ठुला बिजनेस हाउसले पनि टिम लिन चासो देखाएको छ।

अदानी र गोएन्का बाहेक दक्षिण भारतका चर्चित कलाकार मोहनलाल सहित दक्षिण भरतका ठुला बिजनेस हाउसले पनि टिम लिन चासो देखाएको छ। मोहनलाल आईपीएल २०२० को दौरान बिसीसीआईका अधिकारीहरुसंग पनि देखिएका थिए।

बिसीसीआईले नयाँ टिमको लागि टेण्डर आह्वान गर्ने बारे अधिकारिक घोषणा गरिसकेको छैन। बिसीसीआई आफ्नो योजना अनुसार अघि बढेको खण्डमा आईपीएल २०२१ अगाडी मेगा-अक्सन समेत आयोजना हुनेछ। श्रोतका अनुसार बिसीसीआईले टिमहरुलाई साधारणसभा पछि अक्सन आयोजना हुने बताईसकेको छ।

आईपीएल २०२१ मा अक्सन हुँदा चेन्नाई सुपर किंग्स जस्तो टिमको लागि राहतको खबर हुनेछ जो नयाँ टिम निर्माण गर्न चाहन्छ। महेन्द्र सिंह धोनीले पनि आईपीएल २०२० को अन्त्यमा नयाँ टिम निर्माण गर्ने स्पस्ट बताइसकेका छन्। चेन्नाई बाहक राजस्थान, पन्जाब, हैदरावाद, बैंगलोर जस्ता टिमहरुले पनि अर्को सिजनको लागि ठुलो अक्सन गर्न माग गरेका छन्। तर यो बारे अन्य टिमहरुले भने एकमत देखाएका छैनन्।

आईपीएल २०२१ को आयोजना मार्चको अन्तिममा सुरु हुने बताईएको छ।





थप समाचार

प्रम कप : रोमान्चक खेलमा एपीएफद्वारा आर्मी ६ रनले पराजित, एपीएफ समुह विजेता

त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह ‘ए’ को विजेताको रुपमा […]

प्रम कप : पुलिस सेमीफाइनलमा

समुह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। […]

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]