IPL : प्ले-अफ पुग्न कुन टिमले के गर्नुपर्छ, हेर्नुस समीकरण



आईपीएलको ४१ औं खेल सकिएपछि सबै टिमले १०/११ खेल खेलीसकेका छन्। अब समुह चरणमा मात्र १५ खेल बाँकी रहेको छ। अझै पनि कुनै पनि टिम अधिकारिक रुपमा न प्ले-अफ चरण पुगका छन् नत कुनै टिम प्रतियोगिताबाट अधिकारिक रुपमा बाहिर भएका छन्।

अंकतालिका हेर्दा दिल्ली क्यापिटल्स, मुम्बई इन्डीएन्स, रोयल च्यालेन्जर्स बैंगलोर १४ अंक सहित प्ले-अफ पुग्ने संघारमा रहेका छन्। चौथो स्थानमा रहने टिमको निर्क्योल गर्न कडा प्रतिस्पर्धा हुने देखिन्छ जसमा चेन्नाई पनि अझै रहेको छ। चेन्नाई ११ खेल पछि ६ अंक रहँदै पुछारमा रहेको छ। यो लेखमा सबै ८ टिमको प्ले-अफ पुग्ने समीकरणहरुको विश्लेषण गरेका छौँ –

किंग्स -११ पन्जाब ( खेल १० , अंक ८ , नेट रन रेट -०.१७७ ) , आगामी खेल : हैदरावाद, कोलकाता, राजस्थान र चेन्नाई

पन्जाबको लागि परिस्थिति रोचक रहेको छ जो ८ अंक सहित अंकतालिकामा छैठौं स्थानमा छ। यदी पन्जाबले सबै ४ खेल जितेको खण्डमा प्लेअफ पुग्न सक्छ। जुन अन्तिम खेलहरुको लय देख्दा असम्भव पनि छैन। एउटा हार बेहोरेको खण्डमा पनि सम्भावना त रहन्छ त्यसको लागि १-२ वटा खेल राम्रो नेट रन रेटमा जित्नुपर्नेछ। कम्तिमा ४ खेलमा ३ जित भने पन्जाबलाई आवस्यक छ।

पन्जाबले के गर्नु पर्छ : बाँकी ४ खेल मध्ये कम्तिमा ३ खेल जिते पनि प्ले-अफ सम्भावना रहन्छ तर सबै ४ खेल जितेमा भने प्ले-अफ पक्का हुनेछ। पछिल्लो खेलहरुको लय देख्दा पन्जाबको सम्भावना देखिन्छ तर भर पर्न सकिने टिम भने पन्जाब हैन।

कोलकाता नाइट राइडर्स ( खेल १० , अंक १० , नेट रन रेट -०.८२८ ) , आगामी खेल : दिल्ली, पन्जाब, चेन्नाई र राजस्थान

१० अंक सहित हाल चौथो स्थानमा रहेको कोलकाता अन्य टिम भन्दा राम्रो अवस्थामा रहेको छ। यदी कोलकाताले ४ मध्ये ३ खेलमा जित दर्ता गर्ने हो भने टिम प्ले-अफ पुग्नेछ। तर यदी २ खेल मात्र जित्ने हो भने नेट रन रेट कमजोर रहेकोले सम्भावना निकै कमजोर हुनेछ। तर लिगमा फर्म हेर्दा कोलकातालाई ३ खेल जित्न मुस्किल हुने देखिन्छ। २ खेल मात्रै जितेको खण्डमा कम्तिमा एउटा जित ठुलो अन्तरको हुनु जरुरि छ।

कोलकाताले के गर्नुपर्छ : बाँकी ४ मध्ये ३ खेल जित्ने जसले प्ले-अफ प्रवेश ग्यारेन्टी गर्छ

मुम्बई इन्डीएन्स ( खेल १० , अंक १४, नेट रन रेट  +१.४४८ ) , आगामी खेल : राजस्थान, बैंगलोर, दिल्ली र हैदरावाद

चेन्नाई बिरुद्ध १० विकेटको जितले मुम्बई प्लेअफमा पुग्ने निश्चित जसो छ। अंकतालिकामा १४ अंक सहित शिर्ष स्थानमा रहेको मुम्बईले अब मात्र एउटा खेल जिते प्ले-अफ पुग्ने अधिकारिक रुपमा पक्का हुन्छ। तर दिल्ली जस्तै मुम्बई पनि शिर्ष-२ मा पुग्न चाहन्छ।

मुम्बईले के गर्नुपर्छ : अब १ जितले मुम्बई प्लेअफ पुग्छ भने कम्तिमा २ जितले उत्कृस्ट-२ पुग्न सक्छ। मुम्बईको लय र टिम हेर्दा शिर्ष-२ पुग्न मुस्किल देखिन्न।

राजस्थान रोयल्स ( खेल ११ , अंक ८ , नेट रन रेट -०.६२० ) , आगामी खेल : मुम्बई, पन्जाब र कोलकाता

राजस्थान रोयल्स तालिकामा ८ अंक सहित सातौँ स्थानमा छ। अब राजस्थानको लागि प्लेअफ पुग्न सहज समीकरण छ त्यो हो बाँकी ३ वटै खेल जित्ने र आशा गर्ने कि अन्य ४ टिमले १४ वा त्यो भन्दा कम अंक बटुल्न सकुन्। अब राजस्थानको बाँकी खेल मुम्बई, पन्जाब र कोलकाता बिरुद्ध रहेको छ। मुम्बई बिरुद्ध राजस्थानको रेकर्ड राम्रो रहेको छ भने कोलकाता र पन्जाबलाई पराजित गर्ने क्षमता राख्छ। तर टिमको बाधा टिमको कमजोर नेट रन रेट हो।

