IPL Final : बोल्ट चम्किदा दिल्लीद्वारा मुम्बईलाई मध्यम लक्ष्य, ऐयरको कप्तानी इनिंग



आईपीएल १३ को उपाधिको लागि डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाउदै मुम्बईलाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दिल्लीको लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ६५ रन बनाए जुन क्रममा ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे। ऐयरको इनिंग आईपीएलको फाइनलमा कुनै पनि कप्तानले बनाएको दोश्रो सर्वाधिक स्कोर हो। सबैभन्दा धेरै डेभिड वार्नरले २०१६ मा बैंगलोर बिरुद्ध ६९ रन बनाएका थिए। रिशभ पन्तले ३८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए। सिजनमा पन्तको यो पहिलो अर्धशतक हो।

शिखर धवनले १५, अक्षर पटेलले ९, शिमरन हेटमायरले ५, अजिंके रहानेले २ रन बनाए।

दिल्लीको सुरुवात अत्यन्त खराब रह्यो। इनिंगको पहिलो बलमा ओपनर मार्कस स्टोइनिसलाई खाता नखोली ट्रेन्ट बोल्टले विकेटकिपर डीककबाट क्याच आउट गराए। तेश्रो ओभरमा रहानेलाई बोल्टले डीककबाट पुनः क्याच आउट गराए भने चौथो ओभरमा जयन्त यादवले धवनलाई बोल्ड गरे।

२२/३ को अवस्थाबाट कप्तान ऐयरले पन्तसंग ९६ रनको साझेदारी गर्दै टिमलाई मुस्किल अवस्थाबाट पार लगाए। १५ औं ओभरमा नाथन कुल्टर नाइलले पन्तलाई हार्दिक पान्ड्याबाट क्याच आउट गराउदै मुम्बईलाई खेलमा फर्काए। हेटमायरलाई १८ औं ओभरमा बोल्टले क्याच आउट गराए। कप्तान ऐयरले अन्तिमसम्म अविजित रहेर ब्याटिंग गरे।

पन्त र ऐयरले ९६ रनको साझेदारी गरे

डेथ ओभरमा दिल्लीले मुम्बई बलरहरुले रनमा कन्जुसी गर्दा दिल्ली मध्यम योगफलमा सिमित रह्यो। १८ र १९ औं ओभरमा बोल्ट र बुम्राहले मात्र ६ रन दिए भने अन्तिम ओभरमा नाइलले मात्र ८ रन खर्चिए। अन्तिम ५ ओभरमा दिल्लीले मात्र ३८ रन बनाउन सक्यो।

मुम्बईको बलिंगमा ट्रेन्ट बोल्टले सार्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए। नाथन कुल्टर नाइलले २ विकेट लिए जुन क्रममा ४ ओभरमा २९ रन खर्चिए। जयन्त यादव ( ४-०-२५-१ ) ले १ विकेट लिए। क्रुनाल पान्ड्या ( ३-०-३०-० ), जस्रप्रित बुम्राह ( ४-०-२८-० ) र काइरन पोलार्ड ( १-०-१३-० ) विकेटविहिन रहे।

बोल्टले ३ विकेट लिए

दिल्ली पहिलो पटक तथा मुम्बई छैठौं पटक लिगको फाइनल पुगेको हो। मुम्बईले यस अघि ४ पटक उपाधि जितीसकेको छ।

मुम्बईले पहिलो क्वालीफायरमा दिल्लीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने दिल्लीले दोश्रो क्वालीफायरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै फाइनल पुगेको थियो।

मुम्बई इन्डीएन्सको अन्तिम ११ : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक ( विकेटकिपर ) , सूर्यकुमार यादव, इशान किशन, हार्दिक पान्ड्या, काइरन पोलार्ड, क्रुनाल पान्ड्या, नाथन कुल्टर नाइल, जयन्त यादव, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

दिल्ली क्यापिटल्सको अन्तिम ११ : शिखर धवन, मार्कस स्टोइनिस, अजिंके रहाने, श्रेयस ऐयर ( कप्तान ) , शिमरन हेटमायर, रिशभ पन्त ( विकेटकिपर ) , अक्षर पटेल, प्रभिन दुबे, कागीसो रबाडा, रभीचन्द्र आश्विन, एनरिक नोर्किया

पाकिस्तानले सिरिज क्लिन स्विप गर्दा कादिर उत्कृस्ट

IPL कुन सिजन कुन टिमले जितेको थियो

IPL को १२ सिजनमा ‘अरेन्ज क्याप’ जित्न सफल ९ खेलाडी

IPL इतिहासमा पर्पल क्याप जित्न सफल १० बलर