बैंगलोर द्वारा पन्जाबलाई १७२ रनको लक्ष्य



आईपीएल टि-२० अन्तर्गत ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स-११ पन्जाब प्रतिस्पर्धा गरिरहेका छन्।

शारजाह मैदानमा टस जितेर ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउदै पन्जाबलाई १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बैंगलोरको लागि कप्तान बिराट कोहलीले सर्वाधिक ४८ रन बनाए जुन क्रममा ३९ बलमा ३ चौका प्रहार गरे। क्रिस मोरिसले ८ बलमा १ चौका र ३ छक्का मद्दतले अविजित २५ रन बनाए।  शिभम दुबेले २३ रन, आरोन फिन्चले २० रन तथा देभदत्त पडीक्कलले १८ रन , वासिंगटन सुन्दरले १३ रन तथा इसुरु उदानाले अविजित १० रन बनाए।

बिराट कोहलीले सर्वाधिक ४८ रन बनाए

ओपनर फिन्च र पडीक्कलले ३८ रनको ओपनिंग साझेदारी गरे। पाँचौ ओभरको पहिलो बलमा अर्शदिप सिंहले पडीक्कललाई पुरनबाट क्याच आउट गराए। सातौँ ओभरमा फिन्चलाइ मुरुगन आश्विनले बोल्ड गरे। ११ औं ओभरमा वासिंगटन सुन्दरलाई आश्विनले क्याच आउट गराएर दोश्रो विकेट लिए।

चौथो विकेटको लागि कोहली र दुवेले ४१ रनको साझेदारी गरे। १६ औं ओभरको अन्तिम बलमा जोर्डनले दुबेलाई क्याच आउट गराएर पन्जाबलाई खेलमा फर्काए। त्यसपछि छैठौं नम्बरमा ब्याटिंग गर्न आएका एबि डी भिल्लीयर्सलाई शामीले १८ औं ओभरमा क्याच आउट गराए। सोहि ओभरको पाँचौ बलमा शामीले कोहलीलाई विकेटकिपर राहुलबाट क्याच आउट गराए।

अन्तिम ओभरमा शामीको ओभरमा मोरिस र उडानाले आक्रामक ब्याटिंग गर्दै २४ रन बनाए जुन क्रममा मोरिसले अन्तिम २ बलमा लगातार छक्का प्रहार गरे। छैठौं विकेटको लागि दुवैले १३ बलमा ३५ रनको साझेदारी गरे।

मुरुगन आश्विन

पन्जाबको बलिंगमा मुरुगन आश्विन ( ४-०-२३-२ ) ले २ विकेट लिए। अर्शदिप सिंह ( २-०-२०-१ ) र क्रिस जोर्डन ( ३-०-२०-१ ) ले समान १ विकेट लिए। रभी बिस्नोइ (३-०-२९-० ) र ग्लेन म्याक्सवेल ( ४-०-२८-० ) विकेटविहिन रहे।

खेलमा पन्जाबले पहिलो पटक क्रिस गेललाई अन्तिम-११ मा स्थान दिएको छ भने मुजिब उर् रहमानलाई बाहिर राखेको छ।

७ खेल खेलेको बैंगलोर १० अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा छ भने समान खेल खेलेको पन्जाब मात्र १ जित र ६ हार पछि मात्र २ अंक बटुल्दै पुछारमा छ। अन्तिम-४ मा प्रवेश गर्ने सम्भावना जीवित राख्न पन्जाबलाई आजको खेल जित्नैपर्ने हुन्छ। बैंगलोर आजको खेलमा जित हात पार्दै अन्तिम-४ मा स्थान मजबुत गर्न चाहन्छ।

IPL : रैना, कोहली र रोहितको रेकर्ड तोड्दै धवनले बनाए ठूलो कीर्तिमान

इमरान ताहिरको सबैको मन जित्ने ट्वीट

“पर्पल र अरेन्ज क्याप हेर्दा मात्र आकर्षक” – आश्विन

आइपिएलमा सट्टेबाजी खेलाउने ३ भारतीय सहित ७ जना पक्राउ





थप समाचार

टि-२० विश्वकप छनोट : नेपालको पहिलो खेल ओमानसंग ( खेल तालिका सहित )

यसै वर्ष अक्टोबर १६ तारिख देखि अस्ट्रेलियामा टि-ट्वान्टी विश्वकप प्रतियोगिता आयोजना हुँदैछ। उक्त प्रतियोगितामा आयोजक अस्ट्रेलिया सहित २०२१ टि-२० विश्वकपको […]

टि-२० विश्वकप : भारत र पाकिस्तानको खेल एमसीजीमा, आयो खेलतालिका

अस्ट्रेलियामा यो वर्ष आयोजना हुने टि-२० विश्वकप प्रतियोगिताको अन्तर्राष्ट्रिय क्रिकेट परिषदले खेल तालिका र समुह बिभाजन शुक्रबार घोषणा गरेको छ। […]

‘आईसीसी टिम अफ द एअर’ : भारतीय खेलाडी छैनन् वानडे र टि-२० टिममा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले यो वर्षको तिन वटै फर्म्याटको क्रिकेटको ‘टिम अफ द एअर’ घोषणा गरेको छ। […]

BBL : प्लेअफ नखेली स्वदेश फर्कदै सन्दिप, यस्तो रह्यो प्रदर्शन

अस्ट्रेलियामा जारि बिग ब्यास लिगको चौधौं खेल खेलेसंगै नेपाली रास्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने बिहिबार नेपाल फर्कदैछन्। नेपाली राष्ट्रिय क्रिकेट […]

नजिकबाट चिन्नुस को हुन् राष्ट्रिय टिमका नयाँ सदस्य लोकेश बम

युवा ब्याट्सम्यान बिबेक यादव र लोकेश बमले पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउन सफल भएका छन्। फेब्रुअरी १७ तारिख […]

टि-२० विश्वकप छनोटको लागि टिमको घोषणा : सोमपाल र बिनोद बाहिर, लोकेश र बिबेक टिममा

ओमानमा फेब्रुअरी १७ तारिख देखि आयोजना हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले १६ सदस्यीय टिमको घोषणा […]