IPL कुन सिजन कुन टिमले जितेको थियो



आईपीएलको १३ औं सिजनको उपाधिको लागि दिल्ली क्यापिटल्स र मुम्बई इन्डीएन्स प्रतिस्पर्धा गर्दैछन्। २००८ देखि सुरु भएको लिगको यस अघि सम्पन्न १२ सिजनको उपाधि कुन कुन टिमले जितेका थिए यो लेखमा प्रस्तुत गरेका छौँ –

२००८ – राजस्थान रोयल्स

आईपिएलको सुरुवाती सिजनको उपाधी राजस्थान रोयल्सले आफ्नो नाम गरेको थियो। विश्व चर्चित लेग स्पिनर शेन वार्नको नेतृत्वमा रहेको रोयल्सले फाइनल खेलमा चेन्नई सुपर किङ्ग्सलाई ३ विकेटले पराजित गरेको थियो। फाइनल खेलमा रोयल्सलाई रोमाञ्चक जित दिलाउन युसुफ पठानले ३९ बलमा ५६ रनको शानदार पारी खेलेका थिए। रोयल्सको प्रतिनिधित्व गरेका अष्ट्रेलियाली अल-राउण्डर शेन वाट्सन उक्त सिजन लिगकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। त्यसयता राजस्थानले उपाधी जित्न सकेको छैन।

पहिलो आईपीएल उपाधि राजस्थान रोयल्सले जितेको थियो

२००९ – डेक्कन चार्जर्स

साउथ अफ्रिकामा आयोजना भएको दोस्रो सिजनको आईपिएल डेक्कन चार्जर्सले जितेको थियो। अष्ट्रेलियन ब्याट्सम्यान एडम गिलक्रिस्टको कप्तानीमा रहेको चार्जार्सले फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ रनले पराजित गर्दै उपाधी उचालेको थियो। चार्जर्सलाई उपाधी दिलाउन फाइनलमा गिब्सले महत्वपूर्ण अर्धशतक बनाएका थिए। कप्तान गिलक्रिस्ट लिगकै उत्कृष्ट खेलाडी चुनिएका थिए।

२०१० – चेन्नाई सुपर किङ्ग्स

पहिलो सिजनको उपाधी हात पार्न चुकेको सिएसकेले तेस्रो सिजनमा पहिलो पटक उपाधी जितेको थियो। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको सिएसकेले सचिन तेन्दुलकरको नेतृत्वमा रहेको मुम्बई इन्डियन्सलाई फाइनलमा पराजित गरेको थियो। फाइनलमा सिएसकेका प्रमुख ब्याट्सम्यान सुरेश रैनाले एक विकेट लिनुका साथै ५७ रन बनाएका थिए जसको सहयोगमा चेन्नाई २२ रनले विजयी भएको थियो।

२०११ – चेन्नाई सुपर किङ्ग्स

लगातार दोश्रो उपाधि जित्ने क्रममा सिएसकेले २०११ मा पुनः उपाधि जितेको थियो। फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरमाथी ५८ रनको फराकिलो जित हात पार्दै सिएसके च्याम्पियन बनेको थियो। खेलमा अफ स्पिनर रविचन्द्रन आश्विनले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिएका थिए।

चेन्नाईले ३ पटक लिगको उपाधि जितेको छ

२०१२ – कोलकाता नाइट राइडर्स

लगातार तेस्रो पटक फाइनलको यात्रा तय गरेको सिएसके २०१२ को फाइनल खेलमा कोलकाता नाइट राइडर्स विरुद्ध पराजित भएको थियो। फाइनलमा नाइट राइडर्सका मनविन्दर बिस्लाले ४८ बलमा ८९ रनको आक्रमक पारी खेल्दै कोलकातालाई पहिलो उपाधी दिलाएका थिए।

२०१३ – मुम्बई इन्डियन्स

मुम्बई इन्डियन्सले २०१३ को सिजनमा पहिलो पटक उपाधी जित्ने क्रममा फाइनलमा सिएसकेलाई पराजित गरेको थियो। खेलमा कायरन पोलार्डले ३२ बलमा ६० रनको आक्रामक पारी खेल्दै मुम्बईलाई २३ रनको रोमाञ्चक जित दिलाएका थिए।

