पन्जाब बिरुद्ध मुम्बईले पहिले ब्याटिंग गर्ने, यस्तो छ दुवै टिमको अन्तिम-११



युएईमा जारि १३ औं आईपीएल अन्तर्गत आइतबारको दोश्रो तथा लिगको ३६ औं खेलमा मुम्बई इन्डीएन्स र किंग्स-११ पन्जाब प्रतिस्पर्धा गर्दैछन्। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल ७:४५ बजे सुरु हुनेछ। लिग अंकतालिकामा मुम्बई १२ अंक सहित दोश्रो तथा पन्जाब ४ अंक सहित आठौँ स्थानमा रहेको छ। मुम्बई आज विजयी भए दिल्लीलाई पछि पार्दै अंकतालिकाको शिर्षस्थानमा उक्लनेछ। पन्जाब आज विजयी भए उत्कृस्ट-४ भित्र पर्ने सम्भावना जीवित रहन्छ।

खेलमा टस जितेर मुम्बई कप्तान रोहित शर्माले ब्याटिंग रोजेका छन्। मुम्बईले अन्तिम-११ मा कुनै परिवर्तन गरेको छैन।

मुम्बईको अन्तिम ११ : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक ( विकेटकिपर ) , सुर्यकुमार यादव, इशान किशन, कायरन पोलार्ड, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, नाथन कौल्टर नाइल, राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

पन्जाबले पनि अन्तिम-११ मा कुनै परिवर्तन गरेको छैन।

पन्जाबको अन्तिम ११ : केएल राहुल (विकेटकिपर/कप्तान), मायाँक अग्रवाल, क्रिस गेल ,निकोलस पुरन, ग्लेन म्याक्सवेल, दिपक हुडा, रभी बिस्नोइ, क्रिश जोर्डान, मोहम्मद शामी, मुरुगन आश्विन , अर्शदिप सिंह

कोलकातालाई राहत : आईपीएलको बलिंग याक्सन कमिटिबाट नारायणले पाए सफाइ

लाइभ अन्तर्वार्तामा पोन्टिङसंग रिशभ पन्तको प्र्यान्क

अन्तिम ओभर जडेजालाई बलिंग गर्न किन दिईयो ? धोनीले बताए कारण

कोलकाताको कप्तान फेर्ने निर्णय गम्भीरलाई किन चित्त बुझेन





थप समाचार

टि-२० विश्वकप छनोट : नेपालको समुहमा ओमान र आयरल्याण्ड

२०२२ अक्टोबर-नोभेम्बर मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपको ग्लोबल क्वालीफायरमा स्वतः छनोट भएको नेपालले आगामी वर्ष २०२२ फेब्रुअरीमा ओमानमा ग्लोबल […]

प्रदेश २ स्तरिय महिला क्रिकेट : सानाकाे उत्कृष्ट प्रदर्शनले बारा विजयी, सिराहाद्वारा

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा बारा र सिरहा […]

हिमालयनलाई बर्दिया प्रिमियर लिगको उपाधी, आयुष्मान सर्वोत्कृष्ट

दोश्रो बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमीले उपाधि जितेको छ । मंगलबार गुलरियामा सम्पन्न फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई […]

११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ […]

क्यानद्वारा २० सदस्यीय यु-१९ राष्ट्रिय टिमको घोषणा, बुधबार देखि बन्द प्रशिक्षण

काठमाडौँमा आइतबार सम्पन्न अन्डर-१९ राष्ट्रिय प्रतियोगिता सकिएकै दिन नेपाल क्रिकेट संघले डिसेम्बरमा युएईमा आयोजना हुने भनिएको यु-१९ एसिया कपको लागि […]

लुम्बिनीलाई यु-१९ राष्ट्रिय प्रतियोगिताको उपाधि

सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न […]