पुरनले आक्रामक अर्धशतक बनाउदा दिल्लीलाई पराजित गर्दै पन्जाब पाँचौ स्थानमा उक्लियो



युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत मंगलबार ३८ औं खेलमा किंग्स-११ पन्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै चौथो जित दर्ता गरेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा दिल्लीले दिएको १६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

पन्जाबले सुरुवात देखि आक्रामक ब्याटिंग गरेता पनि निरन्तर अन्तरलमा विकेट गुमायो। ओपनर केएल राहुल ११ बलमा १५ रन बनाएर तेश्रो ओभरमा अक्षर पटेलबाट क्याच आउट भए। १३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २९ रन बनाएका गेललाई छैठौं ओभरमा रभीचन्द्रन आश्विनले बोल्ड गरे। त्यस अघि गेलले तुषार देशपाण्डेले गरेको पाँचौ ओभरमा ३ चौका र २ छक्का प्रहार गर्दै २६ रन बनाएका थिए। गेलको विकेटपछि सोहि ओभरमा ५ रन बनाएर मायाँक अग्रवाल रन आउट भए।

चौथो विकेटको लागि निकोलस पुरन र ग्लेन म्याक्सवेलले ६९ रनको साझेदारी गर्दै जिततर्फ डोर्याए। १३ औं ओभरमा पुरनलाई कागीसो रबाडाले विकेटकिपर रिशभ पन्तबाट क्याच आउट गराए।

यस क्रममा आक्रामक ब्याटिंग गरेका पुरनले २८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए। २७ बलमा अर्धशतक पुरा गरेका पुरनको जारि सिजन यो दोश्रो अर्धशतक हो। यस अघि उनले हैदरावाद बिरुद्ध ७७ रन बनाएका थिए।

पुरनले आक्रामक अर्धशतक बनाउदै जितको आधार तयार गरे

पुरनको विकेटपछि १६ औं ओभरमा म्याक्सवेल २४ बलमा ३ चौका प्रहार गर्दै ३२ रन बनाएर रबाडाको दोश्रो शिकार बने। विकेट गुमेता पनि पन्जाब त्यतिबेला जित नजिक पुगीसकेको थियो। जेम्स निशम र दिपक हुडाले अविजित २० रनको साझेदारी गर्दै टिमलाई जितसम्म डोर्याए। हुडाले अविजित १५ तथा निशमले १० रन बनाए।

दिल्लीको बलिंगमा कागीसो रबाडाले २ विकेट ( ४-०-२७-१ ) तथा रभीचन्द्रन आश्विन ( ४-०-२७-१ ) , अक्षर पटेल ( ४-०-२७-१ )ले समान १ विकेट लिए। तुषार देशपाण्डे ( २-०-४१-० ) र डेब्यु गरेका बलर ड्यानियल स्याम्स ( ४-०-३०-० ) विकेटविहिन रहे।

धवनको किर्तिमान

यस अघि टस जितेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो।

दिल्लीको लागि शिखर धवनले लगातार दोश्रो शतक बनाउने क्रममा अविजित १०६ रन बनाए जुन क्रममा ६१ बलमा १२ चौका र ३ छक्का प्रहार गरे। धवनले ५७ बलमा शतक पुरा गरेका थिए। श्रेयस ऐयर र रिशभ पन्तले समान १४ रन, शिमरन हेटमायरले १० तथा मार्कस स्टोइनिसले ९ रन बनाए।

अघिल्लो खेलमा धवनले चेन्नाई बिरुद्ध अविजित १०१ रन बाएका थिए भने राजस्थान र मुम्बई बिरुद्ध क्रमशः ५७ र ५९ रन बनाएका थिए। करियरको दोश्रो शतक बनाउने क्रममा धवन आईपीएल इतिहासमै लगातार २ खेलमा शतक बनाउने पहिलो क्रिकेटर बनेका छन्।

धवन लिग इतिहासमै लगातार २ खेलमा शतक बनाउने पहिलो क्रिकेटर बनेका छन्

आईपीएलको एकै सिजन २ वा त्यो भन्दा बढी शतक बनाउने धवन पाँचौ क्रिकेटर बनेका छन्। यस अघि बिराट कोहलीले एकै सिजन सबैभन्दा धेरै २०१६ मा ४ वटा शतक बनाएका थिए। यस्तै क्रिस गेल ( २०११ ) , हाशिम अमला ( २०१७ ) र शेन वाटसन ( २०१८ ) ले एकै सिजन समान २ शतक बनाएका थिए।

ओपनर पृथ्वी श ७ रन बनाएर चौथो ओभरमा जेम्स निशमबाट क्याच आउट भएपछि धवनले दोश्रो विकेटको लागि कप्तान ऐयरसंग ४८ रनको साझेदारी गरे। नवौं ओभरमा ऐयरलाई लेग स्पिनर मुरुगन आश्विनले कप्तान राहुलमार्फत क्याच आउट गराए। त्यसपछि धवनले रिशभ पन्तसंग ३३ रनको साझेदारी गरे। पन्त १४ औं ओभरमा म्याक्सवेलबाट क्याच आउट भए। चौथो विकेटको लागि स्टोइनिसले धवनसंग ३५ रनको साझेदारी गरे। १८ औं ओभरमा स्टोइनिसलाई मोहम्मद शामीले क्याच आउट गराए।

