रोमान्चक खेलमा बैंगलोर बिरुद्ध पन्जाब अन्तिम बलमा विजयी



आईपीएल २०२० अन्तर्गत ३१ औं खेलमा किंग्स-११ पन्जाबले दोश्रो जित दर्ता गर्ने क्रममा रोयल च्यालेन्जर्स बैंगलोरलाई रोमान्चक खेलमा ८ विकेटले पराजित गरेको छ। लिगमा बैंगलोर बिरुद्ध पन्जाबको यो दोश्रो जित हो। यस अघि पहिलो खेलमा बैंगलोर ९७ रनले पराजित भएको थियो।

शारजाह स्टेडियममा सम्पन्न खेलमा बैंगलोरले दिएको १७२ रनको लक्ष्य मात्र २ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्यो। जारि सिजन पन्जाबले पछ्याएको लक्ष्य तेश्रो सर्वाधिक लक्ष्य हो। यस अघि राजस्थानले पन्जाबले दिएको २२४ रनको लक्ष्य तथा चेन्नाईले पन्जाबले दिएको १७९ रनको लक्ष्य पछ्याएको थियो।

पन्जाबको लागि केएल राहुलले अविजित ४९ बलमा ६१ तथा क्रिस गेलले ४५ बलमा ५३ रन बनाए जुन क्रममा दुवैले १ चौका र ५ छक्का प्रहार गरे। लिगमा गेलको यो २९ औं तथा राहुलको २० औं अर्धशतक हो। लिगमा यस अघि राहुलले १ शतक र ३ वटा अर्धशतक बनाएका थिए।  मायाँक अग्रवालले २५ बलमा ४५ रन बनाए जुन क्रममा ४ चौका र ३ छक्का हिर्काए।

राहुल र अग्रवालले पहिलो विकेटको लागि ७८ रनको साझेदारी गरे

आक्रामक सुरुवात गर्ने क्रममा पन्जाब ओपनर राहुल र अग्रवालले ८ ओभरमा ७८ रनको साझेदारी गरे। आठौँ ओभरको अन्तिम बलमा युजभेन्द्र चहलले अग्रवाललाई बोल्ड गर्दै साझेदारी तोडे।

सिजनमा पहिलो पटक मौका पाएका गेलसंग दोश्रो विकेटको लागि राहुलले उत्कृस्ट साझेदारी गरे।

सुरुवातमा सुस्त ब्याटिंग गरेका गेलले १५ बलमा मात्र ७ र बनाएका थिए। १३ औं ओभरमा वासिंगटन सुन्दरको ओभरमा उनले २ छक्का हिर्काएर आक्रमण सुरुवात गरेका थिए। १६ औं ओभरमा मोहम्मद सिराजको ओभरमा गेल र राहुलले २० रन बनाए जसपछि आवस्यक रन गति ह्वातै घटेको थियो। उक्त ओभरमा गेलले १ चौका र छक्का तथा राहुलले १ छक्का हिर्काए।

१७ औं ओभरमा गेलले सुन्दरलाई पुनः आक्रमण गरे जुन क्रममा पहिलो ३ बलमा २ छक्का हिर्काए। त्यसपछि पन्जाबलाई जित्न बल भन्दा रन कम आवस्यक रह्यो। त्यसपछि पनि दुवैले विकेट सम्हालेर ब्याटिंग गरे।

केएल राहुल

सनसनीपूर्ण रह्यो अन्त्य 

अन्तिम ३ ओभरमा जित्न ११ रन आवस्यक हुँदा १८ औं ओभरमा क्रिस मोरिसले मात्र ४ रन तथा १९ औं ओभरमा उदानाले मात्र ५ रन खर्चिए। त्यसपछि अन्तिम ओभरमा जित्न २ रन आवस्यक रह्यो। त्यस अघि खेलमा २ ओभर मात्र बलिंग गर्न पाएका चहललाई कोहलीले बलिंग दिए।