२०१४ – कोलकाता नाइट राइडर्स

दोस्रो उपाधी हातपार्ने क्रममा कोलकाताले २०१४ को उपाधी जितेको थियो। फाइनलमा किङ्ग्स-११ पन्जाबमाथी उत्कृष्ट जित निकाल्दै गौतम गम्भीरको नेतृत्वमा टिमले उपाधि जितेको थियो। उक्त खेलमा २०० रनको विजयी लक्ष्य पछ्याएको केकेआरको लागि मनिष पाण्डेको ९४ रनको विस्फोटक इनिंग खेलेका थिए।

२०१५ – मुम्बई इन्डियन्स

२०१५ मा मुम्बईले दोस्रो उपाधी हात पार्ने क्रममा फाइनलमा सिएसकेलाई ४१ रनले पराजित गरेको थियो। तेस्रो पटक फाइनलमा पुगेको मुम्बईका लागि कप्तान रोहित शर्माले २६ बलमा आक्रमक अर्धशतकिय पारी खेलेका थिए।

मुम्बई सर्वाधिक ४ पटक लिग जित्ने टिम हो

२०१६ – सनराइजर्स हैदराबाद

बिराट कोहलीको शानदार प्रदर्शनमा तेस्रो पटक फाइनल पुगेको बैंगलोरलाई डेभिड वार्नरको नेतृत्वमा रहेको सनराइजर्स हैदराबादले  पराजित गर्दै पहिलो उपाधी जितेको थियो। फाइनलमा पहिले ब्याटिंग गरेको हैदराबादले २०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा बैंगलोरले २०० रन बनाउन सकेको थियो।

२०१७ – मुम्बई इन्डियन्स

तेस्रो उपाधी जित्ने क्रममा रोहित शर्माको नेतृत्वमा रहेको मुम्बईले फाइनल खेलमा राइजिङ पुने सुपर जायन्ट्सलाई १ रनले पराजित गरेको थियो। पहिले ब्याटिंग गर्दै मात्र १२९ रन बनाउन सकेको मुम्बईले पुनेलाई खेलको अन्तिम बलमा ४ रनको आवश्यकता पर्दा मात्र दुई रन दिदै सनसनीपुर्ण जित दर्ता गरेको थियो।

२०१८ – चेन्नाई सुपर किङ्ग्स

२ वर्षको प्रतिबन्ध हटेर प्रतियोगितामा फर्किएको सिएसकेले ७ वर्ष पश्चात् तेस्रो पटक उपाधी जितेको थियो। फाइनलमा शेन वाट्सनको ११७ रनको अविजित पारीको मद्दतमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेको थियो।

२०१९ – मुम्बई इन्डियन्स

सर्वाधिक चौथो पटक २०१९ मा उपाधी जित्ने क्रममा मुम्बईलेमा सिएसकेमाथी सनसनीपूर्ण जित निकालेको थियो। फाइनलमा १५० रनको विजयी लक्ष्य पछ्याएको सिएसके अन्तिम ओभरमा ९ रन आवश्यकता पर्दा १ रनको हार बेहोर्दै स्तब्ध बन्न पुगेको थियो। यससँगै सात वर्षको अन्तरालमा मुम्बईले चौथो पटक उपाधी जितेको थियो।

IPL Final : मजबूत मुम्बईलाई स्तब्ध पार्दै दिल्लीको इतिहास रच्ने लक्ष्य

IPL Final : मुम्बईले दिल्लीलाई पराजित गर्दै आईपीएल जित्नसक्ने ५ कारण

कीर्तिमानी दिल्ली पेसरको लागि पर्पल क्याप भन्दा प्रतियोगिता जित महत्वपूर्ण

श्रीलंकाको प्रशिक्षक बन्न चाहदैनन् जयवर्द्धने





थप समाचार

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]