१९ औं ओभरको चौथो बलमा धवनले अर्धदिप सिंहको बलमा २ रन लिंदै शतक पुरा गरे। इनिंगको अन्तिम बलमा शिमरन हेटमायर १० रन बनाएर आउट भए जसले धवनसंग १५ बलमा २३ रनको साझेदारी गरे।

पन्जाबको बलिंगमा मोहम्मद शामी ( ४-०-२८-२ ) ले २ विकेट लिए भने मुरुगन आश्विन ( ४-०-३३-१ ) , ग्लेन म्याक्सवेल ( ४-०-३१-१ ) ले समान १ विकेट लिए। रभी बिस्नोइ ( ३-०-२४-० ) र अर्शदिप सिंह ( ३-०-३०-० ) विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल 

जितपछि १० खेलमा ४ जित र ६ हार बेहोर्दै ८ अंक बटुल्दै पन्जाब पाँचौ स्थानमा प्रवेश गरेको छ। समान जित र हार बेहोरेको राजस्थान नेट रन रेटमा पछि पर्दै छैठौं स्थानमा झरेको छ। समान ६ अंक रहेको हैदरावाद, र चेन्नाई क्रमश सातौँ र आठौँ स्थानमा रहेका छन्।

हारपछि पनि दिल्ली अंकतालिकाको शिर्षस्थानमा रहेको छ। १० खेलमा दिल्लीको ७ जित र ३ हार पछि १४ अंक रहेको छ। मुम्बई र राजस्थान १२ अंक बटुल्दै दोश्रो र तेश्रो स्थानमा छ। कोलकाता १० अंक सहित चौथो स्थानमा रहेको छ।

पन्जाबले आगामी खेल शनिवार हैदरावाद बिरुद्ध तथा दिल्लीले पनि सोहि दिन कोलकाता बिरुद्ध खेल्ने तालिका रहेको छ। बुधबारको खेलमा कोलकाता र बैंगलोर प्रतिस्पर्धा गर्नेछन्।

भारतले अनुमति नदिंदा मुख्य प्रशिक्षक राजपुत बिनै पाकिस्तान पुग्यो जिम्बाब्वे क्रिकेट टिम

युवा खेलाडीबारे धोनीको प्रतिक्रिया पछि चर्को आलोचना – “स्कुटर जाधबमा त्यो चमक छ ?”

अनुभवी खेलाडीहरुलाई बाहिर राख्दै जिम्बाब्वे सिरिजको लागि पाकिस्तान टिमको घोषणा

अंकतालिकाको पुछारमा पुगेपछि चेन्नाई कप्तान धोनीले के भने

लंका प्रिमियर लिगमा सन्दिपलाई लिईएन , कुन टिमले कसलाई लियो





थप समाचार

अस्ट्रेलिया बिरुद्ध बंगलादेशको ऐतिहासिक जित, नसुमको घातक बलिंग

अस्ट्रेलियाको बंगलादेश भ्रमण अन्तर्गत पाँच खेलको टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोलि बंगलादेशले अस्ट्रेलियालाई २३ रनले पराजित गर्दै […]

क्रिकेटको व्यवस्थापनमा पुग्ने पारसको उद्देश्य

मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट बाट सन्यास घोषणा गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले दुई वर्ष पछि हुने नेपाल क्रिकेट […]

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जितको ३ वर्ष पुरा, पुनः याद गर्नुस १ रनको सनसनीपूर्ण जित

आजकै दिन २०१८ अगस्ट ३ तारिखमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित दर्ता गरेको थियो। सोहि वर्ष […]

अन्तर्राष्ट्रिय क्रिकेटबाट पारसको सन्यास घोषणा, यस्ता थिए प्रमुख उपलब्धि

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३४ वर्षीय खेलाडीले सामाजिक संजालमार्फत अन्तर्राष्ट्रिय खेल जीवन अन्त्य गर्ने […]

इंग्ल्यान्ड बिरुद्ध पहिलो टेस्टबाट मायाँक अग्रवाल बाहिर

इंग्ल्यान्ड भ्रमण अन्तर्गत अगस्ट ४ तारिख बुधबारबाट सुरु हुने पाँच खेलको टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्टबाट भारतीय ओपनर मायाँक अग्रवाल […]

युएईले घोषणा गर्यो आफ्नै ‘प्रिमियर लिग टि-२०’

ईण्डियन प्रिमियर लिग ( आईपीएल ) र आईसीसी टि-ट्वान्टी विश्वकप पछि युएईको ईमिरेट्स क्रिकेट बोर्ड ( ईसीबि ) ले आफ्नै […]