अन्तिम ओभरको सुरुवाती २ बलमा गेललाई चहलले रन दिएका थिएनन् जसपछि तेश्रो बलमा गेलले १ रन लिएका थिए। चौथो बलमा पनि चहलले केएल राहुललाई रन दिएनन्। पाँचौ बलमा राहुलले रन लिने क्रममा गेल रन आउट हुन पुगे। देभदत्त पडीक्कलले गरेको थ्रोमा विकेटकिपर डी भिल्लीयर्सले कुनै गल्ति गरेनन्। गेल र राहुलको ९३ रनको साझेदारी टुट्यो।

अन्तिम बलमा १ रन आवस्यक रह्यो र क्रिजमा नयाँ ब्याट्सम्यान निकोलस पुरन ब्याटिंगमा आए। अन्तिम बलमा चहललाई लंग अनमा छक्का हिर्काउदै पुरनले रोमान्चक जित दिलाए।

लिग इतिहासमा अन्तिम बलमा छक्का हान्दै जिताएको यो नवौं अवसर हो। रोहित शर्माले सर्वाधिक ३ पटक अन्तिम बलमा छक्का हिर्काएर जिताएका छन्।

अन्तिम बलमा पुरनले छक्का हिर्काउदै खेल जिताए

बैंगलोरको बलिंगमा युजभेन्द्र चहलले ( ३-०-३५-१ ) १ मात्र विकेट लिए। क्रिस मोरिस ( ४-०-२२-० ), वासिंगटन सुन्दर ( ४-०-३८-० ) , नभदिप सैनी ( ४-०-२१-० ) , मोहम्मद सिराज ( ३-०-४४-० ) , इसुरु उदाना ( २-०-१४-० ) विकेटविहिन रहे।

बैंगलोरको ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो।

बैंगलोरको लागि कप्तान बिराट कोहलीले सर्वाधिक ४८ रन बनाए जुन क्रममा ३९ बलमा ३ चौका प्रहार गरे। क्रिस मोरिसले ८ बलमा १ चौका र ३ छक्का मद्दतले अविजित २५ रन बनाए। शिभम दुबेले २३ रन, आरोन फिन्चले २० रन तथा देभदत्त पडीक्कलले १८ रन , वासिंगटन सुन्दरले १३ रन तथा इसुरु उदानाले अविजित १० रन बनाए।

ओपनर फिन्च र पडीक्कलले ३८ रनको ओपनिंग साझेदारी गरे। पाँचौ ओभरको पहिलो बलमा अर्शदिप सिंहले पडीक्कललाई पुरनबाट क्याच आउट गराए। सातौँ ओभरमा फिन्चलाइ मुरुगन आश्विनले बोल्ड गरे। ११ औं ओभरमा वासिंगटन सुन्दरलाई आश्विनले क्याच आउट गराएर दोश्रो विकेट लिए।

मुरुगन आश्विनले मात्र २३ रन खर्चेर २ विकेट लिए

चौथो विकेटको लागि कोहली र दुवेले ४१ रनको साझेदारी गरे। १६ औं ओभरको अन्तिम बलमा जोर्डनले दुबेलाई क्याच आउट गराएर पन्जाबलाई खेलमा फर्काए। त्यसपछि छैठौं नम्बरमा ब्याटिंग गर्न आएका एबि डी भिल्लीयर्सलाई शामीले १८ औं ओभरमा क्याच आउट गराए। सोहि ओभरको पाँचौ बलमा शामीले कोहलीलाई विकेटकिपर राहुलबाट क्याच आउट गराए।

अन्तिम ओभरमा शामीको ओभरमा मोरिस र उडानाले आक्रामक ब्याटिंग गर्दै २४ रन बनाए जुन क्रममा मोरिसले अन्तिम २ बलमा लगातार छक्का प्रहार गरे। छैठौं विकेटको लागि दुवैले १३ बलमा ३५ रनको साझेदारी गरे।

पन्जाबको बलिंगमा मोहम्मद शामी ( ४-०-४५-२ ) र मुरुगन आश्विन ( ४-०-२३-२ ) ले २ विकेट लिए। अर्शदिप सिंह ( २-०-२०-१ ) र क्रिस जोर्डन ( ३-०-२०-१ ) ले समान १ विकेट लिए। रभी बिस्नोइ (३-०-२९-० ) र ग्लेन म्याक्सवेल ( ४-०-२८-० ) विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल 