राजस्थानले के गर्नु पर्छ : सबै ३ खेल जित्ने र आशा गर्ने कि अन्य टिमको १४ भन्दा अंक पार नहोस् र नेट रन रेटमा राजस्थान अघि होस्।

दिल्ली क्यापिटल्स ( खेल १० , अंक १४ , नेट रन रेट  +०.७७४ ) , आगामी खेल : कोलकाता, हैदरावाद, मुम्बई र बैंगलोर

दिल्लीले बाँकी ४ खेल मध्ये मात्र १ खेल जितेको खण्डमा प्ले-अफ छनौट पक्का हुनेछ। एउटा जितपछि दिल्लीको अंक १६ पुग्नेछ। तर दिल्ली प्ले-अफ पुग्ने भन्दा शिर्ष-२ पुग्ने दौडमा छ।

दिल्लीले के गर्नु पर्छ : अब दिल्लीले एक खेल जिते प्लेअफ पुग्नेछ भने कम्तिमा २ खेल जितेमा उत्कृस्ट-२ पुग्न सक्छ। दिल्लीको लय देख्दा त्यो सम्भव पनि देखिन्छ।

रोयल च्यालेन्जर्स बैंगलोर ( खेल १० , अंक १४  नेट रन रेट +०.१८२ )  , आगमी खेल : चेन्नाई, मुम्बई, हैदरावाद र दिल्ली

बैंगलोर १० खेलमा १४ अंक पछि तेश्रो स्थानमा रहेको छ जसलाई प्लेअफ पुग्न १ जित आवस्यक छ। इतिहासको प्रदर्शन हेर्दा प्ले-अफ पुग्नु बैंगलोरको लागि ठुलो उपलब्धि हुनेछ। बैंगलोरले आगामी ४ खेलमा कडा प्रतिद्वन्द्वीको सामना गर्दैछ त्यसैले शिर्ष-२ प्रवेश गर्न सहज भने छैन।

बैंगलोरले के गर्नुपर्छ : ४ खेलमा एउटा खेल मात्र जिते बैंगलोर प्ले-अफ पुग्नेछ।

चेन्नाईलाई अब चमत्कारिक नतिजाले मात्र प्लेअफ पुर्याउन सक्छ

सनराइजर्स हैदरावाद ( खेल १० , अंक ८ , नेट रन रेट +०.०९२ ) , आगामी खेल : पन्जाब, दिल्ली, बैंगलोर र मुम्बई

अंकतालिकामा पाँचौ स्थानमा रहेता पनि हैदरावादको सकारात्मक रन रेटले टिमको आशा बढी छ। हैदरावादले बाँकी ४ वटै खेल जितेको खण्डमा प्ले-अफ पुग्ने ग्यारेन्टी छ। यदी १ खेल हारेको खण्डमा अर्को टिमको पनि १४ अंकनै भएको खण्डमा पनि नेट रन रेटमा हैदरावाद अघि बढ्न सक्छ।

हैदरावादले के गर्नुपर्छ : कम्तिमा ४ मध्ये ३ खेल जिते प्ले-अफ छनौट हुने सम्भावना प्रवल हुनेछ।

चेन्नाई सुपर किंग्स ( खेल ११ , अंक ६ , नेट रन रेट -०.७३३ ) , आगामी हेल : बैंगलोर, कोलकाता र पन्जाब

मुम्बईसंग पराजित भएपछि अंकतालिकामा पुछारमा ६ अंक सहित रहेको चेन्नाईको अझै पनि गणितीय रुपमा सम्भावना जीवित छ। यदी चेन्नाईले सबै ३ वटै खेल जित्ने हो भने उसको १२ अंक हुनेछ। र यदी दिल्ली, मुम्बई र बैंगलोर प्ले-अफ छनौट भएको खण्डमा चेन्नाईले अर्को टिमले पनि १२ अंक भन्दा बढी नबटुलोस् भन्ने कामना गर्नुपर्छ।

चेन्नाईले के गर्नु पर्छ : यसको लागि सबै भन्दा पहिले बैंगलोर, मुम्बई र दिल्ली प्लेअफ पुग्नेपर्छ। त्यसपछि सबै ३ खेलमा जितपछि चेन्नाईसंगै अन्य टिमको १२ अंकनै हुनुपर्नेछ। यसो भएको खण्डमा नेट रन रेटमा चेन्नाईको सम्भावना छ। चौथो स्थानमा रहेको कोलकाताको नेट रन रेट चेन्नाईको भन्दा पनि कम -०.८२८ रहेको हुँदा चेन्नाईको सम्भावना छैन भन्न सकिन्न। तर सम्भावना भने छैन बराबरनै छ।

आफ्नै रेकर्ड तोड्दै इमरान ताहिरले स्याम करनसंग बनाए साझेदारीको नयाँ रेकर्ड

“पक्कै पिंडा हुन्छ” धोनीले बताए लिगमा खराब प्रदर्शनको कारण

“हामि उनीहरुलाई १०० भन्दा मुनि रोक्न चाहन्थ्यौ” पोलार्ड

इतिहासमै पहिलो पटक चेन्नाई १० विकेटले पराजित, मुम्बई पुनः शिर्षमा