धवनले शतक बनाउदा चेन्नाईलाई पराजित गर्दै दिल्ली पुनः शिर्ष स्थानमा



आईपीएल २०२० अन्तर्गत शनिवारको दोश्रो तथा लिगको ३५ औं खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ। शारजाह मैदानमा टस जितेर ब्याटिंग गर्दै चेन्नाईले दिएको १८० रनको लक्ष्य दिल्लीले ५ विकेट गुमाएर १९.५ ओभरमा पुरा गर्यो।

दिल्लीको लागि शिखर धवनले आईपीएलमा पहिलो शतक बनाए। ३९ अर्धशतक बनाएता पनि उनले हालसम्म शतक बनाउन सकेका थिएनन्। धवनले अविजित १०१ रन बनाए जुन क्रममा ५८ बलमा १४ चौका र १ छक्का प्रहार गरे। धवनको सातौँ ओभरमा चाहरले, १० औं ओभरमा विकेटकिपर धोनीले तथा १६ औं ओभरमा रायडुले क्याच छुटाएका थिए जसको उनले भरपुर फाइदा उठाए।

धवनले लगातार तेश्रो तथा करियरको पहिलो शतक बनाए

मार्कस स्टोइनिसले १४ बलमा १ चौका र २ छक्का मद्दतले २४ तथा कप्तान श्रेयस ऐयरले २३ बलमा १ चौका र १ छक्का मद्दतले २३ रन बनाए। अक्षर पटेलले अन्तिममा ५ बलमा ३ छक्का मद्दतले २१ रन बनाउदै जितमा अहम योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा पृथ्वी श लगातार दोश्रो खेलमा खाता नखोली आउट भए। दिपक चाहरले शलाई आफैले क्याच गरेर पेभेलियन फर्काए। अजिंके रहाने पनि पाँचौ ओभरमा दिपक चाहको दोश्रो शिकार बने जसले १० बलमा ८ रन बनाए।

तेश्रो विकेटको लागि ओपनर धवनले कप्तान ऐयरसंग ६८ रनको साझेदारी गरे। १२ औं ओभरमा ऐयरलाई ब्राभोले डु प्लेसीबाट क्याच आउट गराए। त्यसपछि पनि धवनले एक किनार सम्हाले र चौथो विकेटको लागि स्टोइनिससंग ४३ रनको साझेदारी गरे। १६ औ ओभरमा स्टोइनिसलाई शार्दुल ठाकुरले क्याच आउट गराउदै चेन्नाईलाई खेलमा फर्काए।

त्यसपछि धवनले एलेक्स केरीसंग २२ रनको साझेदारी गरे। २ ओभरमा २१ रन आवस्यक हुँदा १९ औं ओभरको पहिलो बलमा स्याम करनले केरीलाई क्याच आउट गराएपछि खेल रोमान्चक मोडमा पुग्यो। उक्त ओभरमा करनले ४ रन मात्र खर्चदा दिल्लीलाई अन्तिम ओभरमा जित्न १७ रन आवस्यक रह्यो।

अन्तिम ओभरमा बलिंग गर्न जडेजा आए जसले त्यसअघि मात्र १ ओभर बलिंग गरेका थिए। ब्राभो फिट नभएर मैदान बाहिरनु पर्दा धोनीसंग जडेजा बाहेक अरु बिकल्प रहेको थिएन। जडेजाले पहिलो बलमा वाइड गरे भने दोश्रो बलमा धवनले १ रन लिए। तेश्रो र चौथो बलमा अक्षर पटेलले छक्का हिर्काए। त्यसपछि जित्न ३ बलमा ३ रन आवस्यक रह्यो। चौथो बलमा पटेलले २ रन लिए। त्यसपछि पाँचौ बलमा पुनः छक्का प्रहार गर्दै टिमलाई जित दिलाए।

दिपक चाहरले मात्र १८ रन खर्चेर २ विकेट लिए

चेन्नाईको बलिंगमा दिपक चाहरले २ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै १८ रन मात्र खर्चिए। ड्वेन ब्राभो ( ३-०-२३-१ ) , स्याम करन ( ४-०-३५-१ ) र शार्दुल ठाकुर ( ४-०-३९-१ ) ले समान १ विकेट लिए। कर्ण शर्मा ( ३-०-३४-० ) , रभिन्द्र जडेजा ( १.५-०-३५-० ) विकेटविहिन रहे।