जितपछि ८ खेलमा २ जित र ६ हार बेहोरेको पन्जाब अंकतालिकामा ४ अंक सहित पुछारमा रहेको छ। जितपछि अझै पनि पन्जाबको अन्तिम-४ पुग्ने सम्भावना जिवितै रहेको छ।

हारपछि बैंगलोर तेश्रो स्थानमा कायमै रहेको छ जसले ८ खेलमा ५ जित र ३ हार बेहोरेको छ। समान अंक रहेता पनि मुम्बई दोश्रो स्थानमा छ जो नेटरन रेटमा निकै अघि रहेको छ। दिल्ली १२ अंक सहित पहिलो स्थानमा छ।

लिग अन्तर्गत पन्जाबले आगामी खेल आइतबार मुम्बई बिरुद्ध खेल्नेछ भने बैंगलोरले शनिवार राजस्थान बिरुद्ध खेल्ने तालिका रहेको छ। शुक्रबारको खेलमा मुम्बई इन्डीएन्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गर्दै छन्। खेल शेख जायद स्टेडियम अबुधाबीमा ७:४५ बजे राति सुरु हुनेछ।

IPL : रैना, कोहली र रोहितको रेकर्ड तोड्दै धवनले बनाए ठूलो कीर्तिमान

इमरान ताहिरको सबैको मन जित्ने ट्वीट

“पर्पल र अरेन्ज क्याप हेर्दा मात्र आकर्षक” – आश्विन

छक्का हान्दै राजस्थानलाई जिताएपछि परागको रोचक नृत्य, खेलपछि बताए रहस्य

IPL : हैदरावादसंग खेलपछि तेवतियाले कसलाई ठड्याए औंला, जान्नुस विवादको कारण



थप समाचार

प्रतिस्पर्धात्मक तेश्रो वानडेमा भारतद्वारा अस्ट्रेलिया पराजित

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत तेश्रो एकदिवसीयमा भारतले १३ रनको जित दर्ता गरेको छ। यस अघि २ खेलमा पराजित हुँदै सिरिज […]

मलानले रचे इतिहास, टि-२० वरियतामा इतिहासकै उच्च अंक हाँसिल

दक्षिण अफ्रीका बिरुद्ध ३-० ले सिरिज जित दर्ता गर्ने क्रममा कुल १७३ रन बनाएका इंग्ल्यान्ड ब्याट्सम्यान दविड मलानले अन्तर्राष्ट्रिय क्रिकेट […]

पान्ड्या र जडेजाले कीर्तिमानी साझेदारी गर्दा भारतद्वारा अस्ट्रेलियालाई ३०३ रनको लक्ष्य

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत एकदिवसीय सिरिजको तेश्रो तथा अन्तिम एकदिवसीय मेनुका ओभल, क्यानबेर्रामा जारि रहेको छ। सिरिज यस अघिनै अस्ट्रेलियाले […]

क्यानद्वारा पूर्वकप्तान कर्माचार्य छनोट समितिको संयोजक नियुक्त

नेपाल क्रिकेट संघ ( क्यान ) को कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय क्रिकेट टिमका पहिलो कप्तान उत्तम कर्माचार्यलाई संयोजक चयन गर्दै […]

कोहलीले तोडे तेन्दुलकरको कीर्तिमान

अष्ट्रेलिया र भारतबीच ३ खेलको एकदिवसीय अन्तराष्ट्रिय शृंखला अन्तर्गत क्यानवेरा स्थित मानुका ओवल क्रिकेट स्टेडियममा तेस्रो तथा अन्तिम खेल जारि […]

एलपीएल : परेराको अर्को आक्रामक इनिंग, जाफ्नाको विजय यात्रा कायमै

लंका प्रिमियर लिग अन्तर्गत मंगलबार सम्पन्न २ वटा खेलमा दाम्बुला भाइकिंग र जाफ्ना स्टालियन्स विजयी भएका छन्। महिन्दा राजापाक्षे स्टेडियममा […]