IPL प्लेअफ रेस : ३ स्थान, ४ टिम, २ खेल बाँकी, यस्तो छ प्लेअफ समीकरण



आईपीएल २०२० अन्तर्गत मात्र २ खेल बाँकी रहंदा पनि मुम्बई इन्डीएन्स बाहेक अन्य टिमले प्ले-अफमा स्थान पक्का गरेको छैन। आइतबार कोलकाताले राजस्थानलाई पराजित गरेसंगै राजस्थान प्ले-अफ रेसबाट बाहिर भएको छ भने चेन्नाईसंग पराजित हुँदै पन्जाब पनि बाहिर भएको छ। चेन्नाई बाहिर हुने पहिलो टिम थियो। प्लेअफमा ३ स्थानको लागि अब दिल्ली, बैंगलोर, कोलकाता र हैदरावाद बीच प्रतिस्पर्धा हुँदैछ। सम्भावना हेर्दा तुलनात्मक रुपमा दिल्ली र बैंगलोरको प्लेअफ स्थान बढी सहज देखिएको छ।

यस कारण दिल्ली र बैंगलोरलाई बढी सहज 

बैंगलोर, दिल्ली र कोलकाता तिनवटै टिमको १४ अंक रहेको छ तर ३ टिम मध्ये कोलकाताको नेट रन रेट सबैभन्दा कम रहेको छ। सोमबार दिल्ली र बैंगलोर बीच प्रतिस्पर्धा हुँदैछ जसमा २ टिम मध्ये जो विजयी भए पनि कम अन्तरको जित भएमा दुवै टिम प्ले-अफ पुग्नेछ।

कोलकाताको लागि सबै भन्दा सहज बाटो हैदरावादले मुम्बईसंग मंगलबार हार बेहोर्नु हो। कोलकाता प्लेअफ पुग्ने अर्को बाटो बैंगलोर दिल्ली बीचको खेलको जितको अन्तर ठूलो हुनु हो। त्यस्तो भएमा दिल्ली र बैंगलोर बीच खेलमा हार बेहोर्ने टिमको नेट रन रेट कोलकाता भन्दा कम हुनेछ। नत्र दिल्ली र बैंगलोर राम्रो अवस्थामा रहेका छन्।

 प्लेअफ पुग्न कुन टिमले के गर्नु पर्छ 

कोलकाता नाइट राइडर्स ( खेल १४, अंक १४ , नेट रन रेट -०.२१४ )

– हैदरावादले मुम्बईसंग हार बेहोरेको खण्डमा कोलकाता प्लेअफ पुग्नेछ।

– दिल्ली र बैंगलोर बीचको खेलमा पराजित हुने टिमको नेट रन रेट कोलकाता भन्दा कम भएको खण्डमा कोलकाता प्लेअफ पुग्नेछ।

रोयल च्यालेन्जर्स बैंगलोर ( खेल १३, अंक १४, नेट रन रेट -०.१४५ , बाँकी खेल – दिल्लीसंग )

– दिल्लीलाई पराजित गरेमा बैंगलोर प्लेअफको साथै अंकतालिकामा दोश्रो स्थानमा समेत पुग्नेछ।

– दिल्लीसंग पराजित भएमा पनि छनौट हुने सम्भावना अझै रहन्छ जसको लागि कोलकाता भन्दा नेट रन रेटमा अघि हुनु पर्छ

– यदी बैंगलोरले १६० रन बनाएको खण्डमा दिल्लीले कम्तिमा १७.३ ओभर लगाएर लक्ष्य पछ्याउनु पर्छ। यदी पहिले बलिंग गरेको खण्डमा दिल्लीले १६० रन बनायो र खेल बढीमा २१ रनले हारेको खण्डमा कोलकाता भन्दा नेट रन रेटमा बैंगलोर अघि हुनेछ

कोलकाता प्लेअफ पुग्न अन्य टिमको नतिजामा भर पर्नुपर्नेछ

दिल्ली क्यापिटल्स ( खेल १३, अंक १४, नेट रन रेट -०.१५९ , बाँकी खेल बैंगलोरसंग )

– बैंगलोरलाई पराजित गरेमा दिल्ली प्लेअफ पुग्नेछ भने अंकतालिकामा दोश्रो स्थानमा समेत पुग्नेछ।

– बैंगलोरसंग पराजित भएको खण्डमा छनौट हुने सम्भावना अझै रहन्छ जसको लागि कोलकाता भन्दा नेट रन रेटमा अघि हुनु पर्छ।

– यदी दिल्लीले पहिले ब्याटिंग गर्दै १६० रन बनाउछ भने बैंगलोरले कम्तिमा १८ ओभर लगाएर लक्ष्य पछ्याउनु पर्छ। यदी दिल्लीले पहिले बलिंग गरेको खण्डमा १६० रन बनायो र खेल बढीमा १८ रनले हारेमा कोलकाता भन्दा नेट रन रेटमा दिल्ली अघि हुनेछ

सनराइजर्स हैदरावाद ( खेल १३, अंक १२, नेट रन रेट ०.५५५ , बाँकी खेल मुम्बईसंग )

– हैदरावादले अन्तिम खेलमा मुम्बईलाई पराजित गरे प्ले-अफ पुग्नेछ किनकि नेट रन रेट टिमक उत्कृस्ट रहेको छ।

– मुम्बईसंग पराजित भएको खण्डमा भने हैदरावाद बाहिर हुनेछ

यो पनि पढ्नुस :-

कमिन्सले घातक बलिंग गर्दा कोलकाताको शानदार जित, राजस्थान बाहिरियो

आजम र एहमद चम्किदा १ खेल अगावै पाकिस्तानले जित्यो सिरिज

पन्जाबको प्ले-अफ सपना चेन्नाईद्वारा चकनाचुर, गायकवाडको कीर्तिमानी अर्धशतक

पन्जाबसंगको खेल अघि धोनीको ठूलो घोषणा





थप समाचार

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]

प्रम कप : एपीएफ सेमिफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न (ग्रुप ‘ए’) १५ औं खेलमा एपीएफले कर्णालीलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा […]

प्रम कप : लुम्बिनीको दोश्रो जित, सुदूरपश्चिम बाहिरियो

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले दोश्रो जित हात पारेको छ। जितपछि लुम्बिनी समुह […]