IPL : बैंगलोरबाट ओपनिंग गर्न सक्छन् यी युवा खेलाडी



मोहम्मद अजहरुद्दीनको आफ्नो आइडल बिराट कोहलीसंग खेल्ने सपना यही अप्रिल ९ तारिखमा पुरा हुनसक्नेछ। रोयल च्यालेन्जर्स बैंगलोरका नियमित ओपनर देभदत्त पडीक्कल कोरोना संक्रमित भएपछि मुम्बई बिरुद्ध आईपीएलको उद्घाटन खेल गुमाउने बताईएको छ। यो परिस्थितिमा अप्रिल ९ तारिखमा आरसीबिको इनिंग्सको सुरुवात मोहम्मद अजहरुद्दीनले गर्न सक्नेछन्।

“बिराट सर मेरो आईडल हुनुहुन्छ। म वहाँको ठुलो फ्यान हुँ र वहाँनै मेरो प्रेरणाको श्रोत पनि हुनुहुन्छ। वहाँसंगै खेल्नु , एउटै ड्रेसिंग रुम सेयर गर्नु मेरो लागि सपना सकार भए जस्तै हुनेछ।” मोहम्मद अजहरुद्दीनले बताए।

“तर मेरो थुप्रै सपनाहरु रहेको छ। मेरो सबैभन्दा ठुलो सपना भनेको अरु जस्तै भारतको लागि खेल्नु हो। मेरो तत्कालको सपना आईपीएलमा निडर क्रिकेट खेल्नु हो”

“मलाई आउट हुनबाट डर लाग्दैन। यो आईपीएल सिजन मेरो लागि हेर्ने र सिक्ने अवसर हुनेछ। मेरो क्रिकेट सिजन राम्रो रहेको छ जसलाई म निरन्तरता दिन चाहनेछु।”

अजहरुद्दीनलाई आईपीएल अक्सन २०२१ मा बैंगलोरले बेस प्राइस २० लाख भारुमा टिममा भित्र्याएको थियो।

भारतीय घरेलु क्रिकेटमा केरलाको प्रतिनिधित्व गर्ने अजहरुद्दीनले यो वर्ष जनवरीमा सयद मुस्ताक अलि टि-२० ट्रफीमा मात्र ३७ बलमा शतक बनाएका थिए जुन भारतीय क्रिकेट इतिहासमै टि-२० क्रिकेटमा संयुक्तरुपमा तेश्रो छिटो शतक थियो। मुम्बई बिरुद्ध १९७ रनको लक्ष्य पछ्याउने क्रममा ओपनिंग गरेका उनले मात्र ५४ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै अविजित १३७ रन बनाउदै केरलालाई ऐतिहासिक जित दिलाएका थिए। भारतीय घरेलु क्रिकेट इतिहासमै केरलाको लागि घरेलु टि-२० मा शतक बनाउने उनि पहिलो ब्याट्सम्यान समेत बनेका थिए।

२७ वर्षीय दायाँ हाते विकेटकिपर ब्याट्सम्यानले २४ टि-२० खेल्ने क्रममा १४२.२७ को स्ट्राईक रेट तथा २२.५० को औशतमा ४५१ रन बनाएका छन्। उनले २०१६ मा केरलाको लागि टि-२० डेब्यु गरेका थिए भने २०१५ मा रन्जी ट्रफी डेब्यु गरेका थिए।

आईपीएल २०२० मा बैंगलोरको लागि डेब्यु गरेका बायाँ हाते ब्याट्सम्यान देभदत्त पडीक्कलले त्यससिजन उत्कृस्ट प्रदर्शन गर्ने क्रममा १५ खेलमा ५ वटा अर्धशतक प्रहार गर्दै ४७३ रन बनाएका थिए। कोरोना संक्रमित भएपछि उनि १० दिन सेल्फ आईले अथवा सोलेसनमा बस्नेछन् जसकारण बैंगलोरले खेल्ने पहिलो दुईवटा खेल गुमाउने भएका हुन्।

पडीक्कलको स्थान अजहरुद्दीन वा न्युजिल्यान्डका विकेट किपर ब्याट्सम्यान फिन एलेनले लिन सक्नेछन्। एलेनले गत साता बंगलादेश बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा १८ बलमा अर्धशतक बनाउदै चर्चा बटुलेका थिए।

विकेटकिपिंग पनि गर्ने हुनाले अजहरुद्दीन खेल्दा कप्तान कोहलीले उनलाई विकेटकिपरको रुपमा समेत प्रयोग गर्न सक्नेछन्।

“म सुरुवात देखि निडर क्रिकेट खेल्दै आएको छु र सुरुवात देखि बललाई बीचबाट हान्नमा विश्वास गर्छु। मलाई निकै आशा छ कि मैले आईपीएलमा केहि खेलमा मौका पाउनेछु। मलाई कुन पोजिसनमा सोध्नु भयो भने म देभदत्त पडीक्कलसंग ओपनिंग गर्न चाहन्छु। तर मलाई टिम व्यवस्थापनले जुन स्थानमा खेलाउछ म खेल्न तयार छु।” अजहरुद्दीनले बताएका थिए।

रोयल च्यालेन्जर्स बैंगलोर टिम : बिराट कोहली ( कप्तान), एबी डिविलियर्स, देवदत्त पडीक्कल, मोहम्मद सिराज, नवदीप सैनी, वाशिंगटन सुन्दर, युजवेंद्र चहल, जोशुआ फिलिप, पवन देशपांडे, शाहबाज अहमद, एडम जम्पा, केन रिचर्डसन, डेनियल स्याम्स र हर्षल पटेल, कायल जेमीसन , ग्लेन म्याक्सवेल , ड्यान क्रिस्टीएन , सचिन बेबी , मोहम्मद अझरुद्दीन, सुयश प्रभुदेसाई , कोना श्रीकर भारत

धेरैले पढेको 

आईपीएल मिनी अक्सन पछि कुन टिम कस्तो बन्यो

नेदरल्याण्ड र मलेसियासंग त्रिकोणात्मक सिरिजको लागि नेपाली टिमको घोषणा

ललितपुर मेयर महिला टि-२० : सुमन चम्किदा मेयर्स-११ को पहिलो जित





थप समाचार

हाईस्कोरिंग खेलमा कोलकातालाई हराउदै चेन्नाई शिर्षमा

कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै १४ औं आईपीएल अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले […]

IPL : हैदरावादको पहिलो जित, पन्जाब पुछारमा पुग्दा हैदरावाद पाँचौ स्थानमा

पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल १४ मा पहिलो जित दर्ता गरेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट

जिम्बाबेलाई ११ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले पहिलो टि-ट्वान्टीमा ११ रनको जित दर्ता गरेको छ। जितसंगै तिन वटा टि-ट्वान्टीको […]

बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमा

नेपालमा त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्ड र मलेसिया बीचको खेल बराबरीमा टुंगिएको छ। यो संगै सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड […]

कुपरले उत्कृस्ट ब्याटिंग गर्दा वर्षाप्रभावित खेलमा नेदरल्याण्डले बनायो १०७ रन

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा बुधबार नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रिदेशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट ब्याटिंग गरिरहेका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) […]