आइपिएलमा सट्टेबाजी खेलाउने ३ भारतीय सहित ७ जना पक्राउ



युएईमा जारी इन्डियन प्रिमियर लिग आइपिएलमा सट्टेबाजी खेलाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त, कालिमाटीले सट्टेबाजी खेलाएको आरोपमा आइतबार ६ जनालाई पक्राउ गरेको हो । त्यसमध्ये तीन जना भारतीय रहेको प्रहरीले बताएको छ ।

सोमबार पनि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भइ कमलपोखरीको कोनार्क इन होटलमा बस्दै आएका कुलदीप शरण, सन्जीव शरण र कानपुर घर भई कुलेश्वर बस्दै आएका अजय गौतम छन् ।

त्यस्तै सिन्धुपाल्चोक घर बताउने प्रदीप घिमिरे, कुलेश्वरका उत्तम सापकोटा र सोल्टीमोडका अनिलकुमार बंसल छन् । पक्राउ परेकाहरूमाथि सोधपुछ गरी सोमबार नविन जैनलाई पनि पक्राउ गरेको हो । पुलिसका अनुसार सट्टेबाजीको अपरेसन भारतबाट भएको र पक्राउ पर्नेहरु एजेन्टहरू हुन् ।

“सट्टेबाजीको अपरेसन भारतबाट हुन्छ। यिनीहरू एजेन्टहरू हुन्।  यहाँको मुख्य एजेन्ट भने कुलदीप शरण हुन्।” प्रहरी नायब उपरीक्षक (डिएसपी) अपिलराज बोहराले जानकारी दिए।

भारत बसेर सट्टेबाजी खेलाउने ओम सरह भन्ने व्यक्ति रहेको बताइएको छ । नेपालमा बसेर सट्टेबाजी खेलाउने मुख्य व्यक्ति कुलदीप शरणले ‘डार्क वेब’ प्रयोग गरेको खुलको छ । उनले अरूलाई पासवोर्ड र युजरनेम दिइ डार्क बेवमा प्रवेश गरी सट्टेबाजी खेलाउने गरेको बताइएको छ ।

त्यस्तै यहाँ लगानी गरी उठेको पैसा सबै भारत पठाउने गरेका थिए । उनीहरूले आइपिएल, बिग ब्यास, क्यारेबियन प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिग, लगायतमा पनि सट्टबाजी खेलाउने गरेका थिए ।

उनीहरूबाट मोबाइल, मोटरसाइकल, स्कुटर र एक लाख ८५ हजार १ सय २० रुपैयाँ पनि बरामद भएको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको डिएसपी बोहराले जानकारी दिए।

आईपीएलमा सट्टेबाजी खेलाउने तीन जना पक्राउ

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्यापमा को-को छन् अघि

सिद्धार्थ रङ्गशाला १० वर्षमा १० प्रतिशत काम

IPL : हैदरावादसंग खेलपछि तेवतियाले कसलाई ठड्याए औंला, जान्नुस विवादको कारण

रोमान्चक खेलमा दिल्लीलाई पराजित गर्दै मुम्बई शिर्षस्थानमा

छक्का हान्दै राजस्थानलाई जिताएपछि परागको रोचक नृत्य, खेलपछि बताए रहस्य





थप समाचार

श्रीलंकाद्वारा भारत २२५ रनमै सिमित

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो खेल जारि रहेको छ। आर प्रेमदासा स्टेडियम कोलोम्बोमा टस […]

जिम्बाब्वेद्वारा बंगलादेश पराजित, सिरिज बराबरी

दोश्रो खेलमा बंगलादेशलाई पराजित गर्दै घरेलु टोलि जिम्बाब्वेले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ। हरारे स्पोर्ट्स […]

मधिभिरेको करियरकै उच्च स्कोर, जिम्बाब्वेद्वारा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल जित्न जिम्बाब्वेले बंगलादेशलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको […]

क्यानको सम्पूर्ण घरेलु प्रतियोगिता एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने

नेपाल क्रिकेट संघले ( क्यान )  आयोजना गर्ने सम्पूर्ण घरेलु प्रतियोगिताहरुको प्रत्यक्ष प्रशारण गर्ने अधिकार डिश  मिडिया नेटवर्कले पाएको छ। […]

अभ्यास खेलमा जडेजा र राहुलको उत्कृस्ट प्रदर्शन

भारतको इंग्ल्यान्ड भ्रमण अन्तर्गत अगस्ट ४ देखि सुरु हुने पाँच टेस्टको सिरिज अघि भारत र काउन्टी सेलेक्स-११ बीचको तिन दिवसीय […]

सुरु भयो ‘द हन्ड्रेड’ लिग : प्रतिस्पर्धात्मक खेलमा ओभल विजयी

रोमान्चक खेलमा जोस बटलर कप्तानीको म्यानचेस्टर ओरिजिनल्सलाई ९ रनले पराजित गर्दै स्याम बिलिंग्स कप्तानीको ओभल इन्भिन्सिबल्सले ‘द हन्ड्रेड’ लिगको उद्घाटन […]