मोर्गन र कार्तिकले उत्कृस्ट साझेदारी गर्दा कोलकाताको प्रतिस्पर्धात्मक योगफल



आईपीएल २०२० अन्तर्गत आइतबारको पहिलो खेलमा डेभिड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदरावाद र ओएन मोर्गन कप्तानीको कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा गरिरहेका छन्।

अबुधाबी स्थित शेख जायद स्टेडियममा टस हारेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाउदै हैदरावादलाई १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कोलकाताको लागि शुबमन गिलले ३७ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३६ रन, कप्तान ओएन मोर्गनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रन तथा दिनेश कार्तिकले अविजित २९ रन बनाए जुन क्रममा १४ बलमा २ चौका र २ छक्का हिर्काए। यस्तै नितिश रानाले २० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २९ रन तथा राहुल त्रिपाठीले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाए।

ओपनर शुबमन गिलले ३६ रन बनए

कोलकाता ओपनर शुबमन गिल र राहुल त्रिपाठीले पहिलो विकेटको लागि ४८ रनको साझेदारी गरे। छैठौ ओंभरमा त्रिपाठीलाई नटराजनले बोल्ड गर्दै साझेदारी तोडे।

गिलले दोश्रो विकेटको लागि नितिश रानासंग ३९ रन जोडे। १२ औं ओभरमा गिललाई राशिद खानले क्याच आउट गराए। लगत्तै ओभरमा रानालाई विजय शंकरले क्याच आउट गराए। खराब लय जारि राख्ने क्रममा आन्द्रे रसेललाई नटराजनले १५ औं ओभरमा क्याच आउट गराए। एक समय ८७/१ को अवस्थाबाट कोलकाता १०५/४ को अवस्थामा पुग्यो।

पाँचौ विकेटको लागि कप्तान मोर्गन र कार्तिकले अर्धशतकीय साझेदारी गर्दै टिमको योगफल १५० पार गराए। मोर्गन अन्तिम बलमा बसिल थम्पीबाट आउट हुनु अघि कार्तिकसंग ३० बलमा ५८ रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा कोलकाताले १ विकेट मात्र गुमाएर ५८ रन बनायो।

टि नटराजनले २ विकेट लिए

हैदरावादको बलिंगमा टि नटराजनले सर्वाधिक २ विकेट ( ४-०-४०-२ ) लिए। बसिल थम्पी ( ४-०-४६-१ ), विजय शंकर ( ४-०-२०-१ ) र राशिद खान ( ४-०२८-१ ) ले समान १ विकेट लिए। सन्दिप शर्मा ( ४-०-२७-० ) विकेटविहिन रहे।

८ खेलमा ४ जित र ४ हारपछि ८ अंक बटुल्दै कोलकाता अंकतालिकाको चौथौं स्थानमा छ भने ८ खेलमा ३ जितपछि ६ अंकसहित हैदरावाद पाचौं स्थानमा छ। कोलकातालाई आज जित हात पार्दै शिर्ष-४ मा रहने सम्भावना मजबुत बनाउने तथा हैदरावादलाई आफूभन्दा एक स्थान माथी रहेको कोलकातालाई उछिन्दै चौथौं स्थानमा उक्लने मौका छ।

दिनको दोश्रो खेलमा ७:४५ बजे मुम्बई इन्डीएन्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गर्नेछन्।

कोलकातालाई राहत : आईपीएलको बलिंग याक्सन कमिटिबाट नारायणले पाए सफाइ

अन्तिम ओभर जडेजालाई बलिंग गर्न किन दिईयो ? धोनीले बताए कारण

लाइभ अन्तर्वार्तामा पोन्टिङसंग रिशभ पन्तको प्र्यान्क

IPL : खेल चल्दै गर्दा ड्रेसिंग रुममा फिन्चले भेपिंग गरेको देखिएपछि





थप समाचार

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]

प्रम कप : एपीएफ सेमिफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न (ग्रुप ‘ए’) १५ औं खेलमा एपीएफले कर्णालीलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा […]

प्रम कप : लुम्बिनीको दोश्रो जित, सुदूरपश्चिम बाहिरियो

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले दोश्रो जित हात पारेको छ। जितपछि लुम्बिनी समुह […]