युएईमा जारि इन्डीएन प्रिमियर लिग अन्तर्गत ४० औं खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै चौथो जित दर्ता गरेसंगै लिगको प्ले-अफ दौड अझ रोचक बनेको छ। जितपछि अंकतालिकामा सातौँ स्थानमा रहेको हैदरावाद १० खेलमा चौथो जितपछि ८ अंक बटुल्दै पाँचौ स्थानमा उक्लेको छ। समान ८ अंक रहेता पनि पन्जाब र राजस्थान नेट रनरेटमा पछि रहँदै छैठौं र सातौँ स्थानमा पुगेको छ। पन्जाब, राजस्थान र हैदरावादको समान ४ जित पछि ८ अंक हुँदा शिर्ष-४ मा प्रवेशको दौड थप रोमान्चक बनेको छ।
आईपीएलको लिग चरणमा सबैले समान १४ खेल खेलीसकेपछि शिर्ष-४ टिम प्लेअफमा पुग्छन्। अंकतालिकाको शिर्ष स्थानमा रहने २ टिमले पहिलो क्वालिफायर खेल्न पाउछन् जुन खेल जित्ने टिम सिधै फाइनल पुग्छ। उक्त खेलमा पराजित हुने टिमले अंकतालिकामा तेश्रो र चौथो हुने टिम बीचको खेलको विजेता टिमसंग दोश्रो क्वालिफायर खेल्छ। दोश्रो क्वालीफायर जित्ने टिम फाइनल पुग्छ।
दिल्ली र बैंगलोर समान १४ अंक सहित प्लेअफ पुग्ने सम्भावना मजबुत गरेर बसेको छ जसलाई अब एउटा जितले प्लेअफ पुर्याउन सक्छ। दिल्लीले आगामी खेल कोलकातासंग शनिवार तथा बैंगलोरले आइतबार चेन्नाईसंग खेल्नेछ। २ टिमको सम्भावना बलियो देखिंदा तेश्रो र चौथो टिमको लागि टिमहरुको प्रतिस्पर्धा रोचक हुने देखिन्छ।
मुम्बईले शुक्रबार चेन्नाईलाई पराजित गरेको खण्डमा नेट रन रेटमा दिल्ली र बैंगलोरलाई पछि पर्दै शिर्ष स्थानमा पुग्नेछ भने प्लेअफ पक्का जसो हुनेछ। मुम्बई जिते चेन्नाईको सम्भावना अधिकारिक रुपमा समाप्त हुनेछ। चेन्नाई जितेको खण्डमा झिनो आशा कायम हुनेछ। बाँकी सबै खेल जितेर पनि चेन्नाई प्लेअफ पुग्न अन्य टिमको खण्डमा पनि चेन्नाईले अन्य टिमहरुको नतिजा कुर्नुपर्नेछ।
हैदरावाद, पन्जाब र राजस्थानको समान ८ अंक रहेको छ जसले १० अंक रहेको कोलकातालाई पछ्याइरहेका छन्। शनिवार कोलकाता र दिल्ली तथा पन्जाब र हैदरावाद बीचको खेलले प्लेअफ पुग्ने टिमको निर्क्यौलमा धेरै कुरा स्पस्ट हुनेछ। पन्जाबले हैदरावादलाई हराएको खण्डमा र संगै कोलकाता दिल्लीसंग हारेको खण्डमा पन्जाबको सम्भावना मजबुत हुनेछ। कोलकाताले दिल्लीलाई पराजित गरे १२ अंक बटुल्दै कोलकाताको प्ले-अफ सम्भावना बढी मजबुत हुनेछ। हैदरावादले पन्जाबलाई पराजित गरे पन्जाबको सम्भावना मुस्किल बन्नेछ भने हैदरावादको सम्भावना बढ्नेछ। आइतबार बैंगलोर र चेन्नाई तथा राजस्थान र मुम्बई बीचको प्रतिस्पर्धाले अझ प्लेअफ दौडको समिकरण स्पस्ट पार्नेछ।

अबको खेलहरुमा अंकतालिकाको तल्लो क्रममा रहेका ५ वटा टिमलाई खेल जित्नु अत्यन्त महत्वपूर्ण छ। एउटा हारले पनि प्ले अफ सम्भावना कमजोर र समाप्त हुनसक्छ। अझ विशेष गरि कोलकाता, हैदरावाद, पन्जाब र राजस्थानको सम्भावना अझै राम्रो रहेको हुँदा बढी साबधान हुनुपर्नेछ। चेन्नाईलाई भने अब चमत्कारले मात्रै जोगाउन सक्ने देखिन्छ।
लिगको आगामी ५ खेल
अक्टोबर २३ ( शुक्रबार ) – चेन्नाई Vs मुम्बई
अक्टोबर २४ ( शनिवार ) – कोलकाता Vs दिल्ली तथा पन्जाब Vs हैदरावाद
अक्टोबर २५ ( आइतबार ) – बैंगलोर Vs चेन्नाई तथा राजस्थान Vs मुम्बई
लिगमा सबै टिमको बाँकी खेलहरु को-को छन् ( सुरुवात देखि अन्तिम खेलको क्रम )
दिल्ली : कोलकाता, हैदरावाद, मुम्बई र बैंगलोर
बैंगलोर : चेन्नाई, मुम्बई, हैदरावाद र दिल्ली
मुम्बई : चेन्नाई, राजस्थान, बैंगलोर र दिल्ली
कोलकाता : दिल्ली, पन्जाब, चेन्नाई र राजस्थान
हैदरावाद : पन्जाब, दिल्ली, बैंगलोर र मुम्बई
पन्जाब : हैदरावाद, कोलकाता, राजस्थान र चेन्नाई
राजस्थान : मुम्बई, पन्जाब र कोलकाता
चेन्नाई : मुम्बई, बैंगलोर, कोलकाता र पन्जाब
पाण्डे, होल्डर र शंकर चम्किदा राजस्थान बिरुद्ध हैदरावादको शानदार जित
आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर
“मलाई लाग्दैन कि धेरै मानिसहरूलाई आरसीबीमा विश्वास छ।” कोहली