चेन्नाईको ब्याटिंग 

टस जितेर ब्याटिंग गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो।

चेन्नाईको लागि ओपनर फाफ डु प्लेसीले जारि सिजन चौथो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५८ रन बनाए। उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अम्बाति रायडुले अविजित २५ बलमा ४५ रन बनाए जुन क्रममा १ चौका र ४ छक्का प्रहार गरे। रभिन्द्र जडेजाले अविजित ३३ रन बनाए जुन क्रममा मात्र १३ बलमा ४ चौका प्रहार गरे। शेन वाटसनले २८ बलमा ६ चौका मद्दतले ३६ रन बनाए।

जडेजाले १३ बलमा ४ छक्का प्रहार गर्दै ३३ रन बनाए

ओपनर स्याम करन पहिलो ओभरमै खाता नखोली तुषार देशपाण्डेबाट क्याच आउट भए पछि दोश्रो विकेटको लागि अर्का ओपनर फाफ डु प्लेसी र शेन वाटसनले ८७ रनको साझेदारी गरे। १२ औं ओभरमा वाटसनलाई नोर्कियाले बोल्ड गर्दै साझेदारी तोडे। १५ औं ओभरमा डु प्लेसीलाई रबाडाले शिखर धवनबाट क्याच आउट गराए। १७ औं ओभरमा ३ रन बनाएका धोनीलाई नोर्कियाले विकेटकिपर एलेक्स केरीबाट क्याच आउट गराए।

धोनीको विकेटपछि चौथो नम्बरमा आएका रायडुले रभिन्द्र जडेजासंग उत्कृस्ट साझेदारी गरे। यस क्रममा दुवैले पाँचौ विकेटको लागि मात्र २१ बलमा ५० रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा चेन्नाईले ६७ रन बनायो।

दिल्लीको बलिंगमा एनरिक नोर्कियाले सर्वाधिक २ विकेट ( ४-०-४४-२ ) लिए। कागीसो रबाडा ( ४-१-३३-१ ) र तुषार देशपाण्डेले १ विकेट ( ४-०-३९-१ ) लिए। अक्षर पटेल ( ४-०-२३-० ) , रभीचन्द्रन आश्विन ( ३-०-३०-० ) र मार्कस स्टोइनिस ( १-०-१०-० ) विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल 

जित पछि दिल्ली ९ खेलमा ७ जित र २ हार सहित १४ अंक बटुल्दै पुनः अंकतालिकाको शिर्षस्थानमा उक्लेको छ। समान १२ अंक रहेको मुम्बई र बैंगलोर दोश्रो र तेश्रो स्थानमा रहेको छ। हारपछि चेन्नाई छैठौं स्थानमा झरेको छ। ९ खेलमा चेन्नाईको यो छैठौ हार हो। समान ६ अंक रहेता पनि हैदरावाद नेट रन रेटमा अघि रहँदै छैठौं स्थानमा छ।

लिग अन्तर्गत चेन्नाईले आगामी खेल राजस्थान बिरुद्ध सोमबार तथा दिल्लीले पन्जाब बिरुद्ध मंगलबार खेल्ने तालिका रहेको छ।

आइतबार पनि २ खेल हुनेछन् जस अन्तर्गत पहिलो खेलमा ३:४५ बजे बेलुका हैदरावाद र कोलकाता ताथा ७:४५ बजे राति मुम्बई र पन्जाबले प्रतिस्पर्धा गर्नेछन्।

कोहली र स्मिथद्वारा डी भिल्लीयर्सको तारिफ – “एबिको लागि कुनै पनि बाउन्ड्री ठूलो छैन”

डी भिल्लीयर्सको विस्फोटक अर्धशतक, बैंगलोरद्वारा राजस्थान पराजित

कोलकाताको कप्तान फेर्ने निर्णय गम्भीरलाई किन चित्त बुझेन

इमरान ताहिरको सबैको मन जित्ने ट्वीट